Websoft University

www.radiomakalu.com || 021-522512


खुकुरी प्रहार गरी युवकको हत्या



उर्लाबारी, कात्तिक ३ गते । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।

गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ । - रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget