Websoft University

www.radiomakalu.com || 021-522512


किन स्थगित भयो चार दिनका लागि संसद बैठक ?



काठमाडौ, बैशाख १७ गते  ।  व्यवस्थापिका संसद बैठक आगामी बैशाख २१ गतेसम्मलाई अचानक स्थगित गरिएको छ । आजको बैठक पुर्व सांसद नथुनी चैधरीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै २१ गतेसम्मलाई स्थगित गरिएको हो ।

पहिलो चरणको स्थानीय निर्वाचन मिति आउन १३ दिन मात्र रहेको र संविधान संशोधनको प्रस्ताव पारित गर्नुपर्ने अवस्थामा चार दिनसम्म बैठक स्थगित भएपछि अवको राजनीतिक घट्नाक्रम कसरी अघि बढ्ला भन्ने सवत्र जिज्ञासा पैदा भएको छ । योसँगै संविधान संशोधन प्रस्ताव के हुने भन्ने थप अन्यौल पनि उत्पन्न भएको छ ।

बैठक चार दिनपछि सार्नुका कारणहरु
–संविधान संशोधनका लागि आवाश्यक पर्ने सांसद संख्या सत्तारुढ र सरकारले पुर्याउन नसक्नु ।
– मोर्चा फकाउन अझै प्रयास गर्न ।
– संशोधन विधेयक पारित नभएपछि सरकारलाई नैतिक संकट पर्ने देखेर लम्ब्याउन खोज्नु । –मधेसी मोर्चाले सरकारलाई सहमतिअनुसार संशोधन गराउन दिएको १८ गतेसम्मको म्याद गुजार्नु ।
–राप्रपाभित्र संविधान संशोधनको विरोध हुनु ।
–१९ गते उम्मेदवार मनोनयन गर्ने मिति गुजार्नु ।
–एमालेलाई समेत सहमतिमा ल्याउन प्रयास गर्न ।

अवको सरकारको रणनीति
सत्तापक्ष र प्रतिपक्षको प्रतिष्ठाको विषय बनेको संविधानको दोश्रो संशोधन विधेयक–२०७३ पारित हुन्छ या हुँदैन ? भन्ने प्रश्न थप जटिल बनेको छ । विधेयकको पक्ष र विपक्षमा रहेका दलहरु आफ्नो अडानबाट टसको मस नभएपछि सरकारले तीनवटा रणनीतिसहित प्रस्ताव पारित गराउने पहल जारी राखेको छ ।सकेसम्म एमालेसहति प्रस्ताव पारित गराउने सरकारको पहिलो कामलाई निरन्तरता दिने रणनीति बनाएको छ । त्यसका लागि कांग्रेसको आजै बिहान बसेको संसदीय दलको बैठकले समेत एमालेलाई सहमतिमा ल्याएर मात्रै संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरिसकेको छ ।

सत्तारुढ र सरकार एमाले आइहाल्छ भन्नेमा त ढुक्क छैन तैपनि अन्तिम समयमा मनाउन सकिन्छ कि भन्नेमा आशाबादी छ ।
सरकारको बुझाईमा उसलाई पाँच सांसदको खाँचो छ । तर, राप्रपामा समानान्तर पार्टी सञ्चालनको खेलले यो संख्या थप बढ्ने छ ।

यस अघि बुधबार बसेको व्यवस्थापिका संसदको तेश्रो पटकको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय शंकर नायकले संविधानको दोश्रो संसोधन विधेयक २०७३ लाई विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सरकारले प्रस्तुत गरेको संविधानको दोश्रो संसोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई व्यवस्थापिका संसदको बहुमतले स्वीकृत पनि गरेको थियो ।

तीन दिनपछि आज बस्ने संसद वैठकमा प्रस्तावमाथि छलफल शुरु गर्ने भनिएपनि पुर्व सांसद नथुनी चौधरीको निधनले गर्दा शोक प्रस्ताव मात्र पारित गरेर स्थगित गरियो । यदि स्थिति सहज भएको भए आजै अर्को बैठक बोलाउन पनि सकिन्थ्यो । र संबिधान संशोधनको प्रकृयामा जान सकिन्थ्यो ।- रातोपाटी बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget