Websoft University

www.radiomakalu.com || 021-522512


चुनावअघि संविधान संशोधन सम्भव छैन : प्रधानमन्त्री देउवा


चुनावअघि संविधान संशोधन सम्भव छैन : प्रधानमन्त्री देउवा
काठडमाडौं, जेठ २६ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको चुनावअघि संविधान संशोधन सम्भावना नभएको बताउनुभएको छ। शुक्रबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै देउवाले चुनाव सकिनासाथ संविधान संशोधन गर्ने प्रतिवद्वता समते व्यक्त गर्नु भएको छ । उहाँले आन्दोलनरत मधेस केन्द्रित दललाई चुनावमा भाग लिन आग्रह गर्नु भएको छ ।
संविधान संशोधन गरेर मधेसीको भावना समेट्न चाएपनि तत्काल त्यो सम्भव नभएको प्रधानमन्त्री देउवाको भनाइ छ । ‘चाहेर पनि संशोधन गर्न नसकिए पनि चुनावमा भाग लिन आग्रह गर्दछु’, उहाँले भन्नुभयो । देउवाले दोस्रो चरणको चुनावपछि संविधान संशोधन पास गराएरै छाड्ने विश्वास दिलाउनुभयो । सम्पूर्ण नेपालीको राष्ट्रिय हितका लागि दलहरुबीच सहकार्य आवश्यक भएको उहाँको भनाइ छ ।
तराई मधेसमा स्थानीय तहको संख्या बढाउन आफूहरु तयार भएपनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अघि बढाउन नसकेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।
तीनै तहको चुनाव अहिलेको आवश्यकता र जरुरी भएको भन्दै सरकारको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित भएको देउवाले बताउनुभयो । चुनावपछि आर्थिक समृद्धि हासिल हुने प्रधानमन्त्ती देउवाको विश्वास छ ।
प्रधानमन्त्री देउवाले चुनावपछि जनताको इच्छा अनुसार काम हुने बताउनुभयो । चुनावलाई महत्वपूर्ण पर्वकोरुपमा लिएर समयै तीन तहको चुनाव सम्पन्न गर्ने प्रधानमन्त्री देउवाले अठोट लिनुभयो । समावेशी, समानुपातिक ढंगले देश अगाडि बढ्न आवश्यक भएको उहाँको भनाइ छ ।
‘प्रतिपक्ष भनेको राज्यको अंग हो, यो छाया सरकार पनि हो’, उहाँले भन्नुभयो । तीन तहको चुनावपछि लामो समयदेखिको सक्रमण अन्त्य हुने र लोकतन्त्र थप बलियो हुने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभयो ।
व्यवस्थापिका संसदको अर्को बैठक जेठ २८ गते दिउँसो १ बजे बस्ने भएको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget