Websoft University

www.radiomakalu.com || 021-522512


वरिष्ठ नेता पौडेलद्वारा तनहुँ १ बाट उम्मेदवारी

28022016084607ramchandra-300x0

दमौली (तनहुँ),  कात्तिक १६ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । बाजागाजासहित उहाँ उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । राष्ट्रिय समृद्धि र राजनीतिक स्थिरता कायम गर्न आपूmले उम्मेदवारी दिएको पौडेलले बताउनुभयो । यसैबीच कांग्रेसबाट तनहुँ–१, प्रदेश क मा गोविन्द भट्टराई र प्रदेश ख मा रघुनाथ पौडेल तथा तनहुँ–२ मा प्रतिनिधिसभाका लागि कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तथा प्रदेश क मा केन्द्रीय सदस्य प्रदीप पौडेल र प्रदेश ख मा ध्रुव वाग्लेले मनोनयनपत्र दर्ता गराउनुभएको छ । त्यस्तै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनतर्फबाट प्रतिनिधिसभाका लागि तनहुँ – १ मा कृष्णकुमार श्रेष्ठ र प्रदेश क मा रामबहादुर गुरुङ तथा प्रदेश ख मा हरिबहादुर चुमानले मनोनयनपत्र दर्ता गराउनुभएको छ । तनहुँ – २ मा गठबन्धनबाट प्रतिनिधिसभाका लागि केदार सिग्देल तथा प्रदेश क मा आशा कोइराला र प्रदेश ख मा किरण गुरुङले मनोनयनपत्र दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै एमाले नयाँ शक्ति, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक फोरमलगायत राजनीतिक पार्टीले प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारी दर्ता गराएको बताइएको छ । जोशीद्वारा स्वतन्त्र उम्मेदवारी कांग्रेसका नेता गोविन्दराज जोशीले प्रतिनिधिसभा सदस्यमा तनहुँ – १ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले ‘कांग्रेस बिपीको आदर्श र सिद्धान्तविपरीत हिँडेकाले’ आपूmले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget