Websoft University

www.radiomakalu.com || 021-522512


प्रदेश–२ को सभामुखमा राजपाका यादव निर्विरोध निर्वाचित

जनकपुर, फागुन १ । प्रदेश नम्बर–२ को सभामुख पदमा राजपा नेपालका प्रदेशसभा सदस्य सरोज यादवकोमात्रै उम्मेदवारी परेको छ ।

यादवकोमात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका छन् ।
संघीय समाजवादी फोरम नेपाल र राजपाबीच भएको सहमतिअनुसार सभामुख पद राजपाको भागमा परेको हो ।
सोही सहमतिअनुसार राजपाको तर्फबाट यादवले मंगलबार जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

यादवको उम्मेदवारीको प्रस्तावकमा राजपाका संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनल तथा समर्थकमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget