Websoft University

www.radiomakalu.com || 021-522512


सप्तरीमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

राजविराज, फागुन १ । कोसीटप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गरेका दुई महिलाको मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको कन्चनरुप नगरपालिका–५ पथरीका ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीय दुर्गीदेवी मुखियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।
दाउरा खोज्दै आरक्षको सीमामा पुग्नासाथ हात्तीले लखेटेको वुधनीदेवी सरदारले बताइन् । सरदारले भने भागेर ज्यान बचाउन सफल भएकी छन् ।

घटनास्थलको मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाइने इलाका प्रहरी कार्यालय कन्चनरुपले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget