वीरगञ्ज , कार्तिक ५ गते । पर्सामा ४ महिनाको अवधिमा दर्जन बढी बलात्कारका उजुरी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठदेखि असोजसम्म ४ महिनामा १२ वटा बलात्कारका उजुरी आएका छन् ।
जेठ्मा जर्बजस्ती करणीको २, साउनमा ५, भदौमा ३, असोजमा २ उजुरी परेका छन् । यही अवधिमा ज्यान मार्ने उद्योगका २ वटा उजुरी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बलात्कारका घटनामा गम्भीर ढंगले अनुसन्धान गर्ने गरिएको बताए । ‘जर्बजस्ती करणी गर्न खोज्दा मैले नमानेपछि मार्न खोजे भनेर पनि उजुरी आएका छन्’, उनले भने, ‘हामीले मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेका छौं । दोषी नछुटुन, निर्दोष नफसुन भन्ने उद्देश्य हाम्रो हो ।’- अनलाइन खबरबाट
Post a Comment