Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधन प्रस्ताव अघि बढाउने कांग्रेसको निर्णय



काठमाडौं,मङ्सिर १३ गते । सत्तारुढ दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा आफ्नो पार्टी रहेको भन्दै त्यसलाई अघि बढाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको वर्तमान पदाधिकारी तथा पूर्व पदाधिकारीको संयुक्त बैठकले संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।


त्यसका लागि कांग्रेसले प्रतिपक्षी दल नेकपा एमाले र मधेसवादी दलहरुसँग पनि गर्ने भएको छ ।
बैठकमा सभापति शेरबहादुर देउवाले संविधान संसोधन प्रस्ताव अघि बढाएर पास गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चार विषयमा संविधान संसोधन विधेयक संसदमा दर्ता गराउने तयारी भएको बताए ।
उनले अन्य दलसँग पनि थप छलफल गर्नुपर्ने भएकाले विेधयक दर्ता प्रक्रिया केही ढिलो मात्र भएको बताए ।
बैठकमा परासीदेखि बर्दियासम्मको तराईको भूभाग पाँच नम्बर प्रदेशमा कायम गरी पहाडी जिल्ला अनुकुल हुनेगरी छिमेकी प्रदेशमा गाभ्नेबारे छलफल भएको पनि गृहमन्त्री निधिले बताए । उनले वैवाहिक अंगीकृतलाई संविधानमा उल्लेख गरी महिलाको हकमा सम्बन्धित देशको नागरिकता त्यागेको प्रमाण पेश गरेपछि मात्र नेपालको नागरिकता दिने तयारी रहेको बताए ।
बैठक पछि कांग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतले भने सरकारले संविधान संसोधनको प्रस्ताव ल्याएपछि पार्टीको आधिकारीका धारणा आउने बताए । संविधान संसोधनका लागि सरकार तयार रहेकाले प्रमुख प्रतिपक्षी दल एमाले र मधेसवादी दलहरुसँग पनि छलफल गरेर दर्ता गराउन सुझाव दिएको बताए । नेता महतले पाँच नम्बर प्रदेश टुक्राउन नहुने अधिकांश नेताहरुको धारणा रहेको बताए ।

सरकारले संविधान संशोधनका लागि ४ बुँदे प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।- रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget