Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post

28022016084607ramchandra-300x0

दमौली (तनहुँ),  कात्तिक १६ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । बाजागाजासहित उहाँ उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । राष्ट्रिय समृद्धि र राजनीतिक स्थिरता कायम गर्न आपूmले उम्मेदवारी दिएको पौडेलले बताउनुभयो । यसैबीच कांग्रेसबाट तनहुँ–१, प्रदेश क मा गोविन्द भट्टराई र प्रदेश ख मा रघुनाथ पौडेल तथा तनहुँ–२ मा प्रतिनिधिसभाका लागि कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तथा प्रदेश क मा केन्द्रीय सदस्य प्रदीप पौडेल र प्रदेश ख मा ध्रुव वाग्लेले मनोनयनपत्र दर्ता गराउनुभएको छ । त्यस्तै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनतर्फबाट प्रतिनिधिसभाका लागि तनहुँ – १ मा कृष्णकुमार श्रेष्ठ र प्रदेश क मा रामबहादुर गुरुङ तथा प्रदेश ख मा हरिबहादुर चुमानले मनोनयनपत्र दर्ता गराउनुभएको छ । तनहुँ – २ मा गठबन्धनबाट प्रतिनिधिसभाका लागि केदार सिग्देल तथा प्रदेश क मा आशा कोइराला र प्रदेश ख मा किरण गुरुङले मनोनयनपत्र दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै एमाले नयाँ शक्ति, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक फोरमलगायत राजनीतिक पार्टीले प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारी दर्ता गराएको बताइएको छ । जोशीद्वारा स्वतन्त्र उम्मेदवारी कांग्रेसका नेता गोविन्दराज जोशीले प्रतिनिधिसभा सदस्यमा तनहुँ – १ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले ‘कांग्रेस बिपीको आदर्श र सिद्धान्तविपरीत हिँडेकाले’ आपूmले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताउनुभयो ।


Comrade-Mohan-Baidya-aka-Kiran-700-1-01042017081039
काठमाडौँ, कात्तिक १६ गते । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)का उम्मेदवारलाई मतदान गरी विजयी बनाउन अपिल गर्नुभएको छ ।

जनसमुदायको नाममा आज अपिल जारी गर्दै उहाँले आगामी मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चालाई सहयोग गरी निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको बताउनुभयो ।

अपिलमा भनिएको छ, “यो मोर्चा राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय जनगणतन्त्रको स्थापना र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट नै छ, अतः हाम्रो पार्टी देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारलाई मतदान गर्न आम जनसमुदायसित हार्दिक अनुरोध गर्दछ ।”

अध्यक्ष वैद्यले लोकतान्त्रिक र वाम गठबन्धन बनाई सत्ता र पैसाको चरम दुरुपयोग गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्यालाई झनै विकराल र भयावह बनाउँदै लगेकोसमेत आरोप लगाउनुभएको छ ।

न्यूनतम मतसीमा ‘थ्रेसहोल्ड’को व्यवस्था गरिनुले अब यो व्यवस्था बहुदलीय र बहुलवादी नभई दुई दलीय बन्न गएको अपिलमा उल्लेख छ ।

लोकतान्त्रिक तथा वाम गठबन्धनको विरोध तथा भण्डाफोर गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि नयाँ जनवादी क्रान्तिको तयारी गर्न, जनाधार तयार पार्न, भ्रष्टाचारीहरुलाई दण्ड सजाय दिन र जनताको सेवा गर्नका लागि मोर्चाका उम्मेदवारलाई मतदान गर्न सो अपिलमा आग्रह गरिएको छ ।



आइसीसी महिला टि-२० विश्वकपको एसियाली छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ ।


रुविना क्षेत्रीको कप्तानीमा बुधबार ३ बैकल्पिकसहित १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम, पुरुष टोलीका प्रशिक्षक जगत टमाटा, महिला टोलीका प्रशिक्षक सामसन थापा र कप्तान रुविना क्षेत्री सम्मिलित छनौट समिटिले नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीका सदस्यहरुमा कप्तान रुविना क्षेत्री, उपकप्तान सीता रानामगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनोजिया, सवनम राई, काजल श्रेष्ठ र संगीता राई छन् ।

त्यस्तै कविता कुँवर, नितु भण्डारी र रेखा रावल बैकल्पिक खेलाडीका रुपमा टिममा समावेश छन् ।

थाइल्याण्डमा आगामी मंसिर ४ देखि ११ गतेसम्म सन् २०१८ मा हुने महिला टि-२० विश्वकपका लागि एशियाली छनोट हुनेछ । प्रतियोगितामा नेपाल र थाइल्याण्डसहित हङकङ, चीन, मलेसिया र युएई गरी ६ टिमको सहभागिता हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल मंसिर ४ गते आयोजक थाइल्याण्डसँग खेल्नेछ भने दोस्रो खेल ५ गते हङकङसँग र तेस्रो खेल ७ गते युएईसँग खेल्नेछ ।

समूहको आफ्नो चौथो खेल नेपालले मंसिर ८ गते मलेसियासँग र अन्तिम खेल चीनसँग मंसिर १० गते खेल्नेछ ।

प्रतियोगिताको उपाधि बिजेता टोली आईसीसी महिला टि-२० विश्वकपको ग्लोवल क्वालिफायरका लागि छनोट हुनेछ ।

सामान्य अवस्थामा पनि थकाई लाग्छ ? वा सानोतिनो काम गर्दा बढी थाकेको अनुभव हुन्छ ?

त्यसो हो भने, यसलाई नजरअन्दाज गर्न मिल्दैन । किनभने, सामान्य जस्तो लाग्ने यो लक्षणले अन्तत शरीरमा रगतको मात्रा कम हुँदै जान्छ र एनिमिया निम्त्याउन सक्छ ।


खासगरी महिलाको हकमा यस्तो हुन्छ । हेमोग्लोबिनको स्तर तल र्झछ । यस्तो अवस्थामा सामान्य रोगले समेत नराम्ररी च्याप्न सक्छ । किन यस्तो हुन्छ त ?

एउटा मूख्य कारण हो, आइरनको कमी ।

शरीरलाई चुस्त दुरुस्त राख्न आइरनको विशेष भूमिका रहेको हुन्छ । खासमा हेमोग्लोबिनको सबैभन्दा जूरी तत्व्का रुपमा आइरनले सिंगो शरीरमा अक्सिजन पुर्‍याउने काम गर्छ । शरीरका हरेक कोषलाई शक्ति प्राप्त गर्नका लागि अक्सिजनको आवश्यकता हून्छ र यो आवश्यकता पुरा गर्न आइरनले मद्दत गर्छ । आइरनको अभावमा शरीर थाकेको र सुस्त अवस्थामा रहन्छ ।

यदि महिलाहरुले आफ्नो जीवनशैलीमा यी ७ परिवर्तन ल्याए भने निश्चितरुपमा उनीहरुको शरीरमा कहिल्यै पनि आइरनको कमि हुँनेछैन । आउनुस जानौं के हुन् त यी ७ परिवर्तन ?

१. यदि तपाईं शाकाहारी हुनुहुन्छ भने आफ्नो भोजनमा मुसुरोको दाल, फलफुल, चना, सिमी, पत्तेदार तरकारी जस्तै पालुंगो वा काउलीको प्रयोग गर्नुस । यी सबैमा आइरनको मात्रा प्रचुर हुन्छ ।

२. यदि तपाईं मांशाहारी हो भने आयस्टर, बीफ लीवर, चिकन र लीन वीफ जस्ता कैयन विकल्प तपाईंसँग छन् । यी सबैले भोजनमा आइरनको कमिर्लाइ पुरा गर्छन् ।

३. यदि तपाई बिहान सबेरै कलेज वा अफिस जानुपर्छ र नास्ता बनाउने समय छैन भने बिहानको खानामा रोटी र पाउरोटी समावश गर्नुस । यी दुवैमा आइरनको अतिरिक्त मात्रा हुन्छ ।

४. के तपाईंलाई गुलियो मन पर्छ ? यदि मन पर्छ भने डार्क चकलेट तपाईंकै लागि हो । यसले केवल तपाईंको तलतल मेटाउने होइन कि शरीरमा आइरनको मात्रा पनि पुरा गर्छ ।

५. आइरनबाट भरिपूर्ण खाद्यपदार्थको अतिरिक्त तपाईंलाई भिटामिन सीको पनि आवश्यकता हुन्छ । यसका लागि तपाईंले ब्रोकाउली र स्ट्रेवेरीको सेवन गर्नुपर्छ र साथमा सुन्तलाको जुस पिउनु फाइदाजनक हुन्छ ।

६. यदि तपाईं चिया वा कफिको पारखी हुनुहुन्छ भने ध्यानमा राख्नुस कि कहिले पनि आफ्नो खानासँगै चिया-कफी पिउनु हुँदैन । खानासँगै वा खाना लगत्तै चिया वा कफिी पिउँदा यसमा मौजुद टनिकले खानामा पाइने आइरनर्लाइ अब्जर्भ गर्न सक्छ ।

७. आफ्नो जीवनशैलीमा यी सबै परिवर्तनका अलावा तपाईं डाक्टरको सिफारिसमा आफ्नो निचर्यामा लिभोजिन जस्तो उत्तम आइरन सप्लिमेन्ट पनि जोड्न सक्नुहुन्छ । यो सजिलै उपलब्ध हुन्छ ।



पोखरा, कात्तिक १६ गते । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटीको बैठकले सात सदस्यीय संयुक्त वाम गठबन्धन कार्यदल गठन गरेको छ ।

कार्यदलमा एमालेका चार र माओवादी केन्द्र तीन सदस्य रहेको नेकपा (एमाले)का सचिव दामोदर वैरागीले जानकारी दिनुभयो । कार्यदलमा एमालेका तर्पmबाट जिल्ला अध्यक्ष कृष्ण थापा, सचिव दामोदर वैरागी, उपसचिव प्रभा कोइराला र वैनबहादुर क्षेत्री रहनुभएको छ ।

त्यस्तै माओवादी केन्द्रका तर्पmबाट पार्टीका जिल्ला संयोजक बखान सिंह गुरुङ, सहसंयोजक गंगा पोखरेल र केशव पौडेल हुनुहुन्छ ।

सबै जनवर्गीय संगठन र पार्टीको तल्लो वडा कमिटीसम्म कार्यदल गठन गरेर चुनावमा परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका नौवटै उम्मेदवारलाई जिताउने गरी रणनीति तयदेखि कार्यकर्ता परिचालनसहितको जिम्मेवारी कार्यदललाई दिइएको छ ।

बैठकले भोलि कात्तिक १६ गते बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दा वाम गठबन्धनका तर्पmवाट कुनै एक पार्टीको उम्मेदवार भए प्रस्तावक र समर्थक अर्को पार्टीको राख्ने निर्णयसमेत गरेको छ । मनोनयन दर्ता गर्न जाँदा संयुक्त जुलुस लैजाने पनि बैठकले निर्णय गरेको छ । एमालेका जिल्लाअध्यक्ष कृष्ण थापाको अध्यक्षतामा बैठक बसेको थियो । (रासस)



काठमाडौँ, कात्तिक १६ गते । अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरुबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताउनुभयो ।

आउँदो नोभेम्बर ८, ९ र १० मा हुने सम्मेलनमा तीनै देशका प्राध्यापक, बुद्धिजीवी, लेखक, विद्यार्थी नेतालगायत सहभागी हुनेछन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।



अध्यक्ष मास्केले नेपालमा वाम गठबन्धनले निर्वाचन जितेर आफ्ना प्रतिबद्धता पूरा गरेमा समृद्धिको यात्रा तय हुने बताउनुभयो ।

भारतबाट वाम बुद्धिजीवीहरु प्रख्यात पटना, सिपी चन्द्रशेखर, आनन्दस्वरुप वर्मा तथा चीनबाट चाइनिज एकेडेमी अफ सोसल साइन्सका प्रतिनिधि सहभागी हुनेछन् ।

सन् १९१७ नोभेम्बर ७ मा रुसमा तत्कालीन सत्ताको विरोधमा कम्युनिस्टहरुले चलाएको आन्दोलन सफल भएको दिनलाई अक्टोबर क्रान्तिका रुपमा स्मरण गरिन्छ ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget