Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post

राजविराज, फागुन १ । कोसीटप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गरेका दुई महिलाको मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको कन्चनरुप नगरपालिका–५ पथरीका ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीय दुर्गीदेवी मुखियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।
दाउरा खोज्दै आरक्षको सीमामा पुग्नासाथ हात्तीले लखेटेको वुधनीदेवी सरदारले बताइन् । सरदारले भने भागेर ज्यान बचाउन सफल भएकी छन् ।

घटनास्थलको मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाइने इलाका प्रहरी कार्यालय कन्चनरुपले जनाएको छ ।

काठमाडौं, फागुन १ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकताबिना राष्ट्रको समृद्धि सम्भव नहुने दाबी गरेका छन् ।

परिवर्तनका लागि वाम गठबन्धनबीच एकताको विकल्प नभएको जिकिर पनि उनले गरे ।
२३औं जनयुद्ध दिवसको अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा–कोटेश्वरमा आयोजित कार्यक्रममा उनले जनयु्द्धकै कारण लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाएको बताए ।
परिवर्तनको अवसर गुम्न नदिन सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केही कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
कार्यक्रममा अध्यक्ष दाहालले ‘२३औं जनयुद्ध दिवस’ लेखिएको केकसमेत काटेका थिए ।
कार्यक्रममा दाहालका साथै नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठलगायत नेता–कार्यकर्ता सहभागी थिए ।
२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो ।
२०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर माओवादीले जनयुद्ध थालनी गरेको थियो ।
सो युद्धमा हजारौं निहत्था नागरिक मारिए भने हजारौं बेपत्ता बनाइएका छन् । हजारौं अपहरित, विस्थापित र यातना भोग्न बाध्य बनाइए ।

सशस्त्र द्वन्द्वमा राज्य र माओवादी दुवै पक्षबाट पीडित बनाइएकाहरुले अझैपनि न्याय पाएका छैनन् भने मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप लागेकाहरु एकपछि अर्को गर्दै सत्ता र शक्तिको केन्द्रमा आसीन भइरहेका छन् ।

जनकपुर, फागुन १ । प्रदेश नम्बर–२ को सभामुख पदमा राजपा नेपालका प्रदेशसभा सदस्य सरोज यादवकोमात्रै उम्मेदवारी परेको छ ।

यादवकोमात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका छन् ।
संघीय समाजवादी फोरम नेपाल र राजपाबीच भएको सहमतिअनुसार सभामुख पद राजपाको भागमा परेको हो ।
सोही सहमतिअनुसार राजपाको तर्फबाट यादवले मंगलबार जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

यादवको उम्मेदवारीको प्रस्तावकमा राजपाका संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनल तथा समर्थकमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत छन् ।

काठमाडौं, फागुन १ । माओवादीबाट हत्या गरिएका, यातना पाएका, घरबारविहीन बनाइएका पीडितहरुले फागुन १ गतेको दिनलाई ‘कालो दिवस’कारुपमा मनाए ।

माओवादीले सशस्त्र द्वन्द्व थालेको दिन पारेर पीडितहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंअगाडि भेला भइ विरोध प्रदर्शन गरे ।
कथित जनयुद्धकाबेला बेपत्ता परिएकाहरुको छानबिन गर्न तथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय तथा परिपूरणको व्यवस्था तत्काल गर्न उनीहरुले माग गरे ।
युद्धमा कुनै संलग्नता र सरोकार नभएका निहत्था नागरिकको हत्या, बेपत्ता, अपहरण, सर्वस्वहरण, विस्थापित बनाउने दोषीलाई कडा कारबाही गर्न माग गर्दै उनीहरुले एक घन्टा धर्ना दिएका थिए ।

उनीहरुले मानवअधिकारको गम्भीर उल्लंघन र ज्यादतीकर्तालाई सत्ता र शक्तिको शीर्ष तहमा पुरस्कृत गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको ठाडो उन्लंघन गरेको बताए ।


काठमाडौं, फागुन १ । सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा तीनजना सदस्य मनोनयका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्नुपर्ने बताएका छन् ।

मंगलबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारको सिफारिस राष्ट्रपतिले रोक्न नमिल्ने जिकिर गरे ।
निर्वाचन हुँदैमा सरकारको हैसियतमा परिवर्तन नहुने बस्नेतको तर्क थियो ।

काठमाडौं, फागुन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकाष्टरलाई संविधान कार्यान्वयनको महत्वपूर्ण कडी तीनओटै तहको निर्वाचन सम्पन्न भइ मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढेकाले नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका बेलायती राज्यमन्त्री ल्यानकाष्टरसँग दाहाल निवास खुमलटारमा भएको भेटमा अध्यक्ष दाहालले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा एमालेसँगको एकताको प्रक्रिया अघि बढाइएको बताएको उनको सचिवालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।
पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने अध्यक्ष दाहालको भनाइ थियो ।
अध्यक्ष दाहालले नेपालको संविधानले व्यवस्था गरेअनुरुप स्थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएकोसमेत बताए ।
अध्यक्ष दाहालले बेलायती सरकारले नेपालको शान्ति–प्रक्रिया, सुशासन र विकासका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै बेलायती जनतालाईसमेत धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा अध्यक्ष दाहालसँग रक्षा राज्यमन्त्री ल्याङकाष्टरले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायत विषयमा जिज्ञासा राखेका थिए ।

उनले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाको प्रतिनिधित्वको व्यवस्था गरेकाले त्यसको कार्यान्वयनका पक्षकाबारेमासमेत अध्यक्ष दाहालसँग छलफल गरेका थिए । रासस

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget