Websoft University

www.radiomakalu.com || 021-522512


बन्चरो प्रहार गरी छिमेकीको हत्या


बन्चरो प्रहार गरी छिमेकीको हत्या
फिदिम,  जेठ २६ गते ।  फिदिम १ साब्राङका ६४ बर्षीय भिमबहादुर केरुङलाई छिमेकीले बन्चरो प्रहार गरी हत्या गरेका छन् । छिमेकी चन्द्र भनिने बिनय नेम्बाङले घाटीमा बन्चरो प्रहार गरी गएराती केरुङको हत्या गरेको प्रहरीले जनाएको छ ।
राती १२ बजे घरबाट निष्किएका नेम्बाङले छिमेकी केरुङलाई घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको पाँचथरका प्रहरी नायब उपरिक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो । चुरोट किन्ने बहाना बनाएर नेम्बाङले छिमेकीको घरमा गएर सुतिरहेका केरुङलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएका केरुङ छटपटाएपछि मात्र केरुङकी श्रीमतीले थाहा पाएको र उठेर हेर्दा श्रीमानको मुखबाट रगत बगेको देखेपछि धामी बोलाएका थिए । धामी बोलाएर झाँरफुक गर्ने क्रममा केरुङको घाँटी काटिएको परिवारले थाहा पाएको थियो । घाँटी काटिएको थाहा पाएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा अत्यधिक रगत बगेर केरुङको मृत्यु भएको पोख्रेलले बताउनुभयो ।
प्रहरीका अनुसार बन्चरो प्रहार गरेर नेम्बाङ केरुङको घर छेउमा रहेको पसलमा गएर चुरोट माग्दै कराएका थिए । तर, पसल नखुलेपछि उनी फर्किएका र त्यतिनैखेर पसलवालाले छिमेकमा होहल्ला सुनेपछि केरुङलाई बन्चरो प्रहार भएको खुलेको थियो । केरुङको घर छेउमा हत्या गर्न प्रयोग गरिएको बन्चरो र भेष्ट प्रहरीले फेला पारेको छ ।
घटनामा संलग्न नेम्बाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नेम्वाङले हत्या गरेको स्वीकारकोे पनि हत्याको कारणबारे अनुसन्धान भइरहेको पोख्रेलले बताउनुभयो । मदिरा सेवन गरी घरमा गएर नेम्बाङले आफ्नी श्रीमतीलाई कुटपिट गर्न थालेपछि विगतमा पनि नेम्बाङकी श्रीमती केरुङको घरमा आएर सुत्ने गरेको प्रहरीले जनाएको छ ।- अन्नपूर्ण बाट ,भीम बास्कोटा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget