Websoft University

www.radiomakalu.com || 021-522512


दुई किलो चामल पाउन मारामार


Image result for nepal khadysanstha chamal




सिमकोट, असोज २७ गते । यसपालीको बडादशैँ यहाँका स्थानीयवासीले दुई केजी चामलले मनाउनुपर्ने भएको छ । नेपाल खाद्य संस्थानद्वारा ढुवानी अनुदानमा उपलब्ध हुने उक्त चामल बेलैमा खाद्य संस्थानले ढुवानीको व्यवस्था गर्न नसकेको तथा गोदाममा रहेको न्यून मौज्दात चामल वितरण गर्दा खार्पुनाथ र सिमकोट गाउँपालिकाका स्थानीयवासीलाई दुई केजी चामलले दशैँ मनाउनुुपर्ने भएको हो ।
उमेरले ७० वर्ष कटिसक्नुभएकी खार्पुनाथ गाउँपालिका–५ की पाटकला शाहीलाई यसपालीको दसँै धेरै रमाइलो गरेर मनाउने चाहना हुँदाहुँदै पनि खाद्य संस्थानबाट दुई केजी चामल उपलब्ध भएपछि त्यो चाहनामा ठेस लागेको छ । सात जनाको परिवारमा एक छाक खानका लागि दुई केजी चामल आवश्यक पर्ने भए पनि खाद्य संस्थानले दसँैका लागि उपलब्ध गराएको खाद्यान्न हात्तीको मुखमा जीरा जस्तै भएको गुनासो उहाँले बताउनुुभयो । घरको उत्पादन भर्खर भिœयायाउन लागेको अवस्थामा संस्थानले दिएको चामल दशैँमा अक्षता बनाउनमात्र पुग्ने उहाँले बताउनुभयो ।
दुई केजी चामल लिन कै लागि चार घण्टा पैदल हिडेर सिमकोट–२, ठेहेबाट सदरमुकाम आउनुभएका देव रावलले यसपाली दशैँ रमाइलो र खुसीका मनाउनै नसकिने उल्लेख गर्नुभयो । नौ जनाको परिवार भएको रावलको घरमा चामलको गेडै नभएको दुई महिनापछि संस्थानबाट कम्तीमा २० केजी चामल पाइएला भन्ने आशा भए पनि दुई केजीमै चित्त बुझाएर घर फर्केको उहाँले बताउनुभयो ।
शाही र हमालसंस्थानको दुई केजी चामल पाउने नमुना स्थानीयवासी हुन् । यो समस्या हुम्लाभरको हो । सिमकोट र खार्पुनाथ गाउँपालिकाका बासिन्दाले दुई केजी खाद्यान्न पाए पनि बडादसँै जस्तो चाडमा नाम्खा, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताजाकोट गाउँपालिकाका स्थानीय बासिन्दाले खाद्य संस्थानले पैदल मार्गबाट व्यवस्था गरेको खाद्यान्न कोटाको चामल ढुवानी हुन नसक्दा नपाएको सर्केगार्ड गाउँपालिका–५ का अध्यक्ष कर्णजङ्ग शाहीले बताउनुुभयो । कात्तिके बाली पाकी नसकेका कारण यसपाली दशैँ मनाउने चामलको व्यवस्था गर्न हुम्लावासीलाई समस्या भएको उहाँले बताउनुुभयो ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले दसँै जस्तो चाडमा थोरै खाद्यान्न जनतालाई वितरण गर्नु परेकोमा दुःख व्यक्त गर्दै खाद्य संस्थान, सुर्खेतको लापरबाहीका कारण अहिलेको समस्या आएको बताउनुुभयो । गोदाममा भएको खाद्यान्नलाई भैपरी आउने समस्यालाई टार्नसमेत नराखेर सबैलाई वितरण गर्दा थोरै चामल दिनुपरेको उहाँले बताउनुुभयो ।
संस्थानको गोदामबाट खाद्यान्न बिक्री वितरण गर्दा दुई हजार क्वीन्टल चामल आवश्यक परे पनि हाल गोदाममा भएको २७६ क्वीन्टल चामलबाटै वितरण गरिएको शाखाका निमित्त प्रमुख भरत अधिकारीले बताउनुुभयो ।
- राजन रावत , गोरखापत्र दैनिकबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget