Websoft University

www.radiomakalu.com || 021-522512


संयुक्त वाम गठबन्धन कार्यदल गठन



पोखरा, कात्तिक १६ गते । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटीको बैठकले सात सदस्यीय संयुक्त वाम गठबन्धन कार्यदल गठन गरेको छ ।

कार्यदलमा एमालेका चार र माओवादी केन्द्र तीन सदस्य रहेको नेकपा (एमाले)का सचिव दामोदर वैरागीले जानकारी दिनुभयो । कार्यदलमा एमालेका तर्पmबाट जिल्ला अध्यक्ष कृष्ण थापा, सचिव दामोदर वैरागी, उपसचिव प्रभा कोइराला र वैनबहादुर क्षेत्री रहनुभएको छ ।

त्यस्तै माओवादी केन्द्रका तर्पmबाट पार्टीका जिल्ला संयोजक बखान सिंह गुरुङ, सहसंयोजक गंगा पोखरेल र केशव पौडेल हुनुहुन्छ ।

सबै जनवर्गीय संगठन र पार्टीको तल्लो वडा कमिटीसम्म कार्यदल गठन गरेर चुनावमा परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका नौवटै उम्मेदवारलाई जिताउने गरी रणनीति तयदेखि कार्यकर्ता परिचालनसहितको जिम्मेवारी कार्यदललाई दिइएको छ ।

बैठकले भोलि कात्तिक १६ गते बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दा वाम गठबन्धनका तर्पmवाट कुनै एक पार्टीको उम्मेदवार भए प्रस्तावक र समर्थक अर्को पार्टीको राख्ने निर्णयसमेत गरेको छ । मनोनयन दर्ता गर्न जाँदा संयुक्त जुलुस लैजाने पनि बैठकले निर्णय गरेको छ । एमालेका जिल्लाअध्यक्ष कृष्ण थापाको अध्यक्षतामा बैठक बसेको थियो । (रासस)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget