Websoft University

www.radiomakalu.com || 021-522512


केपि सिमेन्ट उद्योगले गाउँ बस्ती उच्च जोखिममा , सम्बंधित निकाय मौन



नुवाकोट , मंगसिर ११ गते । नुवाकोट गणेशस्थान गाबिस वडा नं ४/५ मा रहेको कैदले बस्नेत गैरा वन उपभोक्ता समितिको निगारानिमा रहेको वन मासेर केपि सिमेन्ट उद्योग अन्तर्गत तादी लाइम नाम गरेर अबैध ढुङ्गा खानी संचालन गरिएको छ।जुन पुर्ण रुपले अबैध र गैरकानुनी छ जस्ले गर्दा सदरमुकाम जाने पक्की सडक भत्किएको छ र दिनहुं गाउँ गाउँ बाट आउने यात्रुले समस्या भोग्नु परेको छ। खानी संचालन मापदण्ड बिपरित छ।माथिल्लो सयों  बस्तीहरु जोखिममा छ । पहिरोको डरले गाउँलेहरु रातभर सुत्न सक्दैन । गाउँले हरु ओहोरदोहोर गर्ने मुलबाटो भत्काइएको छ खानेपानीको पाइप काटिएको छ।गाउँले हरुको खेतमा पानी लगाउने कुलो भत्काइएको छ जुन अहिले बन्द छ । माटोहरु खोलामा फालेर नदिले खेतीयोग्य जमिन कटान गरेर गाउँले हरु हैरान छ्न । वारिपारी तर्ने झोलुङ्गे पुल जोखिममा छ।यस्तो हुँदा हुदै पनि कुनै निकयले ध्यान दिएको देखिदैन ।कुनै ब्याक्तीले आवाज उठायो भने बेलुका घरमा कि त प्रहरी जवान आइपुग्छ्न कि त गुन्डा । स्थानीय वासी डरत्रासमा बाच्न बाध्य बनाइएको छ ।


हिमाल सिमेन्ट उद्योगका महाप्रबन्धक रहेका केसब प्रासाद उप्रेती द्वारा संचालित हिमाल सिमेन्टमा करोडौं रुपैया घोटाला गरेर उक्त कारखाना डुबाए ।  यतिले नपुगेर उपयोगिय मेसिनहरु कबाडिमा धरी बेचेर हिडेका उप्रेती नुवाकोटका जनतालाइ घरको न घाटको बनाइउदै छन ।







Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget