Websoft University

www.radiomakalu.com || 021-522512


१३ वर्षपछि अगाडि बढ्यो बाहिरी चक्रपथको काम

१३ वर्षपछि अगाडि बढ्यो बाहिरी चक्रपथको काम
 बाहिरी चक्रपथको स्केच




काठमाडौ , वैशाख १६ गते | १३ वर्ष अगाडिबाट सुरु भएको बाहिरी चक्रपथ बनाउने योजनाले अहिले मूर्तरूप लिन थालेको छ । पहिलो खण्डमा बाहिरी चक्रपथअन्तर्गतको चोभारदेखि सतुंगलसम्मको ६ दशमलव ६ किलोमिटरको सडक निर्माण हुने भएको हो । सरकारले दुई दिन अगाडि यो खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेपछि आयोजनाले गति लिन लागेको बाहिरी चक्रपथ निर्माणका निमित्त आयोजना प्रमुख ध्रुवराज सापकोटले अन्नपूर्णसँग भन्नुभयो । उहाँका अनुसार यो आयोजनाको पहिलो खण्डको डीपीआर स्वीकृति र जग्गा रोक्काको निर्णय एकैपटक भएको छ । स्थानीय निर्वाचनलगत्तै निर्माणको काम सुरु हुने र दुई वर्षभित्रै पूरा हुनेछ ।

उहाँका अनुसार सतुंगल चोभार, मच्छेगाउँ, भत्केपाटीसहितका ६ स्थानबाट एकैपटक बाहिरी चक्रपथ निर्माण सुरु हुँदैछ । यो खण्ड निर्माण गर्न करिब ६ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको सापकोटाले जानकारी दिनुभयो । आयोजनाका अनुसार १३ वर्ष अगाडि यो क्षेत्रको सडक निर्माण तथा व्यवस्थित गर्न जम्मा दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको थियो । अहिले यो लगात बढेर ६ अर्ब पुग्ने अनुमान गरिएको छ । बाहिरी चक्रपथ निर्माण गर्न पहिलो खण्डअन्तर्गत ६ किलोमिटरको यो क्षेत्रमा आठ हजार ९५६ रोपानी जग्गा सरकारले अधिग्रहण गरेको छ । यो क्षेत्रमा जम्मा १३ हजार ७६४ कित्ता जग्गा रहेको जानकारी सापकोटाले दिनुभयो ।

समग्र आयोजनाको लागत ७२ अर्ब

काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर बन्ने ७२ किलोमिटर लामो बाहिरी चक्रपथको लागत पनि बढेको छ । २०६४ सालमा गरिएको लागत अनुमान करिब २४ अर्ब रुपैयाँ मात्रै भए पनि अहिले बढेर ७२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । १० वर्षमा बढेको महंगी, जग्गाको भाउ, प्रविधि र विदेशी मुद्रा विनिमयसहितको मूल्यांकनले आयोजनाको लागत ७२ अर्ब रुपैयाँ पुग्ने आयोजनाले जानकारी दिएको छ ।
आयोजना सुरु भएको १० वर्षमा ७२ किलोमिटर लामो बाहिरी चक्रपथ निर्माण पूरा हुने प्रतिवेदनमा उल्लेख छ ।
सापकोटाका अनुसार अबको एक महिनाभित्रै चोभारदेखि सतुंगलसम्मको बाहिरी चक्रपथ निर्माण र एकीकृत बस्ती विकासको काम सुरु हँुदैछ । पहिलो चरणको कामका लागि भएको निकै लामो प्रयासले बाँकी आयोजनाका लागि प्रक्रिया सहज हुने उल्लेख छ ।

१२ वटा प्याकेजमा बाहिरी चक्रपथ

बाहिरी चक्रपथको लागि तयार पारिएको ७२ किलोमिटर लामो दूरीलाई एउटा खण्डमा ६ किलोमिटरका दरले १२ वटासम्म प्याकेज निर्माण हुने भएको छ । पहिलो प्याकेजअन्तर्गत ६ किलोमिटरको चोभार–सतुंगल खण्डको काम अगाडि बढेको छ । अब अयोजनाले हरेक ६ किलोमिटरको १२ वटासम्म प्याकेज बनाएर यो आयोजना पूरा गरिने उल्लेख छ । यो आयोजनाको लागि हरेक चरणको काम सुरु भएको दुई वर्षमा पूरा हुनेछ ।

सरकारले व्यवस्थित बस्तीसहित ल्याएको यो योजना नेपालको पूर्वाधार निर्माण तथा विकासको नमुना मोडेल हुने उल्लेख छ । ‘बाहिरी चक्रपथ नेपालको सपना थियो, अब पूरा हुने भयो’, सापकोटाले भन्नुभयो, ‘१३ वर्षदेखि थन्किएको यो आयोजना अगाडि बढाउन सरकारले स्वीकृत दिनु भनेको विकास निर्माणप्रतिको सकारात्मक सुरुवात हो । अहिलेसम्म बाहिरी चक्रपथ बन्ने की नबन्ने भन्ने विषय नै अन्योलमा भए पनि अब भने सुनिश्चित भएको छ।’
५० मिटर चौडा बाटोसहित व्यवस्थित प्लटिङ
बाहिरी चक्रपथ ५० मिटर चौडा हुनेछ । बाटोको केन्द्रबाट दायाँबायाँ २५०÷२५० मिटरको जग्गा विकासको योजना छ । यो जग्गामा न्यूनतम मापदण्डको घर बनाउन पाउने गरी घडेरी पनि तयार हुन्छ । अहिले भइरहेको जग्गा र खेती भइरहेको भूमिमा व्यवस्थित सहरीकरण विकास हुँदैछ । बाहिरी चक्रपथ निर्माणसँगै न्यूनतम ६ मिटरको बाटोसहितको व्यवस्थित बस्तीको घडेरी पनि तयार हुँदैछ ।
बाहिरी चक्रपथ आठ लेनको हुन्छ । बाटोको केन्द्रबाट २७५ मिटर दायाँबायाँ प्लानिङ हुन्छ । ५० मिटरको मूल चक्रपथको बाटो र बस्ती जाने बाटोका जग्गाबाहेक व्यस्थित प्लटिङ भएपछि सो जग्गासम्बन्धी स्थानीयलाई नै फिर्ता हुनेछ । तर, घर बनाउनै नपुग्ने गरी जग्गा पाउनेका लागि सहुलियतमा खरिद गर्ने व्यवस्था सरकारले मिलाउँछ । यो व्यवस्था मान्न तयार नहुनेले भने आफ्नो जग्गा बिक्री गरेर जानुपर्ने हुन्छ । यो बाटो बन्ने र सरकारले तयार पार्ने प्लटिङपछि अहिले दुई लाख आनाको जग्गा २० लाख रुपैयाँ पुग्न सक्छ । बाटो बनाउन सबै स्थानीयले समान योगदान गर्नुपर्छ । यसका लागि बाटो बनाउन न्यूनतम पाँच प्रतिशत जग्गा पूर्वाधार निर्माणमा योगदान गर्नुपर्छ भने सात दशमलव आठ प्रतिशत जग्गा बाहिरी चक्रपथ निर्माण गर्न योगदान गर्नुपर्छ ।
यो आयोजना तयार हुँदा प्रत्येक घडेरीमा जाने बाटो ६ मिटरदेखि, आठ मिटर, ११ मिटर वा ५० मिटरको बाटो हुन्छ । यो योजनाले काठमाडौं उपत्यकाकै करिब १० प्रतिशत जग्गा प्लानिङमा हुन्छ । त्यसपछि जग्गाको ग्रेडिङ हुन्छ । बाटोको छेउ कमर्सियल एरिया हुन्छ भने बाटोको २५० मिटर परको जग्गा रेसिडेन्टल हुन्छ । बाटोको छेउमै परेकाले बढी योगदान गर्नुपर्छ भने अली पर हुनेले थोरै योगदान गरे पनि पुग्ने प्रतिवदेनमा उल्लेख छ ।
यो आयोजनामा चारवटा फ्लाई ओभर हुन्छन् । आयोजना सुरु भएको १० वर्षमा सबै ७२ किलोमिटरकै दुरीको निर्माण पूरा हुने उल्लेख छ । फ्लाइ ओभरमा पूर्वमा अरनिको राजमार्ग, पश्चिममा त्रिभुवन राजपथ, दक्षिणमा फास्ट ट्र्याक र उत्तरमा केरुङ जाने बाटो पर्छ ।
 आयोजना सुरु भएको १० वर्षमा ७२ किलोमिटर लामो बाहिरी चक्रपथ निर्माण पूरा हुने प्रतिवेदनमा उल्लेख छ ।
- राजु बास्कोटा , अन्नपूर्ण पोस्टबाट



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget