Websoft University

www.radiomakalu.com || 021-522512


टि-२० विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा



आइसीसी महिला टि-२० विश्वकपको एसियाली छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ ।


रुविना क्षेत्रीको कप्तानीमा बुधबार ३ बैकल्पिकसहित १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम, पुरुष टोलीका प्रशिक्षक जगत टमाटा, महिला टोलीका प्रशिक्षक सामसन थापा र कप्तान रुविना क्षेत्री सम्मिलित छनौट समिटिले नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीका सदस्यहरुमा कप्तान रुविना क्षेत्री, उपकप्तान सीता रानामगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनोजिया, सवनम राई, काजल श्रेष्ठ र संगीता राई छन् ।

त्यस्तै कविता कुँवर, नितु भण्डारी र रेखा रावल बैकल्पिक खेलाडीका रुपमा टिममा समावेश छन् ।

थाइल्याण्डमा आगामी मंसिर ४ देखि ११ गतेसम्म सन् २०१८ मा हुने महिला टि-२० विश्वकपका लागि एशियाली छनोट हुनेछ । प्रतियोगितामा नेपाल र थाइल्याण्डसहित हङकङ, चीन, मलेसिया र युएई गरी ६ टिमको सहभागिता हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल मंसिर ४ गते आयोजक थाइल्याण्डसँग खेल्नेछ भने दोस्रो खेल ५ गते हङकङसँग र तेस्रो खेल ७ गते युएईसँग खेल्नेछ ।

समूहको आफ्नो चौथो खेल नेपालले मंसिर ८ गते मलेसियासँग र अन्तिम खेल चीनसँग मंसिर १० गते खेल्नेछ ।

प्रतियोगिताको उपाधि बिजेता टोली आईसीसी महिला टि-२० विश्वकपको ग्लोवल क्वालिफायरका लागि छनोट हुनेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget