Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post



 काठमाडौँ, साउन १३ गते । दसैँ अगावै मेलम्ची खोलाको पानी सुन्दरीजलसम्म ल्याउने घोषणा पनि पूरा नहुने सम्भावना बढेको छ । निर्माण कम्पनी र मेलम्ची खानेपानी विकास समितिबीच भएको पछिल्लो सम्झौता अनुसार अक्टोबर १५ सम्म अर्थात् दसैँ अगावै कम्तीमा सुन्दरीजलसम्म पानी ल्याउने भनिएको छ तर निर्माण कार्यको गति हेर्दा भने सो समयमा पानी आउने सम्भावना कम देखिएको छ ।
मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ ब्रेकथ्रु गरिए पनि त्यसको फिनिसिङको काम बाँकी नै छ । हालसम्म जम्मा ७.३५ किमि सुरुङको मात्र फिनिसिङ भएको छ । निर्माण कम्पनीले कामको गति बढाउँछु भनेर सहमति गरे पनि कामले गति लिएको छैन ।
हाल दैनिक सालाखाला ४५ मिटरका दरले फिनिसिङको काम भएको छ । दैनिक दुई सय मिटरका दरले काम भयो भने पनि महिनामा छ किमि सम्पन्न हुनसक्छ । महिनामा छ किमिका दरले सुरुङ फिनिसिङको काम भयोभने पनि कम्तीमा चार महिना लाग्ने देखिन्छ तर अक्टोबर १५ आउन तीन महिना बाँकी छ । हालको गति दैनिक ४५ मिटरमा सीमित छ ।
सुरुङ फिनिसिङका लागि भुइँ ढलान गर्नुपर्छ भने माथि सटक्रिट र रकबोल्टको काम गर्नुपर्छ । तीन मिटरसम्म लामो रकबोल्ट भित्तामा घुसाएर सिमेन्टको झोल राख्नुपर्छ । जसलाई सुरुङको फाइनल सपोर्ट भनिन्छ ।
सुरुङको भुइँ ढलानको काममा पनि ढिलाइ भएको छ । हालसम्म ७.२५ कि.मी ढलान सम्पन्न भएको छ । मेलम्ची खोलामा बाँध बाँध्ने काम सुरु भएको छैन, बल्ल गेट बनाउने काम सुरु भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
सुन्दरीजल, थकनी र इचोकमा भेन्टिलेसनको काम भएको छैन । पहिला पहाडमाथिबाट प्वाल पारेर भेन्टिलेसन राख्ने भनिए पनि अहिले सुरुङभित्रैबाट गर्न सकिन्छ कि भनेर अध्ययन सुरु भएको छ । महिनामा छ÷सात किमी ढलान गर्ने सहमति भए पनि सोही अनुसार काम भएको छैन । जुलाई महिनामा ८४० मिटर मात्र काम भएको छ तर मेलम्ची खानेपानी विकास समिति भने दसैँ अगावै मेलम्चीको पानी आउनेमा विश्वस्त छ । जुन २२ को सहमति अनुसार निर्माण कम्पनीले विज्ञको सङ्ख्या थप गर्ने, छवटा साइडबाट काम गर्र्ने, श्रमिकको सङ्ख्या थप गर्ने र थप औजारको व्यवस्थापन गर्नुपर्ने थियो । समितिका उपकार्यकारी निर्देशक भोविक्रम थापाले भन्नुभयो, १०÷१२ जना विज्ञ थप भएको छ, सबै साइडका मेटेरियल उपलब्ध गराएको छ, थप इक्युपमेन्ट ल्याएको जानकारी पाएका छौँ, सबै चिजको बन्दोबस्ती भएपछि रिजल्ट आउने हो, भर्खर कामको गति बढाउँदै छ, हालको अवस्था सकारात्मक छ ।
उहाँका अनुसार निर्माण कम्पनीले थप व्यवस्थापन गरी कामको गति बढाउन लागेको छ । थापाले भन्नुभयो, थप व्यवस्थापन भएपछि दुई महिनामा भनेअनुसारको काम हुन्छ, सहमति अनुसारको काम हुन्छ, हामी समयमै काम हुन्छ भन्नेमा विश्वस्त छौँ ।
समितिका अनुसार हाल सुन्दरीजलस्थित सुरुङको अन्तिम विन्दुबाट प्रशोधन केन्द्रसम्म पानी लैजाने २५० मिटर पाइप जडानको काम सुरु भएको छ ।
खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, एसियाली विकास बैङ्क, परामर्शदाता इप्टिसा कम्पनी र निर्माण कम्पनीबीच छलफलपछि गएको जुन २२ मा दसैँ अगावै राजधानीमा पानी उपलब्ध गराउने सहमति भएको थियो । यसअघि परियोजना सम्पन्न गर्नुपर्ने मिति सन् २०१८ मार्च २६ थियो ।
-  लक्ष्मण दर्नाल , गोरखापत्र दैनिकबाट


insurance_1

काठमाडौँ, साउन १३ गते । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘बीमा विधेयक, २०७५’ प्रस्तुत गर्नुभएको छ ।

त्यसअघि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले बीमा व्यवसायमा सबैको पहुँच पु¥याउनका लागि सरकारले बृहत्तर रुपमा कानूनको प्रबन्ध गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै ७० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क रुपमा रु एक लाख बराबरको बीमा गर्ने व्यवस्था गरिएको र सबै दायित्व सरकारले नै व्यहोर्ने गरी तयारी गरिएको बताउनुभयो ।

बीमा व्यवसाय सीमित व्यक्तिको हातमा मात्रै नहोस् भन्नाका लागि धेरैभन्दा धेरै कम्पनी जरुरी रहेको, त्यसलाई नियमन गर्न कडा कानूनको जरुरी रहेको र फर्जी बीमा गर्नेलाई कानूनी कारवाही गर्न खोजिएको बताउनुभयो ।

]उहाँले बीमा क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी एवं मर्यादित बनाउन बीमा प्राधिकरणको परिकल्पना गरिएको र कम्पनीमा लैजान खोजिएको स्पष्ट पार्नुभयो ।

कम्पनीमा लैजानेबित्तिकै निजीकरण गर्न खोजिएको भनेर गरिएको प्रचारसमेत गलत रहेको डा खतिवडाको प्रष्टोक्ति थियो । - रासस

विश्वकप: सर्वाधिक ६ गोल गरेका ह्यारी केनलाई गोल्डेन बुट

काठमाडौँ , असार ३२ गते । रसियामा भएको विश्वकप फुटबल प्रतियोगिता भर सर्वाधिक ६ गोल गरेका इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनले गोल्डेन बुट जितेका छन् ।

विश्वकपमा महत्वपूर्ण मानिने यो उपाधि जित्ने उनी इङ्ल्यान्डका दोस्रो खेलाडी भएका छन् । यसअघि सन् १९८६ मा भएको विश्वकप फुटबल प्रतियोगितामा ग्यारी लिङ्करले गोल्डेन बुट जितेका थिए ।

गोल्डेन बुटका लागि केनका मुख्य प्रतिस्पर्धी बेल्जियमका रोमेलु लुकाकुले इङ्ल्यान्डविरूद्धको खेलमा गोल नगरेपछि उनले जित्ने पक्का जस्तै थियो ।

विश्वकप तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा केन र लुकाकु दुवै गोल चुके । ह्यारी केनको ६ गोलमै विश्वकप यात्रा समाप्त हुँदा लुकाकुको ४ गोलमै विश्वकप यात्रा टुंगियो ।

समान ४-४ गोलनै भएका रुसका डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यसअघि नै विश्वकपबाट बाहिरिइसकेका थिए । यो विश्वकपमा फ्रान्सका एन्टोनी ग्रीजम्यान र केलिएन एमबाप्पेले पनि समान ४/४ गोल गरे ।

फ्रान्स र क्रोएसियाबीच फाइनलमा समेत केनको जति गोलसंख्या कसैले पुर्याउन सकेनन् । फ्रान्सका ग्रिजम्यान र एमबाप्पेले गोल्डेन बुट जित्न कम्तिमा ३ या त्यो भन्दा माथि गोल गर्नुपर्ने थियो । तर उनीहरूले फाइनलमा १/१ गोल मात्रै गरे ।

को हुन् ह्यारी केन ?

ह्यारी केनको जन्म सन् १९९३ मा लण्डनको वेल्थम्स्टमा भएको हो । सानैबाट फुटबलमा रुचि राख्ने केनले इंगल्याण्डका पूर्वफुटबलर डेभिड बेकह्यामले अध्ययन गरेकै विद्यालयमा पढेका थिए ।

उनी सानैदेखि निकै चलाख थिए । फुटबलको टोलीमा नेतृत्वको कला पनि उनीमा भरपूर रहेको विद्यालयका शिक्षकहरुले बताएका थिए । केनलाई फुटबलको करियर थाल्दा केही समस्या पर्यो । उनले बालककालमा रिड्गवे रोभर्सको लागि खेल्थे, जहाँ डेभिड बेकह्यामले पनि खेलेका थिए । उनलाई आर्सनल र टोटनह्यामले परीक्षणको क्रममा असफल भएको भन्दै लिन अस्वीकार गरेका थिए ।

धेरै तौलको भएकाले उनलाई ती क्लबहरुले लिन मानेका थिएनन् । पछि वार्टफोर्डमा टोटनह्यामविरुद्ध राम्रो प्रदर्शन गरेपछि उनी टोटनह्यामकै नजरमा परे । उनलार्इ टोटनह्यामकै प्रशिक्षकले आफ्नो टोलीमा राख्ने निर्णय गरेका थिए ।

यो पटकको विश्वकपमा केनलाई अत्यधिक मार्किङ गरिएको थियो । यो विश्वकपमा निकै घातक मार्किङ गरिएका स्ट्राइकरमा केन सबैभन्दा अगाडि थिए । तर पनि उनले ६ गोल गर्दै गोल्डेन बुट जिते ।

ह्यारी केनको दुई घर छन् । प्रेमिका कटेइ गुडल्याण्डसहित उनी एसेक्समा बस्छन्न् । यो घर निकै शानदार छ । यो घरमा उनीहरुकी एक छोरी पनि छन् । केनको दोस्रो घर टोटनह्यामको मैदाननजिकै छ ।

चिकित्सा शिक्षा विधेयक: संसद बैठकमा कांग्रेसको अवरोध

काठमाडौँ , असार ३२ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । सरकारले चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पेश गर्न लागेको भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका छन् ।

१७ दिनदेखि जुम्लाको खलंगामा अनशनरत प्रा डा. गोविन्द केसीका माग सम्बोधनका लागि पेश गर्न लागिएको यो विधेयक सरकारले ४३ ठाउँमा तोडमोड गरेको आरोप लागेको छ ।

दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय चिकित्सा विधेयक पेश हुुने कार्यसूची थियो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसदमा राष्ट्रिय चिकित्सा विधयेक २०७५’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको थियो ।

“राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद गगन कुमार थापाले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुने भएको छ । त्यस्तै “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख थियो ।

त्यस्तै बैठकमा “बीमा विधेयक, २०७५” लाई प्रस्तुत हुने कार्यतालिका थियो। अर्थमन्त्री डा युवराख खतिवडाले ‘विमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो । सांसद विन्दा पाण्डेले शारीरिक, महिलामाथि हुने जघन्य अपराध न्यूनिकरण गर्न जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस्” भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको थियो ।

केलियन एमबाप्पे: जसले खोस्दैछन् मेसी-रोनाल्डोको ताज


मस्को , असार ३२ गते । आइतवार मस्कोमा खेलिएको विश्व कप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउँदा १९ वर्षीय फरवार्ड केलियन एमबाप्पेको गोल पनि सामेल थियो । फ्रान्सको तर्फबाट खेलको चौथो गोल गर्नासाथै एमबाप्पेको नाम एक उपलब्धिसँग जोडियो । उनी फुटबल विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिनेजर बनेका छन् ।

उनी भन्दा पहिले सन् १९५८ मा विश्व कप फाइनलमा पेलेलले गोल गरेका थिए । त्यो बेला पेलेको उमेर १९ वर्ष थियो । त्यो खेलमा पेलेको दुई गोल मद्धतमा ब्राजिलले स्वीडेनलाई ५-२ ले हराएको थियो । पेलेले सय उपलब्धिलाई लिएर ट्वीट गर्दै एमबाप्पेलाई बधाई पनि दिए ।

सानैदेखि प्रतिभावान
रूसमा भएको यस विश्कपमा एमबाप्पेले चार गोल गरे । उनी सबैभन्दा धेरै गोल गर्ने तीन खेलाडीमा सामेल त भएनन् तर उनले फिफा योङ्ग प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने जिन्त सफल भए । अर्थात्, उनी विश्वकपका सर्वश्रेष्ठ युवा खेलाडी घोषित भए ।

एमबाप्पेको बाल्यकाल पेरिसको बाहरी इलाकामा बितेको थियो । तर उनी सानैबाट धेरै प्रतिभाशाली थिए, जसले आफ्नो प्रतिभाका कारण मानिसको ध्यान खिचे ।

२० डिसेम्बर १९९८ मा फ्रान्सको राजधानी पेरिसमा जन्मिएका एमबाप्पेका पिता विल्फ्राइड मुलत: क्यामरूनका हुन् । उनी फुटबल कोच हुनु र एमबाप्पेका एजेन्ट पनि । एमबाप्पेकी आमा फाएजा लमारी अल्जेरियाकी हु्न् । उनी ह्यान्डबलकी खेलाडी समेत हुन् ।

एमबाप्पेले आफ्नो करियरको शुरुआत पेरिसको फुटबल क्लब एएस बोन्डीबाट सुरु गरे । जहाँ उनका पिता विल्फ्राइड पनि कोच थिए । यहाँ एमबाप्पेले अर्का एक कोच एन्टोनियो रिकार्डीसँग पनि प्रशिक्षण लिन पाए ।

एमबाप्पेको बारेमा रिकार्डीले बीबीसीसँग भनेका थिए, 'एमबाप्पे त्यो समय छ वर्षका थिए, जब मैले पहिलो पटक उनलाई प्रशिक्षण दिएँ । त्यही बेला मैले उनी अन्य बालकहरु भन्दा केही अलग छन् भन्ने महसुस गरेको थिएँ ।'

एमबाप्पे चर्चित भएपछि एएस बोन्डी क्लबको सदस्यता लिनका लागि होड नै चलेको थियो । रिकार्डीले एमबाप्पेको प्रतिभाबारेमा अगाडि भने, "उनको ड्रिबलिङ्ग गजबको थियो र उनी अन्य खेलाडीमा धेरै तेज थिए । मैले यहाँ १५ वर्ष प्रशिक्षण दिएँ र यस क्रममा मैले उनी भन्दा उत्कृष्ट अन्य कुनै खेलाडी देखिनँ । त्यसो त पेरिसमा धेरै प्रतिभा छन् तर उनी जस्ता अरु कोही छैनन्, उनी सर्वश्रेष्ठ छन् ।'

विश्वभर प्रशंसक

एएस बोन्डीपछि एमबाप्पे क्लेयरफोन्टेन एकेडेमीमा गए । त्यहाँ उनको प्रतिभा देखेर उनलाई कयौँ फ्रान्सेली क्लब, रियाल मड्रिड, चेल्सी, लिभरपुल र म्यानचेस्टर सिटीसम्मले अनुबन्धन गराउने कोशिश गरेका थिए ।

एमबाप्पे १२ देखि १५ वर्षको उमेरमा क्लेयरफोन्टेन एकेडेमीका लागि खेल्थे । तर सुरुआत बोन्डीका लागि खेलेका थिए ।

फुटबल क्लबले उनलाई अनुबन्ध गराउन होडबाजी गरेको कुराको पुष्टि विश्वका विश्वकै दोस्रा महंगा फुटबलरका रुपमा उनी मोनाकोबाट पेरिस सेन्ट जर्मेन गएको कुराले पनि गरेको छ ।

यसै वर्ष १३५ मिलियन युरोमा उनी मोनाकोबा पेरिस सेन्ट जर्मेन गएका थिए । जर्मनीका पूर्व स्ट्राइकर तथा म्यानेजर जर्गन क्लिन्समन भन्छन्, 'अहिले त एमबाप्पेले अझै धेरै आउन बाँकी छ। उनले विश्व फुटबल बजारलाई हल्लाइदिएका छन् ।'

३३ वर्षका रोनाल्डो र ३१ वर्षका मेसीलाई बितेका एक दशकदेखि विश्वका सर्वश्रेष्ठ खेलाडीका रुपमा मानिन्छ । फुटबलका पछिल्ला १० प्रतिष्ठित बालोन डोर अवार्ड पनि यिनै दुई खेलाडीको पोल्टामा परेको छ।

तर इङ्ल्यान्डका पूर्व रक्षक रियो फर्डिनान्ड भन्छन्, 'लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो विश्वका सर्वश्रेष्ठ खेलाडीको ताज फ्रान्सका टिनेजर केलियन एमबाप्पेलाई सुम्पिरहेका छन् ।' म्यानचेस्टर युनाइटेडका लागि खेलिसकेका फर्डिनान्ड अगाडि थप्छन्, 'अबका कयौँ वर्षसम्म एमबाप्पे बालोड डिओरको मञ्चमा देखिनेछन् ।

फर्डिनान्डका अनुसार एमबाप्पेमा उमेर भन्दा धेरै परिपक्वता देखिएको छ । अर्कातिर जर्मनीका पूर्व स्ट्राइकर क्लिन्समन भन्छन्, 'एमबाप्पेलाई देख्दा यस्तो लाग्छ उनी १० वर्षदेखि फ्रान्सको टिममा खेलिरहेका छन् ।'



श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः

तनाबमुक्त बनाउछः गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

शरिरको बिष फालिदिन्छः श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget