Websoft University

www.radiomakalu.com || 021-522512


विश्वका एक चौथाई मेडिकल विद्यार्थीमा डिप्रेसन




एजेन्सी , विश्वभर एक चौथाई भन्दा बढी मेडिकल विद्यार्थीमा डिप्रेसनको लक्षण देखिने गरेको पाइएको छ । त्यस्तै हरेक १० मेडिकल विद्यार्थीमध्ये एक जनाले आत्महत्याको सोच बनाएको देखिएको छ ।

जर्नल अफ मेडिकल एशोसियशनको जर्नलमा प्रकाशित अध्ययनमा सो जानकारी दिइएको हो । ४७ देशका १ लाख २९ हजार विद्यार्थीबारे भएका २०० अध्ययनहरुको विश्लेषण समिक्षा गरेर एशोसियशनले सो निस्कर्ष निकालेको हो ।

मेडिकल प्रोफेसनमा डिप्रेसन एउटा गोप्य रहस्य बनेको छ, ब्रिघाम एन्ड वमिनस हस्पिटलका रेसिडेन्ट फिजिसियन तथा अध्ययन समिक्षा टोलीका सह लेखक डा. डुगलास माटा भन्छन् ।

हवार्ड मेडिकल स्कुलमा समेत आबद्ध डा. माटाका अनुसार मेडिकल क्षेत्रका विद्यार्थीको सुसाईड भयावह भएको छ ।

‘म मेडिकलको विद्यार्थी हुँदा म भन्दा केही पाका साथीहरु डिप्रेसनबाट पीडित थिए र उनीहरुले आत्महत्या प्रसास गरेका थिए । एक जनाले त आत्महत्या नै गरे,’ मिसिगन युनिर्भसिटीका डिप्रेसन तथा न्युरोसाईन्स विभागका प्राध्यपक सेनले भने ।

विश्वव्यापी समस्या

मेडिल विद्यार्थीमा भएको विद्यमान डिप्रेसनबारे माटा, सेन र उनका सहकर्मीहरुले विभिन्न अध्ययनको विश्लेषण र समिक्षा गरेका थिए । प्रायः सबै अध्यनहरुमा विद्यार्थीले आफ्नो अनुभव बाँडेका थिए । समूहगत अध्ययनलाई चिकित्सकहरुले विस्तृत विश्लेषण गरेका थिए ।

‘विद्यार्थीको साना समूह बनाएर सयौं मेडिकल विद्यार्थीको व्यक्तिगत अध्ययन भएका थिए । तर सबै अध्ययन त्यति प्रभावकारी थिएनन् । सबै अध्ययनलाई मर्ज गरेर विश्लेषण गर्दा यसबारे वृहत जानाकारी आएको छ । ‘हामीले १ लाख २० हजार विद्यार्थीको अनुभव विश्लेषण गरेका छौ,’ माटाले भने ।

विश्लेषण अनुसार १ लाख २२ हजार ३ सय ५६ मध्ये ३७ हजार ९ सय ३३ अर्थात २६ दशमलब ७ प्रतिशतलाई डिप्रेसनको लक्षण देखिएको थियो । १५ देशका २४ अध्ययन सेट अनुसार ११ प्रतिशत विद्यार्थी आत्महत्या सोच आएको बताएका थिए ।

अमेरिकामा आम नागरिक भन्दा मेडिकल विद्यार्थीमा आत्महत्या सम्भावना दुईदेखि पाँच गुणा बढी भएको समेत अध्ययनमा जनाइएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget