Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post

यसरी हुँदैछ प्रहरी संगठनभित्र गुटबन्दीको खेल


काठमाडौं , मंगसिर ११ गते । आगामी फागुनमा पदावधि सकिन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई समय नपुग्दै हटाउने खेल गृहमन्त्रालयले सुरु गरेको छ । यसको एउटैमात्रै कारण हो– उपेन्द्रसँगै पदावधि सकिन लागेका राजेन्द्र सिंह भण्डारीलाई आइजीपी बनाउने ।
aig-1-1

एआइजीहरु राजेन्द्र सिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, केदार साउद, रमेशशेखर बज्राचार्य र प्रतापसिंह थापा प्रहरी महानिरीक्षक अर्यालकै ब्याजी प्रहरी अधिकृत हुन् । एउटै ब्याजी भएकका कारण अर्यालको पदावधि सकिएकै दिन फागुनमै यी ६ जनै एआइजीहरुको पनि पदावधि सकिँदैछ ।

उपेन्द्रकान्त अर्याललाई फागनुसम्म पूरै कार्यकाल पदमा बस्न दियो भने माथिका कोही पनि एआइजीहरुले आइजीपी बन्न पाउँने छैनन् । त्यसैले अर्याललाई कार्यकाल समाप्त हुनुभन्दा एकदुई हप्तामात्रै अगाडि भए पनि कुनै न कुनै बाहनामा हटाएर भण्डारीलाई आइजीपी बनाउने खेल सुरु भएको प्रहरी स्रोत बताउँछ ।

यसका लागि अर्याललाई कतिपयले लोकमानसिंह कार्कीसँग जोडेर बदनाम गर्ने वा कुनै न कुनै बाहना बनाएर हटाउने कसरतमा बिचौलियाहरुले भूमिका खेल्न थालेको अर्याद निकट स्रोतको बुझाइ छ । यसका साथै केही आइजीका आफन्तहरुको कर्पोरेट मिडियामा समेत लगानी रहेकाले त्यसमार्फत अर्यालविरुद्ध मिडियाबाजी गरेर उनलाई फागुन अगाडि नै हटाउने वातावरण तयार पार्न थालिएको प्रहरीभित्र चर्चा छ ।


उपेन्द्रसँगै घरजाने सूचीमा रहेका एआइजी मध्ये एआइजी भण्डारी आइजीपी बन्नका लागि प्रहरी नियमावली परिवर्तन गर्ने खेलमा सक्रिय भैरहेको अर्याल पक्षधर प्रहरीहरुको बुझाइ छ

उपेन्द्रकान्त अर्यालसँग प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री विमलेन्द्र निधी, अर्थमन्त्री कृष्णबहादुर महरादेखि वर्षमान पुनसम्म असन्तुष्ट रहेकाले उनलाई सरकारले कुनै पनि बेला हटाउन सक्ने स्रोतको तर्क छ । तर, अर्यालले आफूलाई त्यसरी हटाइए अदालत जाने धम्की नेताहरुलाई दिइसकेका छन् ।

यही क्रममा प्रहरी नियमावलीमा संशोधन गरेर अर्याललाई घोक्रेठ्याक लगाउउने तयारी कांग्रेस नेताहरुले थालेको स्रोतले बतायो । विगतमा शेरबहादुर देउवा र खुमबहादुर खड्का गृहमन्त्री भएका बेलामा यसैगरी प्रहरी नियमावली संशोधन गर्दै आइजीपी फेर्ने विकृत प्रचलन थियो । अहिले त्यसैलाई निरन्तरता दिन खोजिए पनि सर्वोच्च अदालतले गत वर्ष यसो नगर्न आदेश दिएको अवस्था छ ।

उपेन्द्रसँगै घरजाने सूचीमा रहेका एआइजी मध्ये एआइजी भण्डारी आइजीपी बन्नका लागि प्रहरी नियमावली परिवर्तन गर्ने खेलमा सक्रिय भैरहेको अर्याल पक्षधर प्रहरीहरुको बुझाइ छ । ३० वर्षे सेवाअवधिका कारण आइजीपी अर्यालसँगै फागुनमा अवकाश पाउने लाइनमा रहेका भण्डारी आइजीपी हत्याउने दाउमा छन् ।

आइजीपी अर्याललाई हटाउनुपर्ने अरु कुनै पनि कारण नदेखिएपछि प्रहरी नियमावली नै परिर्वतन गर्न खोजिएको हो । शुरुमा नियमावलीमा रहेको आइजीपीको कार्यकाल घटाएर अर्याललाई फागुन अगावै घर पठाउने र भण्डारी आइजीपी बनेपछि फेरि नियमावली संशोधन गरेर ३० वर्षे सेवा अवधिलाई ३२ वर्षे बनाइदिने डिजाइन गृहमन्त्रालयमा भइरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।
डीआइजीबाट सिधै आइजीपी बन्ने लाइनमा सिलवाल
त्यसो त आधा दर्जन एआइजीहरु ३० वर्षे सेवाअवधिका कारण अर्यालसँगै घर जानुपर्ने अवस्था आयो भने डीआइजीबाट एकैचोटि आएजीपी बनाउनुपर्ने स्थिति आउने छ । र, त्यो अवस्थामा डीआइजी नवराज सिलवाल प्रहअरी महानिरीक्षकको दाबेदार हुनेछन् ।
dig
आइजीपीको दौडमा रहेका डीआइजीहरु नवराज सिलवाल, प्रकाश अर्याल र जयबहादुर चन्दलगायतले प्रहरी नियमावली संशोधनसम्बन्धी पछिल्लो खेलको विरोध गरिरहेका थिए । अर्याललाई वीचैमा हटाउने खेलको विरोध गर्दै एक डीआइजीले भने– ‘आइजीपी हटाउने खेल हल्लामात्रै हो, यो अहिले नै सम्भव छैन ।
कानुनी हिसाबमा भन्ने हो भने अहिलेका डीआइजीमध्ये उत्कृष्टलाई सरकारले आइजीपी बनाउन सक्छ । तर, प्रतिस्पर्धाको हिसाबले एक नम्बरमा रहेका सीआइबी प्रमुख नवराज सिलवाल, दुइ नम्बरमा रहेका ट्राफिक प्रहरी महाशाखाका प्रकाश अर्याल र लागुऔषध नियन्त्रण ब्युरो जयबहादुर चन्द आइजीपीको दौडमा देखिन्छन् । त्यसो त आइजीपी अर्याल पनि आफनो गुटका डीआइजीलाई आइजीपी बनाउने दाउमा छन् ।
उता ३५ किलो सुनको सुराकी कमिसन आफैंले खाइदिएको आरोप लागेका डीआइजी प्रकाश अर्याल पनि भावी आइजी बन्ने दौडमा लागेको प्रहरी स्रोत बताउँछ । उनैले महानिरीक्षक अर्यालविरुद्ध अख्तियारदेखि संसदको लेखा समितिमा समेत उजुरी गराएको बताइने गरेको छ ।
आइजीपी अर्यालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रभावमा पारेर डीआइजी प्रकाश अर्यालको मुद्दा पन्छाउन लगाएको आरोपसमेत लाग्ने गरेको छ ।  ३५ किलो सुनको प्रकाशको मुद्दा अहिले राजश्व अनुसन्धान विभागबाट बाट अदालतमा पुगेको छ ।
कुनै एउटा पार्टीको ट्याग लगाएर आइजीपी फेर्ने चर्चा होस् वा सरुवा र बढुवामा पैसाको प्रभाव नै किन नहोस्, प्रहरीका लागि सबैभन्दा घातक यही बनिरहेको छ
तर, डीआइजी प्रकाश अर्यालमाथि पूर्वाग्रहपूर्ण तरिकाले लोकमानसिंह कार्कीले मुद्दा अघि बढाएको केही प्रहरी अधिकारीहरुको तर्क छ । प्रहरीले सुनका कारोबारीहरुको सुराकीमा खटाएका व्यक्तिलाई तर्साएर सुन तस्करसँग मिलेमतो गर्नेहरुलाई नै अख्तियारले संरक्षण गरेको र प्रकाश अर्याललाई फसाइएको तर्क प्रहरी संगठभित्र गरिँदै आएको छ ।
एक डीआइजीले भने ‘भण्डारी लगायत केही व्यक्ति आइजीपी फेर्ने खेलमा लागे पनि ऐन नल्याई त्यो तत्काल सम्भव थिएन, तर आफूलाई बलियो बनाउन आइजीपी अर्याल आफैंले यो सूचना बाहिर ल्याए ।’
उता शान्ति मिसनमा रहेका रहेका एसएसपी रमेश खरेलसमेत विदामा काठमाडौंमै छन । उनीसमेत आइजीपी अर्याललाई हटाउने खेलमा सक्रिय भएको सुनेपछि आइजीपी अर्यालले उनलाई झपारेको स्रोतको दाबी छ ।


लोकमान र उपेन्द्रकान्तको साँठगाँठ ?

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र लोकमानसिंह कार्कीवीच मिलेमतो रहेको प्रचार यतिबेला जोडदार रुपमा गरिएको छ । तर, यसबारे स्रोतले अनलाइनखबरसँग भन्यो– ‘लोकमानको नाममा अर्यालसँग धेरैले ब्ल्याकमेलिङ गरेर उनलाई तर्साएका मात्रै हुन्, तर अर्याल अन्य प्रहरी अधिकारीहरुभन्दा सापेक्षित रुपमा इमान्दार एवं प्रोफेसनल छन् ।’
lokman-singh-karki

प्रहरी संगठनमा राजनीतिकरण गर्दै आएका नेताहरुले भनेको नमानेकै कारण अर्यालसित केही नेताहरु रिसाएको स्रोतको दाबी छ । कांग्रेसका केही ठूला नेतालाई प्रहरी अधिकारीले नियमित रुपमा खर्च दिएन भने उनीहरु रिसाउने गरेको एक प्रहरुी अधिकारीले अनलाइनखबरलाई बताए ।

उनले भने–बिचरा उपेन्द्रकान्त लोकमानबाटै पीडित थिएन, के को उनका साहयोगी हुनु !’
गुटबन्दीले  यसरी थलिँदैछ प्रहरी संगठन


नेपाल प्रहरी नागरिकसँग सरोकार राख्ने पहिलो सुरक्षा संगठन हो । प्रहरीजति बलियो हुन्छ, नागरिकले उतिनै सुरक्षाको प्रत्याभूत गर्न सक्छन् । तर, नेपाल प्रहरी संगठन आफ्नै कारणले र राजनीतिक दलहरुको हस्तक्षेपका कारणले सिथिल हुँदै गएको छ ।

संगठनभित्र एकले अर्कालाई सिध्याउने खेल हुने गरेको छ । हरेकपटक सरकार परिर्वतन भएसँगै प्रहरी पहिलो तारोमा पर्ने गरेको छ । कुनै एउटा पार्टीको ट्याग लगाएर आइजीपी फेर्ने चर्चा होस् वा सरुवा र बढुवामा पैसाको प्रभाव नै किन नहोस्, प्रहरीका लागि सबैभन्दा घातक यही बनिरहेको छ । विगतमा रमेश खरेलले ‘ब्रिफकेस’को प्रशंग त्यसै औंल्याएका होइनन् ।

आफनै ब्याजका एआइजीहरु घातक 


नेपाल प्रहरीमा अहिले ११ जना एआइजी छन् । तीमध्ये राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, केदार साउद, रमेशशेखर बज्राचार्य, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ आइजीपी उपेन्द्रकान्त अर्यालका ब्याजीहरु हुन् ।

पछिल्लोपटक अदालतको आदेशपछि बढुवा भएका यादव अधिकारी, परशुराम खत्री, सुशिलवरसिंह थापा र विश्वराजसिंह शाही समेत एआइजी छन् । यिनीहरु पनि आइजीपी अर्यालकै ब्याजी हुन् ।

आइजीपीमा दरबन्दी ७ जनाको मात्रै भए पनि सुशील कोइरालाको सरकारले आफ्नालाई बढुवा गर्न दुई विषेश पद थप गरेर ९ जना एआइजीको दरबन्दी बनाएको थियो ।

त्यसैको विरोधमा अदालत पुगेका थप चार जनाले पनि एआइजीमा बढुवा पाएका हुन् । तीमध्ये एआइजीहरु नारायण वस्ताकोटी र गणेशराज राईले सेवाअवधिका कारण अवकाश पाइसकेका छन् । एउटै ब्याचका साथीहरु भए पनि बढुवा भएका एआइजीहरुले सात महिनापछि मात्रै हेडक्वार्टरमा प्रवेश पाए ।

आइजीपी अर्यालका लागि आफ्नै साथीहरु एआइजी अर्थात आफुभन्दा दास्रो तहमा हुनुले कुनै हर्ष मिलेको छैन । उनका लागि आइजीपी र एआइजी एउटै ब्याजका हुनु नै सबै भन्दा घातक देखिएको छ । अर्यालका लागि मात्रै होइन, प्रहरीभित्र संगठन प्रमुख र दोस्रा तहका एआइजीहरु एउटै ब्याजको हुने परम्पराले हरेक आइजीपीलाई अप्ठेरो पर्ने गरेको छ ।

आइजीपी अर्यालसंगै आइजीपीको प्रतिस्पर्धामा रहेका राजेन्द्रसिंह भण्डारी एआइजी भएपछि पहिलो वर्षमात्रै हेडक्वार्टर गए । त्यसपछि उनले आफ्नो हेडक्वार्टरमा पाइला नटेको दुई वर्ष हुन लागेको छ । पछिल्लो समय सुरक्षा परिषदमा सरुवा भएपछि भण्डारी र आइजीपी अर्यालवीचको सम्बन्ध पानी बाराबारको अवस्थामा पुगेको छ ।

आइजीपी अर्यालकै ब्याचका एक एआइजी भन्छने– ‘कुनै दिन हाम्रो ब्याचमा सबैभन्दा मिल्ने साथीहरु अर्याल र भण्डारी नै थिए । तर, पदकै कारण ३० वर्षको दोस्ती अहिले खरानी भएको छ ।’

प्रहरी संगठनमा सीआइबीका जन्मदातासमेत रहेका भण्डारी र अर्याल नै उनीहरुका ब्याचका सबैभन्दा उत्कृष्ट प्रहरी मानिन्थे । विषेश गरेर अपराध अनुसन्धानमा अब्बल मानिने अर्याल र योजनामा माष्टर माइण्ड मानिने भण्डारीको मिलन भएको भए यो तीन वर्षमा नेपाल प्रहरीले काँचुली फेर्ने अर्का एक आइजीले भने ।’

यी दुईवीच मिलन त परको कुरा, अहिले दुबैजना मिडियावाजी गरेर एकले अर्कालाई सिध्याउने खेलमा लागेका छन् । भण्डारीलाई यसमा आफ्नै नातेदारले चलाएका मिडियाले निकै धेरै साथ दिएको प्रहरी स्रोतको बुझाइ छ ।

एआइजी भण्डारी शेरबहादुर देउवा शक्ति आएपछि निकै खुशी छन् । आफू सुदुरपश्चिमको भएकाले देउवाको आशिर्वाद पाइन्छ भन्ने उनलाई विश्वास छ । त्यसैले अनेक तिकडम लगाएर भए पनि फागुनसम्म आइजीपी हत्याउने खेलमा उनी सक्रिय भैरहेको स्रोत बताउँछ ।

तर, भण्डारीको यो रहर ३ वर्ष अगाडिको अदालतको आदेशका कारण पूरा हुने सम्भावना निकै कम रहेको प्रहरी स्रोतको तर्क छ ।

शक्तिवालालाई च्याप्ने आइजीपी रणनीति


आफू निकटका र राजनीतिक शक्तिमा भएकालाई च्यापेर जाने आइजीपी अर्यालको शैली देखिएको भन्दै संगठनभित्र गुनासो छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग निकै घनिष्ट सम्बन्ध बनाएका एआइजी वीरेन्द्रबाबु श्रेष्ठलाई आइजीपी अर्याल टार्नै शक्तैनन् । हुन त यो उनको बाध्यता पनि हुन सक्छ ।

त्यस्तै वामदेव गौतम गृहमन्त्री हुँदादेखि केपी ओली प्रधानमन्त्री हुँदासम्म अर्का एआइजी रमेशशेखर बज्राचार्यलाई आइजीपी अर्यालले साथमा लिएर हिँडे । किनकि एआइजी बज्राचार्य एमालेका नेता निकट अधिकृत मानिन्छन् ।

श्रेष्ठ र बज्राचार्य दुवैले हेडक्वार्टरको सबैभन्दा आर्कषक विभागहरु प्रशासन र मानव स्रोत पालैपालो चलाइरहेका छन् । वरियताको तेस्रो नम्बरमा रहेका अर्का एआइजी सुरेन्द्रबहादुर शाह आफु निकट नेता शक्ति नहुँदा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पु¥याइएका छन् ।

वरियतामा निकै तल रहेका प्रतापसिंह थापाले शक्तिकै हाडमा एआइजीको बढुवा मात्रै पाएनन्, महानगरीय प्रहरीको नेतृत्वसमेत सम्हालिरहेका छन् । थापा तिनै अधिकृत हुन्, जसलाई एसएसपी रमेश खरेलले ‘बढुवाका लागि ब्रिफकेस बोकेर हिँडेको’ आरोप लगाएका थिए । थापाको शक्तिको स्रोत लोकमानसिंह कार्कीसमेत रहेको प्रहरी संगठनभित्रको बुझाइ छ ।
उनीहरु बाहेक राजनीतिक शक्तिमा रहेका तल्लो तहका अधिकृतहरुलाई पनि आइजीपी अर्यालले आफु नजिककै लाई च्याप्ने गरेको प्रहरी प्रधान कार्यलयमा चर्चा हुने गरेको छ ।

Upendrakanta-Aryal
आइजीपीको गुटबन्दी


आफ्नै ब्याचका साथीहरुलाई समेत मिलाउन नसकेको आरोप आइजीपी अर्यालमाथि लाग्ने गरेको छ । विषेश गरेर उनी आफ्नो साथमा रहेका अधिकृतलाई जुनसुकै हालतमा पनि जोगाउने र आफनो साथमा नरहेकाहरुलाई पाखा लगाउने रणनीतिमा लाग्ने गरेको आरोप लाग्ने गरेको छ ।

सार्वजनिक स्थानमा भाषण गर्ने एसएसपी रमेश खरेललाई कार्वाही नगरेको प्रशंग होस् या ३५ किलो सुन प्रहकरणमा डीआइजी प्रकाश अर्याललाई अख्तियारको मुखबाट जोगाउन खेलेको भूमिका होस्, आइजीपी अर्यालले चलाएको गुटको उदाहरणका रुपमा यसलाई लिने गरिन्छ । तर, यसमा अर्यालले रमेश खरेलजस्ता राम्रा प्रहरी अधिकृतलाई संरक्षण गरेको अर्थमा पनि कतिपयले लिने गरेका छन् ।

प्रहरी ऐन सबैको दोषी


एउटै ब्याचकाहरु आइजीपी र एआइजी हुँदा प्रहरी चेन अफ कमाण्डमा चल्न नसकेको पूर्वआइजीपी रविन्द्रप्रताप शाहको अनुभव छ ।

‘एउटा आइजीपी हुन्छ, त्यसपछिका एआइजीहरु एउटै ब्याचका भएपछि गल्ती गरे कार्वाही गर्न साथी भनेपछि अप्ठ्यारो हुन्छ,’ शाह भन्छन्– त्यसैले हाकिमको रुपमा भन्दा साथीको व्यवहार गरेपछि कसरी चेनअफ कमाण्डमा चल्छ ?’

एआइजीलाई आइजीपीले कार्वाही गर्दा नसिहत मात्रै दिन सक्ने तर साथी भएपछि त्यति कार्वाही गर्न पनि अप्ठेरो हुने शाहको अनुभव छ ।

त्यसो त पछिल्लो समय प्रहरीभित्र गुट मौलाउनुमा प्रहरी ऐन मुख्य कारण भएको पूर्वआइजीपी शाहको तर्क छ । एउटै ब्याचका एआइजीहरु भएपछि तिनलाई कसले रुचाउने र आइजीपीलाई कसले रुचाउने भन्ने हुन्छ, त्यो सबै अन्त्य गर्न आइजीपीको अधिकारदेखि सेवाअवधिसम्म ऐनले स्पष्ट पार्नुपर्ने शाहको तर्क छ ।

-   रमेश धमला , अनलाइन खबरबाट



काठमाडौं , मंगसिर ११ गते । आइफोन सिक्स स्मार्टफोन प्रयोग गर्ने चिनियाँ प्रयोगकर्ताकोे ब्याट्रीमा समस्या देखिएकोले एप्पल चाइनाले खराब ब्याट्री निःशुल्क फेरिदिने घोषणा गरेको छ । यसअघि चीनमा प्रयोगकर्ताले स्मार्टफोन अकास्मात बन्द हुने समस्या भोग्दै आएपछि आइफोन सिक्सले यस्तो घोषणा गरेको समाचार संस्था आईएएनएसले बताएको छ । उपभोक्ताले आइफोन सिक्स फोनमा ब्याट्री लेभल ५० प्रतिशत देखाए पनि स्वीच अफ हुने समस्या भएको उजुरी गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । गत हप्ता चीनको उपभोक्ता संगठनले एप्पललाई चिठी पठाएर यस बारे स्पष्ट पार्न अनुरोध गरेको थियो । यसपछि एप्पल खराब ब्याट्री परिवर्तन गर्न राजी भएको हो ।

Image result for fidel castro

काठमाडौं , मंगसिर ११ गते । क्युबाका पूर्वराष्ट्रपति तथा कम्युनिस्ट क्रान्तिका नेता फिडेल क्यास्ट्रोको मृत्यु भएको छ । बीबीसीले जनाएअनुसार क्यास्ट्रोको ९० वर्षको उमेरमा मृत्यु भएको त्यहाँको राष्ट्रिय टीभीले जनाएको छ । तर उनको मृत्युको बारे विस्तृत विवरण दिइएको छैन । उनले क्युबाको राष्ट्रपतिको रुपमा झण्डै आधा शताब्दी काम गरेका थिए ।
 सन् २००८ मा उनले आफ्ना भाइ राहुल क्यास्ट्रोलाई पद हस्तान्तरण गरेका थिए । उनका सहयोगीले क्यास्ट्रोलाई त्यहाँको सत्ता जनताको हातमा ल्याएको श्रेय दिन्छन भने बिरोधीहरु बिपक्षीहरुलाई क्रुरतापूर्वक दबाएको आरोप लगाउँछन् । क्यास्ट्रोको जन्म सन् १९२६ मा दक्षिण पूर्वी क्युवाको ओरिएन्टेमा भएको हो । सन् १९५३ मा त्यहाँको बातिस्ता सरकारविरुद्ध असफल आन्दोलन गरेपछि उनी पक्राउ परेका थिए ।
 सन् १९५५ मा जेलमुक्त भएका थिए । सन् १९५६ मा चे ग्वेभारासँग मिलेर सरकार बिरुद्ध आन्दोलन सुरु गरेका थिए । १९५९मा बातिस्ता सरकारलाई पराजित गरि क्युवाको प्रधानमान्त्री भएका थिए । सन् १९७६मा त्यहाँको नेशनल एसेम्लीबाट राष्ट्रपतिमा निर्वाचित भए ।

Image result for संविधान संशोधनका विषयमा पुनः छलफल गरिने

काठमाडौँ, मङ्सिर ११ गते । सत्तारुढ दलले संविधान संशोधनको विषयमा सहमति जुटाउन एकपटक सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको विषयमा नेपाली काँग्रेसका नेतासँग छलफल गर्न बोलाउनुभएको बैठकमा यस्तो निर्णय भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले बिहीबार एमालेका अध्यक्ष केपी ओलीसँग भएको छलफलबारे पनि जानकारी गराउनुभएको थियो । काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेता सहभागिता भएको उक्त बैठकले आन्दोलनरत पक्ष मधेसवादी दलसँग पनि पुनः एकपटक छलफल गर्ने निष्कर्ष निकालेको बताइएको छ ।
एकातिर एमालेले संविधान संशोधनमा साथ नदिने स्पष्ट पारिसकेको छ भने अर्कातिर मधेसवादी दलले आफूहरू अनुकूल संशोधन प्रस्ताव नआए आन्दोलनमा जाने चेतावनी दिइरहेको कारण मधेसवादी दललगायत अन्य पक्षसँग पुनः एकपटक छलफल गर्ने तयारी सत्तारुढ दलले गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार संविधान संशोधनमा एमालेले साथ नदिने भएपछि सत्तारुढ दलले अन्य पक्षलाई विश्वासमा लिन एकपटक पुनः औपचारिक–अनौपचारिक छलफल गर्ने निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्रीले कानुनी पाटोबाट पनि छलफल गर्नुभएको बताइन्छ । प्रेस सल्लाहकार आचार्यले सबै पक्षसँगको छलफल र सहमतिमा नै संशोधन प्रस्ताव दर्ता गराइने तयारी गरिएकाले छलफल सोही दिशामा केन्द्रित रहेको जानकारी दिनुभयो ।
पछिल्लो भेटघाटमा पनि पूर्वप्रधानमन्त्रीसमेत रहिसक्नुभएका एमालेका अध्यक्ष ओलीले संविधान संशोधन देशको आवश्यकता नभएकाले संविधान संशोधनको प्रक्रिया छाडेर संविधान कार्यान्वयनमा लाग्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभएको थियो । मधेसी मोर्चालेसमेत संविधान संशोधनको विरोध गरिरहेको कुरा उठेपछि बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसवादी दलसँग सहमति नगरिकन संशोधन प्रस्ताव अगाडि नबढ्ने जानकारी गराउनुभएको छ ।
बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दलसँग पुनः एकपटक छलफल गर्न प्रस्ताव राख्नुभएको बैठक स्रोतले जनाएको छ । एकातिर एमाले पनि नमान्ने अर्कातिर जसका लागि संविधान संशोधन हुँदैछ, त्यसले पनि आन्दोलनमा जाने धम्की दिइरहेका छन् भने सबै कुरा प्रस्ट गरेर मात्र संशोधन प्रस्ताव संसद्मा लैजान सभापति देउवाको प्रस्ताव रहेको बताइएको छ ।

Related image



काठमाडौँ, मङ्सिर ११ गते । संसद्मा विचाराधीन विधेयकमार्फत दलको मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने पक्षमा अधिकांश ठूला दल उभिएका छन् तर साना दल भने थ्रेसहोल्डको व्यवस्था लोकतान्त्रिक मान्यताविपरीत हुने भन्दै विपक्षमा छन् ।
साना दलले राज्य व्यवस्था समिति सभापतिलाई समेत थ्रेसहोल्ड नराख्न ध्यानाकर्षण गराएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि साना दलका प्रतिनिधिले ज्ञापनपत्र बुझाइसकेका छन् संसद्मा विचाराधीन विधेयकमाथि शुक्रबार राज्य व्यवस्था समितिमा भएको छलफलमा ठूला दलका सांसदले राजनीतिक शुद्धीकरणका लागि थ्रेसहोल्ड आवश्यक रहेको बताउनुभयो । स्थिर सरकारको परिकल्पनाका लागि पनि थ्रेसहोल्ड आवश्यक रहेको उनीहरूको भनाइ छ । कम्तीमा तीनदेखि पाँच प्रतिशत थ्रेसहोल्डको पक्षमा उहाँहरूले धारणा राख्नुभएको हो ।
छलफलमा काँग्रेस सांसद गणेशकुमार मण्डलले तीनदेखि पाँच प्रतिशतसम्म थ्रेसहोल्ड राख्न आवश्यक हुने बताउनुभयो । मण्डलले भन्नुभयो, ‘कम्तीमा तीनदेखि पाँच प्रतिशतसम्म थ्रेसहोल्डको व्यवस्था हुनुपर्छ । राजनीतिक स्थिरताका लागि थ्रेसहोल्ड आवश्यक छ । दल दर्ताका लागि पाँच सय मतादाताको हस्ताक्षरको व्यवस्था बढाएर कम्तीमा पाँच हजार पु¥याउनुपर्छ । ’
एमाले सांसद रामेश्वर फुँयालले आवधिक निर्वाचनको मिति कानुनमै स्पस्ट पार्ने गरी विधेयक परिमार्जन गर्नुपर्ने बताउनुभयो । फँुयालले राजनीतिक स्थिरताका लागि पाँच प्रतिशत थ्रेसहोल्ड आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘निर्वाचनको मिति ऐनमै स्पस्ट पारौँ । दलबीचमा फरक धारण छन् तर सहमति गरेर थ्रेसहोल्ड पाँच प्रतिशत राखौँ । ’
माओवादी केन्द्रका सांसद रवीन्द्रप्रताप शाहले राजनीतिक स्थिरताका लागि थ्रेसहोल्ड आवश्यक रहेको बताउनुभयो । शाहले निर्वाचनको मिति घोषणा गर्ने अधिकार सङ्क्रमणकालीन विशेष परिस्थिति भएका कारण निर्वाचन आयोगलाई तत्काल दिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘थ्रेसहोल्डको व्यवस्था हुनुपर्छ तर सङ्क्रमणकालको अवधिभर निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिनहुन्न । ’
एमाले सांसद गङ्गालाल तुलाधरले राजनीतिक दलका निर्वाचन समिति प्रमुखसँग समेत छलफल गरेर विधेयकलाई निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभयो । तुलाधरले उपसमिति गठन गरी विधेयक टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
तर साना दलका प्रतिनिधिले भने थ्रेसहोल्ड राख्न नहुने धारणा राख्नुभएको छ । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सर्वोच्च अदालतले अमान्य घोषित गरेको थ्रेसहोल्डलाई पुनः बहसमा ल्याइनुको औचित्य नभएको बताउनुभयो । संशोधनमा थ्रेसहोल्ड ल्याइयो भन्दैमा प्रतिगामी व्यवस्थातिर फर्कन नहु्ने सुवालको भनाइ छ । उहाँले भन्नुभयो– ‘२०४७ सालको संविधानले थ्रेसहोल्ड राखेको थियो । सर्वोच्चले बदर ग¥यो । पञ्चायत र राणा शासन ल्याउने गरी कसैले संशोधन प्रस्ताव ल्याए त्यसमा हामी जाने कि नजाने ? मतको आधारमा दललाई पैसा दिने व्यवस्थाले राजनीतिज्ञलाई नै बदनाम गराउने हुँदा यो व्यवस्था राख्न हुन्न । ’
जनमुक्ति लोकतान्त्रिकका शिवलाल थापाले पनि थ्रेसहोल्डको विरोध गर्नुभयो । थ्रेसहोल्ड लोकतान्त्रिक मान्यताविपरीत हुने थापाको भनाइ छ । यस्तै जनजागरण पार्टीका लोकमणि ढकालले पनि थ्रेसहोल्डको व्यवस्था नगर्न आग्रह गर्नुभयो ।
छलफलमा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले दलीय विकृति रोक्न थ्रेसहोल्ड आवश्यक भए पनि नयाँ विचार र दर्शनलाई प्रतिबन्धित हुने अवस्था सिर्जना हुन नहुने बताउनुभयो । शाहीले राष्ट्रिय चिह्नलाई दलको चुनाव चिह्नमा प्रयोग गर्न दिन नहुने बताउनुभयो ।
कांग्रेस सांसद रामकृष्ण यादवले निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । यादवले निर्वाचन खर्च आयोगले तोकेभन्दा बढी गर्ने उम्मेदवारलाई कारबाहीको दायरामा ल्याउन र आचारसंहिताको पूर्ण पालना गराउन आयोग असक्षम रहेको बताउनुभयो । एमालेका विशाल भट्टराईले निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताउनुभयो ।

- नारायण काफ्ले , गोरखापत्रबाट



नुवाकोट , मंगसिर ११ गते । नुवाकोट गणेशस्थान गाबिस वडा नं ४/५ मा रहेको कैदले बस्नेत गैरा वन उपभोक्ता समितिको निगारानिमा रहेको वन मासेर केपि सिमेन्ट उद्योग अन्तर्गत तादी लाइम नाम गरेर अबैध ढुङ्गा खानी संचालन गरिएको छ।जुन पुर्ण रुपले अबैध र गैरकानुनी छ जस्ले गर्दा सदरमुकाम जाने पक्की सडक भत्किएको छ र दिनहुं गाउँ गाउँ बाट आउने यात्रुले समस्या भोग्नु परेको छ। खानी संचालन मापदण्ड बिपरित छ।माथिल्लो सयों  बस्तीहरु जोखिममा छ । पहिरोको डरले गाउँलेहरु रातभर सुत्न सक्दैन । गाउँले हरु ओहोरदोहोर गर्ने मुलबाटो भत्काइएको छ खानेपानीको पाइप काटिएको छ।गाउँले हरुको खेतमा पानी लगाउने कुलो भत्काइएको छ जुन अहिले बन्द छ । माटोहरु खोलामा फालेर नदिले खेतीयोग्य जमिन कटान गरेर गाउँले हरु हैरान छ्न । वारिपारी तर्ने झोलुङ्गे पुल जोखिममा छ।यस्तो हुँदा हुदै पनि कुनै निकयले ध्यान दिएको देखिदैन ।कुनै ब्याक्तीले आवाज उठायो भने बेलुका घरमा कि त प्रहरी जवान आइपुग्छ्न कि त गुन्डा । स्थानीय वासी डरत्रासमा बाच्न बाध्य बनाइएको छ ।


हिमाल सिमेन्ट उद्योगका महाप्रबन्धक रहेका केसब प्रासाद उप्रेती द्वारा संचालित हिमाल सिमेन्टमा करोडौं रुपैया घोटाला गरेर उक्त कारखाना डुबाए ।  यतिले नपुगेर उपयोगिय मेसिनहरु कबाडिमा धरी बेचेर हिडेका उप्रेती नुवाकोटका जनतालाइ घरको न घाटको बनाइउदै छन ।







MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget