Websoft University

www.radiomakalu.com || 021-522512


Articles by "अपराध"

2020-07-30-19487

काठमाडौँ, साउन १५ गते । राजधानीको मुख्य क्षेत्र कमलादीमा प्रहरीकै अगाडि हातहतियार र सुनचाँदी (धातु) फ्याँकेर भागेको घटना शङ्कास्पद देखिएको छ ।

मङ्गलबार प्रहरीकै अगाडि काठमाडौँको कमलादीमा त्यसरी सामान फ्याँक्ने व्यक्तिको अझै पहिचान हुनसकेको छैन । सवारी जाँच गर्ने क्रममा काठमाडौँको कमलादीमा बा ६ च ५५१९ नं को स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले गाडीको पिछा गरेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो ।

त्यसपछि बाटामै कपडाको झोला फ्याँकेर गाडी भागेको थियो । प्रहरीले पिछा गरे पनि गाडी कता गयो भनेर प्रहरीले पत्ता लगाउन सकेको छैन । घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको छ । अझै केही व्यक्तिलाई नियन्त्रणमा लिन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

घटना अनुसन्धानकै घेरामा रहेकाले अहिले नै घटना यसकारण भएको हो भनेर भन्न नसकिने कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँले छानबिन समिति गठन गरिएकाले समितिको प्रतिवेदन आएपछि यकिन भन्न सकिने बताउनुभयो । गाडीको भने पहिचान भइसकेको उहाँले बताउनुभयो ।

उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका आठ थान, २५० ग्राम लेखिएका २६ थान र ५०० ग्राम लेखिएको एक थान धातु प्रहरीले बरामद गरेको थियो । उक्त धातु धेरै चाँदी र केही सुन रहेको जनाइएको छ ।

महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार उक्त घटनामा प्रहरीको पनि संलग्नताको आशङ्कामा त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको छ । उक्त घटनाको छानबिनका लागि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । दोस्रो दिनमै त्यस समितिको संयोजक परिवर्तन गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादवलाई जिल्मेवारी दिइएको छ ।

2020-02-24-9202



सङ्खुवासभा, फागुन १२ गते । सिलिचोङ गाउँपालिका २ बालाको सय बर्ष पुरानो बौद्ध स्तुपा टोडफोड गरि त्यस भित्र रहेको पुरातात्वीक धातुहरु चोरी भएको थियो । त्यस भित्र एउटा बुद्धको मुर्ती मात्र छोडिएर अन्य सम्पुर्ण बस्तुहरुको चोरी भएको थियो ।

भत्किएको उक्त स्तुपा र मुर्तीको सुरक्षाको लागि सिसुवाटार प्रहरी चौकीबाट प्रहरी टोली खटाईएको थियो । उक्त प्रहरी टोलीको सुरक्षाको विच छोडिएको उक्त मुर्ती पनि आइतबार राती चोरी भएको छ । घटनास्थलमा खटिएको दुई जना प्रहरीहरुले सुरक्षा गर्दा गर्दै उक्त मुर्ती चोरी भएको हो । उक्त मुर्ती पनि चोरी भएको बिहान उज्यालो भएपछि मात्र थाहा भएको वडा नम्बर २ का अध्यक्ष मोहनसंशेर कुलुङले बताउनुभयो । पुनः चोरी घटनाको बारेमा प्रहरीहरुसँग बुझ्दा नजिकै रहेको घरमा खाना खान गएको बेला चोरी भएको हुनसक्ने अध्यक्ष कुलुङले बताउनुभयो ।

बालामा एउटै समयमा दुईवटा स्तुपा भत्काईएको थियो । उक्त स्तुपा भित्र बहुमुल्य बस्तुहरु रहेको चर्चा थियो । उक्त बस्तुहरु चोरी गर्नकै लागि स्तुपा भत्काईएको वडा अध्यक्ष कुलुङले बताउनुभयो । वि.सं. १९७९ मा स्थापना गरिएको उक्त स्तुपा भित्र सोही समयमा राखिएको पुरातात्विक वस्तुहरु रहेको स्थानीय जानकारहरुलाई उदृढ गर्दै कुलुङले बताउनुभयो । बर्षौ अघिदेखिको मुद्रा, सुन, चाँदी, तामा लगायतको धातुहरु स्तुपा भित्र राखिएको जेष्ठ जानकारहरुले बताएको अध्यक्ष कुलुङको भनाई छ ।

यस अघिको पटक पटकको चोरी घटनामा कोही पनि कारबाहीमा नपरेपछि सुरक्षा निकायसँग रुष्ट हुँदै आएको स्थानीयहरु प्रहरीकै निगरानीमा रहेको पुरातात्विक वस्तु हराउनु सामान्य नरहेको प्रतिकृया दिन थालेका छन् । सिलिचोङ क्षेत्रमा पछिल्लो समय चोरीको घटना बढ्दो अवस्थामा रहेपनि सुरक्षा ब्यवस्था कमजोर रहेको स्थानीयको आरोप छ । चोरीका पिडितहरुले प्रहरीमा उजुरी दिए पनि अहिलेसम्म कोही पनि कारबाहीको दायरामा आउन नसक्नुले अनुसन्धान अत्यन्तै फितलो रहेको स्थानीयको भनाई छ ।

प्रहरीबाट कुनै पनि घटनाको गहन अनुसन्धान नहुँदा अपराधीक मानसिकता भएकाहरुलाई प्रश्रय मिलेको स्थानीय ईन्द्रबहादुर कुलुङको भनाई छ । केही बर्ष अघि उक्त घटनास्थल नजिकै रहेको बाला माविको विद्यालय भवन तोडफोड गरि कम्प्युटर चोरी गर्नेको पनि पहिचान हुन सकेको थिएन । दुई हप्ता अघि सिलिचोङ गाउँपालिकाको कार्यालय परिसरमा रहेको मोटरसाईकल चोरी गर्ने पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सिसि टिभिको फुटेज समेत प्रहरीलाई उपलब्ध गराएपनि अहिलेसम्म चोरी गर्नेको पहिचान हुन सकेको छैन ।

यस विषयमा कुरा गर्दा घटनाहरुको अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मिमबहादुर लामाले बताउनुभयो । जिल्लामा पर्याप्त प्रहरी जनशक्ति नहुँदा अनुसन्धानको नतिजा आउन ढिलो भएको लामाको भनाई छ । थोरै जनशक्ति भएपनि निरन्तर अनुसन्धान भईरहेकोले ढिलो चाँडो कारबाहीको दायरामा आउने डिएस्पी लामाले दावी गर्नुभयो । यसको लागि स्थानीयले पनि अनुसन्धानमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । सवै ठाउँमा सुरक्षाकर्मीलेमात्र सुरक्षा दिन नसक्ने भएकोले स्थानीयले पनि आफ्नो सम्पत्ती सुरक्षित राख्नु पर्ने डिएस्पी लामाले बताउनुभयो । - ध्यान कुलुङ, गोरखापत्र दैनिकबाट 

Related image

बर्दिया, कात्तिक १७ गते । बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघ देखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो ।

पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । गुरुवाले झारफुक गरेर निको भइहाल्छ की भनेर शुरुवातमा भएको यौन दुव्र्यवहारपछि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ ।

उहाँले भन्नुभयो, “रोग निको भइहाल्छ की भनेर गुरुवाले आफूमाथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेको थिइन । तर मनमा अति पीडा भएपछि कानूनी न्यायको लागि प्रहरीमा गएको हुँ ।” पीडितले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा आफूलाई बलात्कार गर्ने सुब्बा थारुविरुद्ध बलात्कार गरेको आरोपमा जाहेरी दिनुभएको छ ।

पीडितले जाहेरी दिएको स्वीकार गर्दै थप अनुसन्धान गरी जाहेरी दर्ता गरी कानूनी कारवाही अगाडि बढाउने इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताउनुभयो । निरीक्षक गौतमका अनुसार घटनाका आरोपित सुब्बा थारुलाई कात्तिक १६ गते नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

रोग ठीक हुनुभन्दा दिनानुदिन बढ्दै गएर थला पार्न थालेपछि भने चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा डाक्टरले क्यान्सर भएको भनेपछि सोही अनुसार उपचार गराइरहेकी छिन् । पीडित महिलाको श्रीमान् वैदेशिक रोजगारमा गएका छन् भने दुई छोरा पनि घर बाहिर कमाउन जाने गरेका छन् । - रासस

Image result for तीन जनाको शव बरामद

गौशाला, कार्तिक १५ गते । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव बरामद भएको हो ।

उहाँका अनुसार जिल्लाको लोहारपट्टि नगरपालिका–३ महदैया गाउँमा स्थानीय रामसोगारथ यादवको भुस राख्ने घरको बरण्डामा जनकपुर उपमहानगरपालिका–२१ बस्ने महाजन मण्डलका छोरा ३९ वर्षीय मखन मण्डलको शव बरामद भएको हो ।

त्यस्तै जिल्लाको महोत्तरी गाउँपालिका–१ पर्सा टोलस्थित बाँसघारीमा स्थानीय ८० वर्षीय तपसी ठाकुर बरहीको शव डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेको हो ।

त्यसैगरी जिल्लाको गौशाला नगरपालिका–११ मा ढोलन खोला किनारमा रहेको आँप बगैँचामा स्थानीय भोला महतोको छोरा १६ वर्षीय सचिनकुमार महतोको आँपको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिरहेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

मृतक तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

भारतबाट ल्याउँदै गरेको ९२ प्याकेट पटाका बरामद

भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको ९२ प्याकेट पटाका गए राति महोत्तरी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–३ मलिवारास्थित बस बिसौनीमा भारतबाट भन्सार छली लुकाइछिपाइ ल्याएको विभिन्न ब्राण्डका ९२ प्याकेट पटाका प्रहरीले बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार प्रहरीले गस्तीको क्रममा बस बिसौनीबाट ५० प्याकेट नागिन ब्राण्ड, ३५ प्याकेट फुलझरी ब्राण्ड र सात प्याकेट आलुबम ब्राण्डका गरी जम्मा ९२ प्याकेट पटाका बरामद गरेको छ । - रासस

Police reporting victims of crime and rape to immigration services

काठमाडौं , कार्तिक ११ गते  । आफ्नै पत्नी हत्या गरी फरार रहेका युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

पत्नी लक्ष्मी परियारको हत्या गरी फरार रहेका खोटाङ बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका २२ वर्षका अनिल परियारलाई महानगरीय अपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका ७ माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो ।

गत भदौ १२ गते काठमाडौंको बसुन्धराको स्पीड गेस्ट हाउसको कोठा नम्बर १०१ मा बस्ने परियारले पत्नी १८ वर्षकी लक्ष्मी परियारको हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनले पत्नीको हत्यामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ घर भइ हाल बोहराटार बस्ने लक्ष्मीको शव भदौ १५ गते भेटिएको थियो ।

Photo: Mathias Appel, Public Domain

बाँके, कात्तिक ११ गते । रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ ।
प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो । बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ ।  - रासस 

Image result for पर्सामा ४ महिनामा दर्जन बढी बलात्कारका उजुरी

वीरगञ्ज , कार्तिक ५ गते । पर्सामा ४ महिनाको अवधिमा दर्जन बढी बलात्कारका उजुरी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठदेखि असोजसम्म ४ महिनामा १२ वटा बलात्कारका उजुरी आएका छन् ।

जेठ्मा जर्बजस्ती करणीको २, साउनमा ५, भदौमा ३, असोजमा २ उजुरी परेका छन् । यही अवधिमा ज्यान मार्ने उद्योगका २ वटा उजुरी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बलात्कारका घटनामा गम्भीर ढंगले अनुसन्धान गर्ने गरिएको बताए । ‘जर्बजस्ती करणी गर्न खोज्दा मैले नमानेपछि मार्न खोजे भनेर पनि उजुरी आएका छन्’, उनले भने, ‘हामीले मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेका छौं । दोषी नछुटुन, निर्दोष नफसुन भन्ने उद्देश्य हाम्रो हो ।’- अनलाइन खबरबाट 



उर्लाबारी, कात्तिक ३ गते । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।

गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ । - रासस



धनुषा, असोज २९ गते । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिनुभएको छ ।

जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि यहाँ आउनुभएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानको जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारवाही गर्नका लागि सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिनुभएको हो ।

महान्यायाधिवक्ता खरेलले धनुषाको औरही गाउँपालिका परवाहामा बलात्कारपश्चात् हत्या भएका १० वर्षीया बालिका मनिकाका पीडित परिवारलाई आइतबार भेट गर्नुभएको थियो ।

उहाँले भेटका क्रममा पीडित परिवारलाई आर्थिक सहयोग गर्दै पक्राउ परेका अभियुक्तलाई कडा कारवाही हुने बताउनुभयो । धनुषा प्रहरीले मनिका हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका औरही–५ का ३२ वर्षीय विनोद मुखिया बीन र सोही गाउँपालिका–३ बस्ने ३० वर्षीय नथुनी पण्डितलाई आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ परेका दुवैले पत्रकार सम्मेलनमा आफूहरुले मनिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । गाउँकै छिमेकी रहेका दुवैलाई मनिकाले काका भनेर सम्बोधन गर्ने गरेकी थिइन् । (रासस)





काठमाडौँ, असोज २७ गते । विज्ञहरूले चिनेजानेका व्यक्तिबाटै ६८ प्रतिशत यौनजन्य हिंसा हुने गरेको बताउनुभएको छ । उहाँहरूले यौनजन्य हिंसाका घटनामध्ये ८० प्रतिशत घटना मादक पदार्थ सेवनपछि हुने गरेको तथ्य पनि औंल्याउनुभयो ।
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित सुशील कोइराला मेमोरियल फाउन्डेसनले शुक्रबार यहाँ आयोजना गरेको ‘यौनजन्य अपराध : कारण र समाधान’ विषयक छलफल कार्यक्रममा विज्ञहरूले सो जानकारी दिनुभएको हो ।
छलफलमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक देवेन्द्र सुवेदी, मानव अधिकारकर्मी चरण प्रसाई, पत्रकार बबिता बस्नेत र मनोविज्ञानविद् करुणा कुँवरले विज्ञको रूपमा छलफल गर्दै यौनजन्य हिंसाका घटनाको प्रकृति र प्रवृत्तिबारे चर्चा गर्नुभएको थियो ।
यौनजन्य हिंसाका घटनामा वृद्धि भएका र यसका पछाडि नागरिकमा आएको चेतना र आमसञ्चार माध्यमको पहुँच भएको जानकारी पनि दिइयो ।
नेपाल प्रहरीमा आर्थिक वर्ष २०६९/७० मा जबर्जस्ती करणीका घटना ६७७ दर्ता भएकोमा २०७३/७४ मा एक हजार १३९ घटना दर्ता भएको जानकारी दिइयो । यस्तै, सर्वोच्च अदालतमा २०६९ मा दुई हजार ३९४ घटना दर्ता भएको थियो भने २०७४ मा दोब्बर वृद्धि भएको देखिन्छ । २०७४ मा चार हजार ७४९ उजुरी दर्ता भएको थियो ।
विज्ञहरूले कञ्चनपुरको घटनाबाट नेपाल प्रहरीको छवि धमिलिएको र सरकारका जिम्मेवार व्यक्तिले बोलेका भनाइ नागरिकप्रति राज्य उत्तरदायी बन्न नसकेको टिप्पणी गर्नुभयो ।
राज्यको पहिलो उत्तरदायित्व भनेकै नागरिकको जीउधनको सुरक्षा गर्नु हो भन्नुहुँदै पूर्वमन्त्री नवीन्द्रराज जोशीले नेतृत्वको व्यक्तित्वबाट राष्ट्रको सम्मान बढ्ने भएकाले राज्यका जिम्मेवार व्यक्तिहरूले बोलेको भनाइ पनि त्यक्तिकै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले यौनजन्य हिंसाको अन्त्यका लागि घर परिवार, विद्यालय र समाजबाटै अभियान सुरु गर्नुपर्ने खाँचो औंल्याउनुभयो । - गोरखापत्र समाचारदाता ,  गोरखापत्र दैनिकबाट 



 काठमाडौँ, असोज ११ गते । चाँडपर्व नजिकिँदै गर्दा तपाई किनमेलको हतारमा त हुनुहुन्न, हतार गरिरहनु भएको छ भने होसियार हुनुहोस् अपराध गर्नेहरू सक्रिय हुन थालेका छन् । विशेष गरी चाँडपर्वको समयमा किनमेलका लागि ‘नगद’ जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी, डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण ‘पिलर’ प्रमुख एवम् प्रहरी नायव उपरीक्षक सन्तोष खड्का काठमाडौँ उपत्यकामा अन्य समयको भन्दा चाँडपर्वका बेला बढी यस्ता अपराध हुने गरेको बताउनुहुन्छ ।
‘यतिबेला प्रायः सबैले पकेट र घरमा सरसामान खरिद गर्न नगद जम्मा गरेको हुन्छ, बैङ्कको लकरमा राखेको गरगहना समेत झिकेर प्रयोग गर्ने गर्छन्’ उहाँले भन्नुभयो–‘यही मौकामा अपराधीहरू योजनावद्ध ढङ्गले चोरी र लुटपाट गर्छन् ।’
चोरी, लुटपाट, डकैती र पकेटमारीका अपराध हुनुको मुख्य कमीकमजोरी स्वयम् पीडित ब्यक्तिभित्र नै हुने गरेको भनाइ प्रहरीको छ । घर कोठाको झ्यालढोका बन्द गर्नेदेखि यातायातको साधन प्रयोग गर्दा समेत ध्यान दिइएको हुँदैन ।
प्रमुख खड्का भन्नुहुन्छ,‘यस्तो बेला सबैमा हतार बढी हुन्छ, घर कोठा बन्द गरेर निस्कदा पनि छरछिमेकलाई खवर गर्ने, बाक्लो भीडभाड भएका बजारमा हिँड्दा नगद तथा गहनाको सुरक्षा र यातायातका साधन चढ्दा तथा ओर्लदा आफ्नो सामानको आफै सुरक्षा गर्ने जस्ता सामान्य सचेतना अपनाइँदैन ।’
अपराध महाशाखाका अनुसार, यो पछिल्लो समयमा दिउँसो साढे तीनदेखि साढे चारबजेको समयमा चोरी बढेको छ । यो वेला घरकोठामा भएका आफन्त छोराछोरी लिन स्कुल जाने र झ्यालढोका राम्रोसँग नथुन्ने भएकाले उक्त समयमा चोरी बढेको भनाइ प्रहरीको छ ।
यही असोज महिनाको २ गतेदेखि ५ गतेसम्म भक्तपुरको चुनदेवी, काठमाडौंँको नरेफाँट (दुई घरमा ) स्वयम्भु, कुमारीगाल, बसुन्धरा र कपन लगायतका क्षेत्रमा भएका अधिकांश चोरी घट्ना सोही समयमा भएका छन् ।
सामान्य सतर्कता अपनाएको खण्डमा चोरी र पकेटमारी नियन्त्रणमा आउने अपराधका घटना हुन, अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र उप्रेती भन्नुहुन्छ,‘लुटपाट तथा डकैतीलाई पनि नियन्त्रण गर्न सकिन्छ ।’
चाँडवाँडको बेला अपराध गर्नेलाई पनि चाँडवाँडले छुन्छ । उहाँले भन्नुभयो,“मिठो खानै प¥यो राम्रो लाउनै प¥यो । अनि चोर्न हिँड्छन् । जहाँ सहज भयो त्यही घर कोठाबाट चोरेर गाँउ फरार हुन्छन्, चोर पत्ता लगाउनै गाह्रो हुन्छ ।”
महाशाखाले दिएको एक तथ्याङ्क अनुसार, यही साउनको १ गतेदेखि बुधबारसम्म काठमाडौँमा ४६ वटा चोरी र डकैतीका घटना भएका छन् । ती घटनामध्ये २३ वटा घटनाको सफल अनुसन्धान गरिएको छ भने ४१ जना अभियुक्त पक्राउ परेका छन् ।
सोही अपराधका संलग्न १४ जना अभियुक्तहरु फरार छन् । सार्वजनिक यातायात तथा सडक फुटपाथमा पकेटमारी गरेको अभियोगमा १३ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट २३ वटा मोवाइल लगायत विभिन्न सामान बरामद गरिएको महाशाखाले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालयले दशंै, तिहार र छठ नजिकिने क्रमसँगै हुन सक्ने सम्भावित अपराधका घटनाबाट सुरक्षित र सचेत हुन आग्रह गरेको छ । चाँडवाँडलाई लक्षित गरी उपत्यकाको शान्तिसुरक्षाका लागि विशेष सुरक्षा योजना सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ। - देवबहादुर कुँवर , गोरखापत्र दैनिकबाट

crimeको लागि तस्बिर परिणाम

काठमाडौँ, साउन १५ गते । मुलुकभर जघन्य अपराधको घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७३÷७४ को तुलनामा आव २०७४÷७५ मा जघन्य अपराधका घटनामा वृद्धि भएको हो ।

आव २०७४÷७५ मा छ हजार ६४६ जघन्य अपराधका मुद्दा अदालतमा दर्ता भएका छन् । आव २०७३÷७४ मा पाँच हजार ४४५ जघन्य अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो । यस्तै आव २०७२÷७३ मा चार हजार ९४५ मुद्दा दर्ता भएका थिए ।

आव २०७४÷७५ मा खुनडाँका दुई, कर्तव्य ज्यान ६२८, ज्यान मार्ने उद्योग ७२८, डाँका चोरी २७, लागूऔषध तीन हजार ८८, व्यक्ति अपहरण ७७, हातहतियार खरखजना २५४, मानव बेचबिखन तथा ओसारपसार ३०८, जबर्जस्ती करणी एक हजार ४८०, विस्फोटक पदार्थ ५४ मुद्दा दर्ता भएका छन् ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री जनसंख्याको वृद्धि र प्रहरीको सक्रियतासँगै जघन्य अपराधका घटनामा वृद्धि भएको बताउनुहुन्छ । “प्रहरीले हरेक निवेदनको गम्भीरताका साथ अध्ययन अनुसन्धान गरेको छ, त्यस कारण पनि जघन्य अपराधका घटना बढेको हो,”– उहाँ भन्नुहुन्छ । जघन्य अपराध भनेको माफ नहुने अपराध हुन् । जुन अपराध गम्भीर प्रकृतिका हुन्छन् ।

प्रदेश नं ३ मा जघन्य अपराध मुद्दा धेरै

मुलुकको राजधानी काठमाडौँसमेत रहेको प्रदेश नं ३ मा जघन्य अपराधको घटना बढी रहेका छन् । प्रहरी प्रधान कार्र्यालयका अनुसार प्रदेश नं ३ मा मात्र विभिन्न अपराधमा एक हजार ६४९ मुद्दा दर्ता भएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरमा ९२१, केन्द्रीय अनुसन्धान ब्यूरो र लागूऔषध नियन्त्रण ब्यूरोमा ४५ तथा प्रदेश नं ३ का अरु जिल्लामा ६८३ मुद्दा दर्ता भएका छन् । लागूऔषधसम्बन्धी ७८६ मुद्दा रहेका छन् ।

यसैगरी प्रदेश १ मा एक हजार ५२३, प्रदेश २ मा एक हजार ६१, प्रदेश ४ मा ५४२, प्रदेश ५ मा एक हजार २८८, प्रदेश ६ मा २०७ र प्रदेश ७ मा ३७६ मुद्दा दर्ता भएका छन् ।

मुलुकभर लागूऔषधका मुद्दा धेरै

दर्ता भएका जघन्य अपराधका घटनामा लागूऔषधका घटना बढी रहेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार लागूऔषध ओसारपसारमा मात्र तीन हजार ८८ मुद्दा दर्ता भएका छन् । जसमा उपत्यका ५१८, प्रदेश १ मा ७१९, प्रदेश २ मा ४८६, प्रदेश ३ मा २६८, प्रदेश ४ मा २८३, प्रदेश ५ मा ६२८, प्रदेश ६ मा ४८ र प्रदेश ७ मा १३८ मुद्दा दर्ता भएका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राई प्रहरीको सक्रियता बढेसँगै लागूऔषध दुव्यर्सनीका घटनामा वृद्धि भएको बताउनुहुन्छ । “लागूऔषधमा धेरै वस्तु रहेका छन्, धेरै ठाउँबाट थोरै सामान बरामद भए पनि लागूऔषधका घटनामा वृद्धि भएको देखिन्छ,”– उहाँ भन्नुहुन्छ ।

लागूऔषधपछि जबर्जस्ती करणीमा धेरै मुद्दा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार जबर्जस्ती करणीमा मुलुकभर एक हजार ४८० मुद्दा दर्ता भएका हुन् ।

तराईका जिल्लामा मुद्दा धेरै

दर्ता भएका अपराधका घटनालाई हेर्दा तराईका जिल्लामा जघन्य अपराधका धेरै घटना घटेका छन् । तराईका मात्र जिल्ला रहेको प्रदेश २ र प्रदेश ५ मा जघन्य अपराध अरु प्रदेशको तुलनामा बढी रहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–भारत खुला सिमानाका कारण तराई क्षेत्रमा बढी घटना घट्ने गरेका हुन् । - रासस

mahila taskariको लागि तस्बिर परिणाम

नयाँदिल्ली , चैत्र १९ गते । नेपालबाट अवैधरुपमा भारततर्फ हुने महिला तस्करी पाँच सय प्रतिशतले बढेको छ । ‘भारत नेपाल सीमामा मानव तस्करी’ मा गरिएको एक अध्ययनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) यस्तो दाबी गरेको छ ।

भारतको अंग्रेजी दैनिक टाइम्स अफ इण्डियामा शनिबार यो अध्धयन प्रतिवेदनलाई आधारमा समाचार प्रकाशित गरिएको छ । समाचारमा एसएसबीले सार्वजानिक गरेको अध्ययन अनुसार पछिल्लो पाँच वर्षमा सीमामा रहेका गाउँ तथा तराई क्षेत्रबाट अवैधरुपमा ल्याइएका नेपाली महिलाहरुको संख्या पाँच सय प्रतिशतले बढेको हो ।

जसमा भारत नेपालको सीमामा पर्ने गाउँ तथा तराइ क्षेत्रका युवतीहरुको संख्या अधिक रहेको छ । सन् २०१३ देखिको आँकडा प्रस्तुत गर्दै जारी गरिएको अध्ययन अनुसार अवैध रुपमा ल्याइएका यी युवतीहरुलाइ भारतको दिल्ली, कलकत्ता तथा अन्य सहरहरुका वेश्यालयका मालिकहरुलाई ५० हजार रुपैयाँसम्ममा बेचिएको खुल्न आएको छ ।

सन् २०१३ मा भारत नेपाल सीमाबाट १०८ महिला तथा वालबालिकाको उद्धार गरिएको थियो भने सन् २०१७ मा यो संख्या ६ सय ७ पुगेको एसएसबीको अध्ययनले देखाएको छ । यो संख्या अघिल्लो वर्ष निकै बढेको तथ्याँकले देखाएको छ ।

नेपाललाई महिला तथा वालबालिकाको तस्करी हुने श्रोत देशको रुपमा लिइने भन्दै एसएसबी अध्ययनले उनीहरुलाई जबरजस्ती रुपमा बेश्यावृतिमा लगाउने गरेको उल्लेख गरेको छ ।

त्यसैगरि घरेलु कामका साथै अन्य प्रकारको श्रम शोषणका लागि उनीलाई बाध्य बनाउने र कतिपय केसमा अबैधानिक रुपमा उनीहरुका अंग समेत काटिने गरेको छ ।

नेपालको महिला समाजकल्याण मन्त्रालयको तथ्यांकलाई आधार मान्दै एसएसबीको अध्ययनमा भनिएको छ, 'नेपालका २६ जिल्लामा अवैध प्रवासी रहेका छन् । अधिकांश पहाडी तथा अति पिछडिएका जातिका महिलाहरु यस्तो तस्करीमा पर्ने गरेका छन् । तर तस्करी हुनेहरुमा उच्च जातिका पनि रहेका छन् ।'

तस्करीमा संलग्न हुने पुरुषहरु ‘दलाल’ र महिलाहरु ‘दिदी’ हरुले ९ देखि १६ वर्ष उमेरका केटीहरुलाई बसमा चढाएर भारतका सीमावर्ती शहरमा पुर्‍याउने गरेका छन् । बोर्डरमा प्रतीक्षा गरिरहेका पेशेवर दलालाहरुले प्रत्येक केटीहरुलाई ६ हजार रुपैयाँसम्ममा खरिद गर्ने गर्छन् ।

अध्ययन अनुसार कहिलेकाहीँ परीबारका सदस्यहरु पनि यस्तो तस्करको रुपमा काम गरिरहेका भेटिन्छन् । सीमावर्ती पुलिसले चेकजाँच गर्ने हुँदा केटीहरुलाई उनीहरुको वास्तविक उमेर लुकाउन सिकाइन्छ ।

एसएसबीले तस्करहरुको रुट खुलासा गर्दै भनेको रुट अनुसार गाउँबाट ल्याइएका केटीहरुलाइ सबैभन्दा पहिला काठमाडौँ लैजाने अथवा कुनै गेस्ट हाउस अथवा कार्पेट फ्याक्ट्रीमा राख्ने गर्दछन् ।

त्यसपश्चात सीमावर्ती शहरसम्म ल्याएर दलाललाई बिक्री गर्छन् । अनि बस र ट्रेनबाट भारतको मुम्बई, कोलकाता, दिल्ली र अन्य साना शहरहरुका बेश्यालय मालिक अथवा महिला दलाललाई ५० हजार भारतीय रुपैयाँसम्म बिक्री गर्छन् ।

अध्ययनअनुसार अधिकांश दलालहरु बसबाट दिल्ली आउने अनि ट्रेनबाट मुम्बई जाने गरेका छन् । नेपालका पहाडी क्षेत्रका गाउँहरुमा जुनदेखि अगस्तको समयमा चरम गरिबीबाट गुज्रिने र नयाँ फसलको प्रतीक्षमा रहने हुँदा यस्तो समयमा तस्करी बढी हुने गरेको छ ।

'यही समयलाई लक्षित गरेर महिला दलालहरु केटी फकाउन भारतबाट गाउँ जाने गर्दछन्' , अध्ययनमा उल्लेख छ । कतिवय वेश्यालयका मालिकहरु राजनीतिकरुपमा जोडिएका कारण दोषी प्रमाणित नभएको एसएसबीको अध्ययनले देखाएको समाचारमा उल्लेख छ । - आशा थपलिया , अन्नपूर्ण पोष्टबाट

सम्बन्धित छवि

काठमाडौँ, चैत १६ गते । गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।

अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका डाक्टरसँग आफ्नो राम्रो चिनजान छ भनेर पाल्पा तानसेन घर भई हाल काठमाडौँ–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेका हुन् ।

ती युवतीलाई कोइरालाले आफ्नो नाम सन्तोष घले बताएर आमाको उपचारमा सहयोग गर्छु भनेर झुक्काएर नयाँ बसपार्कस्थित गोरखा फूलबारी गेष्ट हाउसको दोस्रो तलामा लगेर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

कोइरालाले महिलालाई सामाखुशीस्थित आफ्नो सानीआमासँग भेटघाट गर्ने भनेर गेष्ट हाउस पु¥याएर बलात्कार गरेका थिए । कोइराला सेनामा जागिर खाएका र त्यहाँ पनि जबर्जस्ती करणी मुद्दामा बर्खास्तमा परेको अनुसन्धानमा खुल्न आएको छ ।

कोइरालालाई बिहीबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । रासस

भक्तपुर, फागुन १ । बलात्कारको आरोप लागेका एक युवकलाई प्रहरीले एक महिनापछि मंगलबार पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुर नगरपालिका–१० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

अवालले गत पुस २९ गते एक युवतीलाई आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरी परेको थियो । रासस



काभ्रे , पुस १४ गते । ‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् ।

कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र ! उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट बलात्कृत हुँदै आएकी उनी अहिले न्यायका लागि प्रहरी कहाँ आएकी हुन् ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केनिफाका वुबालाई पक्राउ परेको छ । (कान्छी) आमाको सहयोगमा मंसिर २९ मा किटानी जाहेरी दिएपछि प्रहरीले उनका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा जवर्जस्ती करणी भएको देखिएको छ । पीडकविरुद्ध जिल्ला अदालत काभ्रेमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको इप्रका बनेपाका प्रमुख सुनिलजंग शाहले बताए ।

प्रहरीका अनुसार अभियुक्त पिता पेशाले ड्राइभर हुन् । उनका जेठी श्रीमतीबाट एउटी छोरी र एक छोरा छन् ।

जेठी श्रीमती अर्कैसँग गएपछि कान्छी ल्याए । कान्छीबाट ७ वर्षकी छोरी छन् । तर, पछिल्लो समय कान्छी श्रीमती बैदेशिक रोजगारीमा गएकी थिइन् । कान्छी आमा विदेश गएपछि बाबुले आफूलाई बलात्कार गर्न थालेको पीडित युवती बताउँछिन् ।

बलात्कारी वुबा त पक्राउ परे तर, घटना लुकाउन भन्दै आफन्तले पटक पटक दबाब दिएको केनिफाले सुनाइन् । ज्यान मार्नेसम्मको धम्की आएको उनले बताएकी छन् ।

बनेपास्थित प्रहरी चौकीमा भेटिएकी केनिफाले आफ्नो पीडा अनलाइनखबरलाई यसरी सुनाइन्ः

मामाघरमा पहिलोपटक बलात्कार भयो !

हाल म १७ वर्षकी भएँ । म र वुबा २ वर्ष जति अगाडि सानुममीको माइती गएका थियौँ । मामाघरमा हामीलाई एउटै कोठाको अलग-अलग खाटमा सुत्न प्रवन्ध गरेको रहेछ ।

एउटी छोरी बाबुसँग बाहेक कोसँग सुरक्षित हुन्छे र ! तर, त्यही दिन म बाबुबाट बलात्कृत भएँ । राति करिब ११ बजेतिर बाबु म सुतेको घाटमा आउनु भयो र सुमसुमाउँदै अँगालो मारेर मेरो कपडा खोली दिनुभयो । म अभागी ! आमा पोइल गइन्, बाउकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म ! बुबाले त्यो दिन मलाई रगत आउने गरी प्यास मेट्नुभयो र मज्जाले निदाउनुभयो । मैले भने आशु पिउँदै रात बिताएँ ।

दोस्रो पटक त गर्भ बसेछ !

मावलबाट हामी घर फर्कियौं । प्रायः कामबाट घर फर्किँदा वुबा रक्सी खाएर आउनुहुन्थ्यो । दोस्रोपटक उहाँ म सुतेको कोठामा आउनुभयो र जबर्जस्ती गर्न थाल्नुभयो । मैले प्रतिकार गर्न खोजेँ तर, धेरै कुटाइ खाएँ । त्यो दिन पनि मलाई छोड्नुभएन । मेरो अस्मितामाथि खेल्नुभयो । सायद गर्भ बसेछ, मलाई धेरैपटक वाकवाक लाग्यो । बुबाले साउनतिर गर्भ तुहाउने औषधि पटकपटक खुवाउनुभयो ।

भर्खरै एसईईको रिर्जल्ट आएको थियो । मलाइ कलेज पढ्न जाने रहर थियो । तर, सबै सपना नै भए । बाबुबाटै बलात्कृत भएपछि म दिनदिनै पागल जस्तै हुन थालेँ ।

सानुममीलाई गुहारेँ !

अन्तिमपटक बलात्कृत भएको त्यो दिन बुवा राति अलि ढिला घर आउनु भएको थियो । त्यो दिन पनि मैले प्रतिकार गरेँ । तर, उहाँको गिद्दे आँखा…। अति भयो भन्दै मैले वैदेशिक रोजगारीमा गएकी सानिमालाई मंसिर १९ गते फोन गरेर सबै जानकारी गराएँ । उहाँ केहीदिनमै नेपाल आउनुभयो र २९ मंसिरमा हामी इलाका प्रहरी कार्यालय बनेपामा गयौं । - रामसुन्दर आचार्य , अनलाइन खबरबाट



पाँचथर,जेठ ३१ गते ।  । पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ ।


पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो ।

पीडितले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । बाबुले छोरीलाई विगतदेखि नै पटक-पटक बलात्कार गर्दै आएको पीडितले बताएको प्रहरीले जनाएको छ ।

पीडितकी आमाले पाँच वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बाबु छोरी मात्रै बस्दै आएका थिए । बाबुले पटक/पटक बलात्कार गर्दै आएको भएपनि पीडित बालिकाले बाबुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खबर गरेकी थिइनन् । तर, पछिल्लो पटक मादकपदार्थ सेवन गरी आएका बाबुले बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

टाउकोमा चोट लागेकी पीडित बालिकाले पीडा सहन नसकेर आफन्त तथा छिमेकीको सहयोगमा उजुरी गरेको प्रहरीले बताएको छ । पीडित बालिकाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाबुलाई हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।- रासस


वीरेन्द्रनगर,  जेठ ३० गते । घरायसी विवाद हुँदा सुर्खेतमा एक जनाले लाठी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

वीरेन्द्रनगर-२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३५ वर्षीया श्रीमती पद्मा बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


राउराको विषयमा विवाद भएपछि बेलुकी पाँच बजेतिर श्रीमान श्रीमतिवीच विवाद भएको थियो ।

‘यो उनीहरुको घरायसी विवाद हो, दुवै रक्सीले मात्तेका थिए,’  जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी निशान थापाले भने-‘विवाद बढ्दै जाँदा श्रीमानले लाठ्ठीले पद्माको टाउकोमा हानेको अनुसन्धानबाट बुझिएको छ ।’

बेहोस् भएर ढलेकी पदमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रहरीले श्रीमतीको हत्या गर्ने बलबहादुरलाई पक्राउ गरेको छ । उनी बिरामी रहेकाले क्षेत्रीय अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए ।- अनलाइनखबरबाट





रोल्पा,जेठ २९ गते  । रोल्पामा एक ब्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।


सुवर्णावती गाउँपालिका-१ घोडागाउँका ७४ वर्षीय गणेशबहादुर शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको आइतबार राती खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते लक्ष्मीको उपचारका क्रममा सोमबार विहान भैरहवामा मृत्यु भएको प्रहरी चौकी खुग्रीका प्रहरी सहायक निरीक्षक कमल शाहले बताए ।

अभियुक्त गणेशलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मादक पदार्थ सेवन गरेका शाहले घरायसी झगडाका क्रममा खुकुरी प्रहार गरेको प्रहरीले अनुमान गरेको छ ।

जीवन डाँगीबाट


बन्चरो प्रहार गरी छिमेकीको हत्या
फिदिम,  जेठ २६ गते ।  फिदिम १ साब्राङका ६४ बर्षीय भिमबहादुर केरुङलाई छिमेकीले बन्चरो प्रहार गरी हत्या गरेका छन् । छिमेकी चन्द्र भनिने बिनय नेम्बाङले घाटीमा बन्चरो प्रहार गरी गएराती केरुङको हत्या गरेको प्रहरीले जनाएको छ ।
राती १२ बजे घरबाट निष्किएका नेम्बाङले छिमेकी केरुङलाई घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको पाँचथरका प्रहरी नायब उपरिक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो । चुरोट किन्ने बहाना बनाएर नेम्बाङले छिमेकीको घरमा गएर सुतिरहेका केरुङलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएका केरुङ छटपटाएपछि मात्र केरुङकी श्रीमतीले थाहा पाएको र उठेर हेर्दा श्रीमानको मुखबाट रगत बगेको देखेपछि धामी बोलाएका थिए । धामी बोलाएर झाँरफुक गर्ने क्रममा केरुङको घाँटी काटिएको परिवारले थाहा पाएको थियो । घाँटी काटिएको थाहा पाएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा अत्यधिक रगत बगेर केरुङको मृत्यु भएको पोख्रेलले बताउनुभयो ।
प्रहरीका अनुसार बन्चरो प्रहार गरेर नेम्बाङ केरुङको घर छेउमा रहेको पसलमा गएर चुरोट माग्दै कराएका थिए । तर, पसल नखुलेपछि उनी फर्किएका र त्यतिनैखेर पसलवालाले छिमेकमा होहल्ला सुनेपछि केरुङलाई बन्चरो प्रहार भएको खुलेको थियो । केरुङको घर छेउमा हत्या गर्न प्रयोग गरिएको बन्चरो र भेष्ट प्रहरीले फेला पारेको छ ।
घटनामा संलग्न नेम्बाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नेम्वाङले हत्या गरेको स्वीकारकोे पनि हत्याको कारणबारे अनुसन्धान भइरहेको पोख्रेलले बताउनुभयो । मदिरा सेवन गरी घरमा गएर नेम्बाङले आफ्नी श्रीमतीलाई कुटपिट गर्न थालेपछि विगतमा पनि नेम्बाङकी श्रीमती केरुङको घरमा आएर सुत्ने गरेको प्रहरीले जनाएको छ ।- अन्नपूर्ण बाट ,भीम बास्कोटा

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget