Websoft University

www.radiomakalu.com || 021-522512


क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

Image result for fidel castro

काठमाडौं , मंगसिर ११ गते । क्युबाका पूर्वराष्ट्रपति तथा कम्युनिस्ट क्रान्तिका नेता फिडेल क्यास्ट्रोको मृत्यु भएको छ । बीबीसीले जनाएअनुसार क्यास्ट्रोको ९० वर्षको उमेरमा मृत्यु भएको त्यहाँको राष्ट्रिय टीभीले जनाएको छ । तर उनको मृत्युको बारे विस्तृत विवरण दिइएको छैन । उनले क्युबाको राष्ट्रपतिको रुपमा झण्डै आधा शताब्दी काम गरेका थिए ।
 सन् २००८ मा उनले आफ्ना भाइ राहुल क्यास्ट्रोलाई पद हस्तान्तरण गरेका थिए । उनका सहयोगीले क्यास्ट्रोलाई त्यहाँको सत्ता जनताको हातमा ल्याएको श्रेय दिन्छन भने बिरोधीहरु बिपक्षीहरुलाई क्रुरतापूर्वक दबाएको आरोप लगाउँछन् । क्यास्ट्रोको जन्म सन् १९२६ मा दक्षिण पूर्वी क्युवाको ओरिएन्टेमा भएको हो । सन् १९५३ मा त्यहाँको बातिस्ता सरकारविरुद्ध असफल आन्दोलन गरेपछि उनी पक्राउ परेका थिए ।
 सन् १९५५ मा जेलमुक्त भएका थिए । सन् १९५६ मा चे ग्वेभारासँग मिलेर सरकार बिरुद्ध आन्दोलन सुरु गरेका थिए । १९५९मा बातिस्ता सरकारलाई पराजित गरि क्युवाको प्रधानमान्त्री भएका थिए । सन् १९७६मा त्यहाँको नेशनल एसेम्लीबाट राष्ट्रपतिमा निर्वाचित भए ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget