Websoft University

www.radiomakalu.com || 021-522512


‘प्रचण्ड’ चक्रव्यूहमा राजनीति



स्थानीय चुनाव नजिकिँदै जाँदा बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा वैशाख ३१ मा चुनाव सम्भव नहुने सङ्केत प्रधानमन्त्री प्रचण्डले दिएका छन् । अर्कोतर्फ संविधान संशोधनको निमित्त आवश्यक दुई तिहाइ पुर्याउन संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छुट्टाछुट्टै संवादको तयारीमा छन् । कहिले एमालेसँग मिलेर मधेसी दललाई उग्र बनाउने, कहिले काङ्ग्रेस, मधेसी दल मिलाएर एमालेलाई उग्र बनाउने प्रचण्डको रणनीति सफल भइरहेको छ । जसरी भए पनि सत्ता लम्याउने खेलमा प्रचण्ड क्रमशः सफल हुँदै गइरहेका छन् ।

अमरदीप मोक्तान


कसैले पत्याउन वा नपत्याउन, वर्तमान नेपाली राजनीतिमा नेपालको बहुबाली नेता कोही छन् भने ती प्रचण्ड नै हुन् । प्रचण्डले एमाले, काङ्ग्रेस, मधेसी दललाई ‘तीन त्रिलोक चौध भुवन’ देखाइदिएका छ्न । तर प्रचण्डको दोहरो खेलबारे आभाष हुँदाहँुदै कसैमा प्रचण्डविरुद्ध केही गर्ने साहस छैन भन्दा पनि हुन्छ । चतुर प्रचण्ड प्रख्यात माछा शिकारी बनेका छन् । वर्तमान राजनीतिक सन्दर्भमा प्रचण्डको बल्छीमा नेपाली राजनीतिका धुरन्धर खेलाडी एमाले, काङ्ग्रेस, मधेसी दल माछाका रुपमा फँसेका छन् । उल्लेखित माछाहरु उग्र पनि छन्, जुझारु पनि छन् । समय समयमा बल्छीबाट उम्किन प्रयास पनि गर्छन् तर त्यस समय मन्दमन्द मुस्कानका साथ प्रचण्डले बल्छीको मजबुत डोरी खुकुलो बनाई दिन्छन् । अनि आरामका साथ बसिरहन्छन धेरै प्रयास गर्दा पनि उन्मुक्ति पाउन नसक्दा एमाले, काङ्ग्रेस, मधेसवादी दलरुपी माछाहरु स्याँ स्याँ फ्याँ फ्याँ गर्दै थकित भएर पुनः प्रचण्ड नजिक आइपुग्दछन् । यही दृश्य बारम्बार दोहोरिरहेको छ । यस्ता दृश्यले नेपाली जनता वाक्क दिक्क बनिसकेका छन् ।

गणितीय समीकरणमा काङ्ग्रेस, एमाले, मधेसी दल कोही पनि प्रचण्ड विरुद्ध जान सक्दैनन् । त्यस कारण प्रचण्डले एमाले काङ्ग्रेस, एमाले, मधेसी दललाई फनफनी घुमाइरहेका छन् । नेपाली काङ्ग्रेससँग भद्र सहमतिअनुसार शेरबहादुरको प्रधानमन्त्री हुने पालो नजिकिँदै छ तर प्रचण्ड ले भद्र सहमतिको पालना गर्लान भन्नेमा सन्देह छ । एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति पालन नगरेको भनी प्रचण्ड सजिलै सत्तासिन भए तर शेरबहादुरका लागि त्यो सम्भव छैन । किनभने शेरबहादुरले एमालेको साथ लिँदैनन् । तसर्थ प्रचण्डको दुवै हातमा लड्डु रहिरहने छ ।

निर्धारित समयमा चुनाव हुने कि नहुने सन्दर्भमा चुनाव जुनसुकै हालतमा चुनाव हुनुपर्छ र प्रचण्डले चुनाव गराउनु नै पर्छ । व्यक्तिगत महत्वाकाङ्क्षा र सत्ता लम्ब्याउनका लागि राष्ट्रलाई अनिर्णयको बन्दी बनाउनु हँुदैन र बनाउन पाइँदैन । मधेसी दलद्वारा उनीहरुले संशोधनका निमित्त अगाडि सारेका हुबहु बुँदाहरु दुईतिहाईले संशोधन गरिनुपर्ने तब मात्र चुनाव हुनदिने त्यस्तो नभएमा चुनाव हुन् नदिने कुरा हठताको पराकाष्ठा हो । संविधानलाई संस्थागत हुन् नदिने बदनियतपूर्ण षड्यन्त्र हो ।

प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्नेपछि दिएको एउटा अन्तर्वार्तामा प्रथम पटक प्रधानमन्त्री हुँदा मैले राजनीति बुझेको थिइन, तसर्थ दोस्रो पटक विगतको जस्तो भुल दोहरिने छैन भनेका थिए । प्रचण्डको बहुरुपिया चरित्र एवं दोहरो खेलको राजनीति खेलेको देख्दा प्रचण्डले राष्ट्र हितैषी असल र पवित्र राजनीतिभन्दा पनि नेपाललाई अनिर्णयको बन्दी बनाउने सत्ता लम्ब्याउने फोहोरी राजनीतिमा पारङ्गतता हासिल गरेका रहेछन् भन्ने कुरा प्रमाणित भएको छ । नेपाली राजनीतिक इतिहासमा जननायक बन्ने कि खलनायक बन्ने प्रचण्डको हातमा छ । संविधान असंसशोधनीय होइन । संविधानमा रहेका त्रुटि सच्च्याउन संविधान संशोधन हुनुपर्छ तर यसो भन्दैमा संविधान संस्थागत गर्न अति आवश्यक प्राथमिकताको सूचीमा रहेको चुनाव हुनै नदिने प्रपञ्च नेपाली जनतालाई कुनै हालतमा स्वीकार्य छैन ।

प्रचण्डले निर्धारित समयमा गाउँपालिका, नगरपालिका र वडाको चुनाव सम्पन्न गराउन सके भने निश्चित रुपमा जननायक नेताका रुपमा स्थापित हुने छन् । व्यक्तिगत महत्वाकाङ्क्षा र सत्ता लम्ब्याउने खेलमा लगेर चुनावमा पूर्णविराम लगाउने र नेपालमा अस्थिरता निम्त्याउने कार्य गरे भने इतिहासमा कलङ्कित हुने नै छन् । त्यसलाई जनताको अदालतले उनलाई छुटकारा दिने छैन ।
डाँडाखर्क, दोलखा
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget