Websoft University

www.radiomakalu.com || 021-522512


नेपालगन्जमा कर्पोरेट ब्याटमिन्टन सुरु


नेपालगन्जमा कर्पोरेट ब्याटमिन्टन सुरु
नेपालगन्जः अन्नपूर्ण मिडिया नेटवर्कले आयोजनामा आइतबारदेखि नेपालगन्जमा अन्नपूर्ण पोष्ट इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप)का कोषाध्यक्ष एव ओलम्पियन सुरेन्द्र हमालले पानसमा बत्ति बाली खेलको उद्घादन गर्नुभएको थियो । उदघाटन समारोहमा बोल्दै हमालले अन्नपूर्णद्धारा अन्तराष्ट्रिय ब्याडमिन्टन आयोजना गरेर खेलकुद जगतमा स्वर्णिम अक्षरले लेख्ने काम गरेको बताउनुभयो । उहाँले निजी क्षेत्र खेलकुदमा नलागेसम्म खेलकुद क्षेत्रका विकास हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयोे जबसम्म निजी क्षेत्र खेलकुदमा लगानी गर्न सक्दैन तब सम्म खेल क्षेत्रको विकास सम्भव छैन।' नेपालगन्ज हुन गइरहेको आठौ राष्ट्रिय खेलकुदको प्रतिक्षामा नेपालगञ्जबासी आतुर रहेको उहाँको भनाई थियो । उहाँले राष्ट्रिय प्रतियोगिताको तयारीको लागि पुर्वाधार निर्माणको तयारी भइरहेको बताउनुभयो ।
अन्नपूर्ण पोष्टको मध्य तथा सुदुरपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जमा प्रमुख प्रेम केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपालगन्ज उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वली, व्याटमिन्टन एसियन एम्पायर एव प्रतियोगिताका रेफ्रि उदय अर्याल,राष्ट्रिय प्रशिक्षक जयन्त श्रेष्ठ, ब्याटमिन्टन संघ बाँकेका सल्लाहकार होम पाण्डे, नेपाल पत्रकार महासंघ बाँके पूर्व अध्यक्ष शुक्रऋषि चौलागाई लगायतको उपस्थीति रहेको थियो । प्रतियोगिताका रेफ्रि अर्याल र सम्झना शर्माले खेलको नियमको सपथ लिएका थिए ।
प्रतियोगितामा बाँके, दाङ, सुर्खेत र दैलखका करिब १ सय खेलाडी सहभागी भएका छन् । राखेप कोषाध्यक्ष हमाल र नेपालगन्ज उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य श्रेष्ठले खेलेर प्रतियोगिताको शुभारम्भ गरेका थिए । प्रतियोगिता भइरहेको छ ।- अन्नपूर्ण

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget