Websoft University

www.radiomakalu.com || 021-522512


घरायसी विवाद हुँदा श्रीमतीको हत्या


वीरेन्द्रनगर,  जेठ ३० गते । घरायसी विवाद हुँदा सुर्खेतमा एक जनाले लाठी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

वीरेन्द्रनगर-२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३५ वर्षीया श्रीमती पद्मा बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


राउराको विषयमा विवाद भएपछि बेलुकी पाँच बजेतिर श्रीमान श्रीमतिवीच विवाद भएको थियो ।

‘यो उनीहरुको घरायसी विवाद हो, दुवै रक्सीले मात्तेका थिए,’  जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी निशान थापाले भने-‘विवाद बढ्दै जाँदा श्रीमानले लाठ्ठीले पद्माको टाउकोमा हानेको अनुसन्धानबाट बुझिएको छ ।’

बेहोस् भएर ढलेकी पदमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रहरीले श्रीमतीको हत्या गर्ने बलबहादुरलाई पक्राउ गरेको छ । उनी बिरामी रहेकाले क्षेत्रीय अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए ।- अनलाइनखबरबाट


Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget