Websoft University

www.radiomakalu.com || 021-522512


‘चिनेका व्यक्तिबाटै यौनहिंसा’





काठमाडौँ, असोज २७ गते । विज्ञहरूले चिनेजानेका व्यक्तिबाटै ६८ प्रतिशत यौनजन्य हिंसा हुने गरेको बताउनुभएको छ । उहाँहरूले यौनजन्य हिंसाका घटनामध्ये ८० प्रतिशत घटना मादक पदार्थ सेवनपछि हुने गरेको तथ्य पनि औंल्याउनुभयो ।
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित सुशील कोइराला मेमोरियल फाउन्डेसनले शुक्रबार यहाँ आयोजना गरेको ‘यौनजन्य अपराध : कारण र समाधान’ विषयक छलफल कार्यक्रममा विज्ञहरूले सो जानकारी दिनुभएको हो ।
छलफलमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक देवेन्द्र सुवेदी, मानव अधिकारकर्मी चरण प्रसाई, पत्रकार बबिता बस्नेत र मनोविज्ञानविद् करुणा कुँवरले विज्ञको रूपमा छलफल गर्दै यौनजन्य हिंसाका घटनाको प्रकृति र प्रवृत्तिबारे चर्चा गर्नुभएको थियो ।
यौनजन्य हिंसाका घटनामा वृद्धि भएका र यसका पछाडि नागरिकमा आएको चेतना र आमसञ्चार माध्यमको पहुँच भएको जानकारी पनि दिइयो ।
नेपाल प्रहरीमा आर्थिक वर्ष २०६९/७० मा जबर्जस्ती करणीका घटना ६७७ दर्ता भएकोमा २०७३/७४ मा एक हजार १३९ घटना दर्ता भएको जानकारी दिइयो । यस्तै, सर्वोच्च अदालतमा २०६९ मा दुई हजार ३९४ घटना दर्ता भएको थियो भने २०७४ मा दोब्बर वृद्धि भएको देखिन्छ । २०७४ मा चार हजार ७४९ उजुरी दर्ता भएको थियो ।
विज्ञहरूले कञ्चनपुरको घटनाबाट नेपाल प्रहरीको छवि धमिलिएको र सरकारका जिम्मेवार व्यक्तिले बोलेका भनाइ नागरिकप्रति राज्य उत्तरदायी बन्न नसकेको टिप्पणी गर्नुभयो ।
राज्यको पहिलो उत्तरदायित्व भनेकै नागरिकको जीउधनको सुरक्षा गर्नु हो भन्नुहुँदै पूर्वमन्त्री नवीन्द्रराज जोशीले नेतृत्वको व्यक्तित्वबाट राष्ट्रको सम्मान बढ्ने भएकाले राज्यका जिम्मेवार व्यक्तिहरूले बोलेको भनाइ पनि त्यक्तिकै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले यौनजन्य हिंसाको अन्त्यका लागि घर परिवार, विद्यालय र समाजबाटै अभियान सुरु गर्नुपर्ने खाँचो औंल्याउनुभयो । - गोरखापत्र समाचारदाता ,  गोरखापत्र दैनिकबाट 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget