Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन आयोगले भन्यो–निर्वाचनको बीचमा बजेट नल्याउनू

 



काठमाडौं , वैशाख १६ गते । निर्वाचन आयोगले दुईवटा निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगको बैठकले यस्तो निर्णय गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगको निर्णयमा भनिएको छ– “एक महिनाको अन्तरालमा हुने दुई चरणका निर्वाचनका बीच सरकारले नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भएकाले सरकारले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटटले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सो सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्ने ।”

सरकारको निर्णयअनुसार यही वैशाख ३१ गते पहिलो र जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको मिति घोषणा भई निर्वाचनका कार्यक्रमहरुसमेत सार्वजनिक भइसकेका छन् ।

आयोगले २०७३ फागुन १८ गतेदेखि लागु हुने गरी स्थानीय तह निर्वाचन आचारसंहिचा लागु गरेको र सो आचारसंहिता दोस्रो चरणको निर्वाचन अवधिभर समेत यथावत कायम रहने हुँदा दुवै निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा निर्वाचन आचार संहिचा अनुकूल नहुने आयोगको निर्णयमा उल्लेख छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget