Websoft University

www.radiomakalu.com || 021-522512


फिफाले गर्‍यो ब्राजिलसहित आधा दर्जन देशलाई जरिवाना

फिफाले गर्‍यो ब्राजिलसहित आधा दर्जन देशलाई जरिवाना


अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले घरेलु समर्थकले खेल भावनाविपरीत काम गरेको आरोप लगाउँदै ब्राजिल, अर्जेन्टिना र मेक्सिकोलाई जरिवाना लगाएको छ । फिफाले सन् २०१८ मा रूसमा आयोजना हुने विश्वकप फुटबलका लागि हालै खेलिएका छनोट खेलका क्रममा घरेलु समर्थकले देखाएको उद्दण्ड व्यवहारका कारण दक्षिण अमेरिकाका यी फुटबल हस्ती राष्ट्रलाई जरिवाना तिराउने निर्णय गरेको हो ।
फिफाले ब्राजिललाई तीन हजार पाँच सय स्विस फ्र्यांक र अर्जेन्टिनालाई २० हजार स्विस फ्र्यांक जरिवाना तोकेको छ । यसैगरी मेक्सिकोलाई १० हजार स्विस फ्र्यांक जरिवाना तोकिएको छ । फिफाको अनुशासन समितिले विश्वकप छनोटअन्तर्गतका खेलहरूमा घरेलु समर्थकले विपक्षी खेलाडीलाई तेस्रोलिंगीका लागि प्रयोग गरीने अपमानजनक शब्द प्रयोग गरी हुटिङ गरेको जनाउँदै जरिवाना तिराउने निर्णय गरेको हो ।

फिफाले कुन खेलमा घरेलु समर्थकबाट त्यस्तो व्यवहार भएको हो भन्ने विषयमा भने स्पष्ट पारेको छैन । फिफाले विश्वकप छनोटअन्तर्गत गत मार्च २४ तारिखमा इटालीविरुद्ध भएको खेलका क्रममा समर्थकबाट भएको विभिन्न हर्कतका कारण अल्बानियालाई पनि एक लाख स्विस फ्र्यांक जरिवाना तोकेको छ । फिफाले सो खेलको क्रममा समर्थकले मैदानमा अतासबाजी गर्दा खेल केही समय रोक्नु परेको कारण देखाएको छ । सोही खेलसँग जोडेर इटालीलाई पनि १५ हजार स्विस फ्र्यांक जरिवाना लगाइएको छ ।
यसैगरी चीनसँगको खेलका क्रममा समर्थकले अवरोध पुर्‍याएको तथा क्षमताभन्दा बढी समर्थक स्टेडियममा छिराएको कारण देखाउँदै फिफाले इरानको फुटबल संघलाई पनि ५० हजार स्विस फ्र्यांक जरिवाना लगाएको छ । फिफाले यस्तै प्रकृतिका घटनामा बोस्निया—हर्जगोभिना, पोल्यान्ड र मोन्टेनेग्रोलाई पनि जरिवाना तिराउने निर्णय गरेको छ ।
यसैबीच, दक्षिण अमेरिकी देशका क्लबबीचको प्रतियोगिता कोपा लिबर्टाडोरेसअन्तर्गत बुधबार उरुग्वेमा भएको एक खेलका क्रममा समर्थकहरू झडपमा ओर्लंदा केही प्रहरी घाइते हुनुका साथै प्रहरीका साधनमा समेत क्षति पुगेको जनाइएको छ । ब्राजिलियन क्लब पालमेइरस र उरुग्वेको क्लब पेनारोलबीचको खेलका क्रममा झडपमा उत्रने करिब ३० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । झडपमा परी उरुग्वेका १८ जना प्रहरी घाइते भएका छन् । ब्राजिलियन क्लब ३–२ गोलले विजयी भएको उक्त खेल समाप्त भएलगत्तै समर्थकहरू झडपमा उत्रिएका थिए।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget