Websoft University

www.radiomakalu.com || 021-522512


माओवादीपीडितहरुले काठमाडौंमा गरे प्रदर्शन

काठमाडौं, फागुन १ । माओवादीबाट हत्या गरिएका, यातना पाएका, घरबारविहीन बनाइएका पीडितहरुले फागुन १ गतेको दिनलाई ‘कालो दिवस’कारुपमा मनाए ।

माओवादीले सशस्त्र द्वन्द्व थालेको दिन पारेर पीडितहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंअगाडि भेला भइ विरोध प्रदर्शन गरे ।
कथित जनयुद्धकाबेला बेपत्ता परिएकाहरुको छानबिन गर्न तथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय तथा परिपूरणको व्यवस्था तत्काल गर्न उनीहरुले माग गरे ।
युद्धमा कुनै संलग्नता र सरोकार नभएका निहत्था नागरिकको हत्या, बेपत्ता, अपहरण, सर्वस्वहरण, विस्थापित बनाउने दोषीलाई कडा कारबाही गर्न माग गर्दै उनीहरुले एक घन्टा धर्ना दिएका थिए ।

उनीहरुले मानवअधिकारको गम्भीर उल्लंघन र ज्यादतीकर्तालाई सत्ता र शक्तिको शीर्ष तहमा पुरस्कृत गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको ठाडो उन्लंघन गरेको बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget