Websoft University

www.radiomakalu.com || 021-522512


अन्नपूर्ण कर्पारेट ब्याडमिन्टनको बुटवलमा छनौट चरणका खेल सुरु

अन्नपूर्ण कर्पारेट ब्याडमिन्टनको बुटवलमा छनौट चरणका खेल सुरु

बुटवलः अन्नपूर्ण इन्टरनेशनल कर्पारेट व्याडमिण्टन प्रतियोगिताको चौथो संस्करणको छनौट प्रतियोगिता बुटवलमा सुरु भएको छ । प्रतियोगिताको भव्य समारोहकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रजिअ सिंहले मिडिया हाउसले खेलकुदको विकासका लागि गरेको काम प्रसंसनीय भएको बताउनुभयो । प्रत्येक क्षेत्रमा खेलाडीहरु अवसर नपाएर खेलबाट बञ्चित हुने गरेको भन्दै उहाले यस्ता प्रतियोगिताहरुले खेलाडी उत्पादनमा महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।
‘यो खेलाडीहरुका लागि महत्वपूर्ण अवसर हो, उहाले भन्नुभयो- यस्ता प्रतियोगिताहरुको नियमितता आवश्यक छ । दायरा पनि बढाउदै लैजानुपर्छ ।” उहाले क्षेत्रीय छनौट प्रतियोगिताका लागि बुटवल छनौट गरेकोमा उहाले अन्नपूर्ण मिडियालाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा बोल्दै बुटवल ब्याडमिन्टन क्लवका अध्यक्ष पिताम्बर ज्ञवालीले बुटवलमा खेलाडीहरुको उत्पाद्न बढ्दै गएको र यस्तो प्रतियोगिताले खेलाडीलाई थप उर्जा प्रदान गर्ने बताउनुभयो । बुटवलमा हुने प्रतियोगिताले सिंगो पश्चिम क्षेत्रका प्रतिनिधित्व गर्ने बताउनुभयो ।
त्यस्तै अन्नपूर्ण मिडिया नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले पत्रकारितसंगै समाजको विकासका लागि अन्नपूर्ण मिडियाले नियमित रुपमा कार्यक्रमहरु ग्रिरहेको बताउनुभयो । उहाले काठमाडौंमा मात्रै सीमित रहेको कर्पोरेट ब्याडमिन्टन मोफसलका खेलाडीहरुको प्रोत्साहनका लागि क्षेत्रीय स्तरमा ल्याइएको बताउनुभयो ।
उहले आगमी दिनहरुमा ब्याडमिन्टन अझै बढी क्षेत्रमा फैलाउदै धेरैभन्दा धेरै खेलाडीलाई सहभागी गराइने बताउनुभयो । अन्नपूर्ण मिडिया नेटवर्कका बुटवल एरिया इन्चार्ज रामबन्धु पौडेलको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन अन्नपूर्ण संवाददाता लक्ष्मण पोखरेलको गर्नुभएको थियो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद भण्डारी, पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णहरि शर्मा, प्रहरी नायव उपरीक्षक अवदेश विष्ट, बुटवल व्याडमिन्टन क्लवका निवर्तमान अध्यक्ष इन्द्रलाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कृष्ण थापा, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेश राज रेग्मी, अन्र्तराष्ट्रिय अम्पायर तथा खेलका रेफ्रि किरण कारञ्जित, खेल संयोजक पंकज ज्ञवाली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
आजदेखि तीन दिनसम्म चल्ने प्रतियोगितामा ७० टिमको प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका बिभिन्न समूहका विजेता र उपविजेता नगद पुरस्कार सहित काठमाण्डौंमा हुने फाइनल खेलमा सहभागि हुन पाउनेछन् । प्रतियोगिता बुटवल माझगाउ स्थित नवदिप कर्भडहलमा भइरहेको छ । आज पहिलो चरणका खेल हुने रेफ्रि कारञ्जितले बताउनुभयो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget