Websoft University

www.radiomakalu.com || 021-522512


वडादशैँको मौलिकता हराउँदै

Image result for dashai

धनगढी, कात्तिक २ गते । नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ ।

पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको देखासिकीमा लाग्ने, आवश्यकताभन्दा बाहिरको फजुल खर्च गर्ने र तडकभडक गर्नेजस्ता प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकपन हराउँदै गएको हो ।

दशैँमा देवीदेवताको नाममा घर घरमा खसीबोका, कुखुरा, हाँस परेवाजस्ता पशुपक्षीको बलि दिने चलन भने पहिलेको तुलनामा निकै कमी आएको छ । यद्यपि सुदूरपश्चिम प्रदेशको तराइका जिल्लाको तुलनामा पहाडी जिल्लाका कतिपय शक्तिपीठमा राँगा, खसीबोकाको बलि दिने चलन भने कायमै छ ।

देवीदेवताका नाममा पशुपक्षीको बलि दिनु अनुचित हो भन्ने भनाइ पशु अधिकारकर्मीको छ । तर बलि दिएर शक्तिको आराधना गर्ने परम्परामा कमी आउँदा रमाइलो नहुने, एक ठाउँ भेला हुने अवसर प्राप्त नभई सन्तुष्टि प्राप्तसमेत नहुने बलि पक्षधरको भनाइ छ ।

बलि दिने प्रचलनमा कमी आउँदा शक्तिको उपासना र आध्यात्मिक भावनामा कमी आउन थालेको स्थानीयवासी लेखराज ओझा बताउनुहुन्छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले परम्परादेखि बलि दिँदै आएको धार्मिकस्थलमा कसैले पनि पशु वा पक्षीलाई बलि दिन नहुने व्यवस्था गरेको छ । - रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget