Websoft University

www.radiomakalu.com || 021-522512


देजमोका उम्मेदवारलाई मतदान गर्न अध्यक्ष वैद्यको अपिल


Comrade-Mohan-Baidya-aka-Kiran-700-1-01042017081039
काठमाडौँ, कात्तिक १६ गते । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)का उम्मेदवारलाई मतदान गरी विजयी बनाउन अपिल गर्नुभएको छ ।

जनसमुदायको नाममा आज अपिल जारी गर्दै उहाँले आगामी मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चालाई सहयोग गरी निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको बताउनुभयो ।

अपिलमा भनिएको छ, “यो मोर्चा राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय जनगणतन्त्रको स्थापना र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट नै छ, अतः हाम्रो पार्टी देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारलाई मतदान गर्न आम जनसमुदायसित हार्दिक अनुरोध गर्दछ ।”

अध्यक्ष वैद्यले लोकतान्त्रिक र वाम गठबन्धन बनाई सत्ता र पैसाको चरम दुरुपयोग गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्यालाई झनै विकराल र भयावह बनाउँदै लगेकोसमेत आरोप लगाउनुभएको छ ।

न्यूनतम मतसीमा ‘थ्रेसहोल्ड’को व्यवस्था गरिनुले अब यो व्यवस्था बहुदलीय र बहुलवादी नभई दुई दलीय बन्न गएको अपिलमा उल्लेख छ ।

लोकतान्त्रिक तथा वाम गठबन्धनको विरोध तथा भण्डाफोर गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि नयाँ जनवादी क्रान्तिको तयारी गर्न, जनाधार तयार पार्न, भ्रष्टाचारीहरुलाई दण्ड सजाय दिन र जनताको सेवा गर्नका लागि मोर्चाका उम्मेदवारलाई मतदान गर्न सो अपिलमा आग्रह गरिएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget