Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post

1509616909033_NA_Chitwan_20160902_Dahal (5)

चितवन, कात्तिक १६ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन र दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन दुवै राजनीतिक स्थिरताका लागि भएको बताउनुभएको छ । चितवन क्षेत्र नं ३ बाट आज प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग दाहालले आर्थिक विकास र समृद्धिका निम्ति दुवै गठबन्धन ठूलो अवसर भएको बताउनुभयो । यो गठबन्धन वाम गठबन्धनबाट मात्रै नभएर दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धनबाट पनि भएकाले देशमा राजनीतिक स्थिरताको वातावरण बन्ने उहाँले बताउनुभयो । नेपाली जनता, राष्ट्रिय हित र एकताको निम्ति दुवै गठबन्धन हितकर हुने पनि उहाँको भनाइ थियो । देशमा ७० वर्षदेखि राजनीतिक स्थिरता हुन नसकेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको इतिहासमा पाँच वर्ष कुनै सरकार टिक्न सकेन, जसले नेपाली जनताको आर्थिक विकास र समृद्धिको चाहना कहिल्यै पूरा हुन सकेन ।” यो निर्वाचनमा वामपन्थी एकता कायम गरेर कम्युनिस्ट शक्तिलाई एक ठाउँमा विशेष उद्देश्यका साथ नयाँ तालमेलसहित आफू चितवन आएको भन्दै उहाँले यो ऐतिहासिक क्षण भएको आफूले महसुस गरेको बताउनुभयो । सशस्त्र द्वन्द्वपछि पहिलोपटक रोल्पा र काठमाडौँ र दोस्रोपटक सिरहाबाट निर्वाचित भएर गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बन्नुभएका दाहालले पहिलोपटक गृहजिल्ला चितवनबाट उम्मेदवारी दिनुभएको हो । उहाँको उम्मेदवारी दर्तामा प्रस्तावक माओवादी नेता अमिक शेरचन र समर्थकमा नेकपा (एमाले)का क्षेत्र नं ३ का संयोजक रामजीप्रसाद सापकोटा रहनुभएको छ । चितवनको सम्पन्नता दुईभाइको काँधमा ः पाण्डे वाम गठबन्धनबाटै चितवन क्षेत्र नं १ मा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू पूर्व अर्थमन्त्री र दाहाल पूर्व प्रधानमन्त्री भएको भन्दै उहाँले चितवनको सम्पन्नता माथि उठाउने जिम्मेवारी दुईभाइको काँधमा आएको बताउनुभयो । वाम गठबन्धनले चितवन क्षेत्र नं १ सुरेन्द्र पाण्डे, २ कृष्णभक्त पोखरेल र ३ बाट पुष्पकमल दाहालको उम्मेदवारी दर्ता गराएको हो । त्यसैगरी प्रदेशतर्फ १ को ‘क’ बाट एमालेका दावा लामा, ‘ख’ बाट एमालेकै कृष्ण खनाल, क्षेत्र नं २ ‘क’ बाट माओवादी केन्द्रका घनश्याम दाहाल, ‘ख’ बाट एमालेका विजय सुवेदी र क्षेत्र नं ३ ‘क’ बाट एमालेका कृष्णप्रसाद भुर्तेल र ‘ख’ बाट माओवादी केन्द्रका रामलाल महतोले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

index_6

काठमाडौँ, कात्तिक १६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार राति गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता लिएको छ । प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिनुभएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार बुधबार रातिदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५, पेट्रोलमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । सरकारको निर्देशनपछि वृद्धि भएको मूल्य फिर्ता गरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।



रत्ननगर, चितवन, कात्तिक १६ गते । चितवनमा आजदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिनुभयो ।

बिहान १० बजेदेखि शुरु भएको सम्मेलनमा अहिले ‘लाइभ’ शल्यक्रिया चलिरहेको डा नेपालले जानकारी दिनुभयो ।

चितवनको क्यान्सर अस्स्पतालको शल्यक्रिया कक्षमा क्यान्सरको शल्यक्रिया भइरहेको र प्रविधिमार्फत सम्मेलन हलमा विज्ञहरुले प्रत्यक्षरुपमा अध्ययन र अवलोकन गरिरहेका छन् ।

शल्यक्रियाको पद्धतिबारे प्रत्यक्ष हेरेर अनुभव आदानप्रदान हुने विज्ञहरुले बताएका छन् । दुई वटा हलमा शुरु भएको सम्मेलनको अर्काे हलमा भने भारतका विज्ञ प्राध्यापक डा राजेश चन्दवानीले आफ्नो अध्ययन र अनुभवको विषयमा कार्यपत्र प्रस्तुत गरी सो विषयमा छलफल भइरहेको डा नेपालले बताउनुभयो ।

आज दिउँसो दोस्रो सत्रमा विभिन्न विज्ञबाट छ वटा कार्यपत्र प्रस्तुत भई छलफल हुने कार्यक्रम रहेको स्थानीय आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले जानकारी दिनुभयो ।

यही कात्तिक १८ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न देशका गरी ३०० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । जसमा २० जना विज्ञ विदेशबाट सहभागी भएका छन् ।

सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका विशेषज्ञहरु सहभागी रहेको डा रौनियारले बताउनुभयो ।

सम्मेलनमा देशविदेशमा क्यान्सर रोगको उपचार पद्धतिका विषयमा अनुभव आदानप्रदान गरी विश्वमा भएका नयाँ उपचार प्रविधिका बारेमा जानकारी आदानप्रदान हुने जनाइएको छ ।

राजधानी बाहिर सम्मेलन पहिलोपटक चितवनमा आयोजना भएको हो । सम्मेलनको औपचारिक उद्घाटन भोलि शुक्रबार क्यान्सर रोग लागेर निको भएकी अभिनेत्री मनिषा कोइरालाले गर्ने जनाइएको छ । (रासस)



काठमाडौँ, कात्तिक १६ गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुहुने भएको छ ।

पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन गर्ने तालिका तोकेको छ ।

पार्टीका उम्मेदवार तय गर्न बुधबार रातिसम्म पार्टीको संसदीय समितिको बैठकमा व्यस्त हुनु परेकाले प्रधानमन्त्री देउवा उम्मेदवारी दर्ता गर्न आफू जान नसक्नु भएको हो ।  रासस



काठमाडौँ, कात्तिक १६ गते । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चीनले गरेको विकासबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिनुभएको छ ।

चीन दक्षिण एशिया मेला सचिवालय, नेपाल चीन कार्यकारिणी परिषद् र युनान इन्टरनेशनल एक्पोजिसन अफेयर्स ब्यूरोको आयोजनामा आजदेखि भृकुटीमण्डपमा शुरु भएको ‘चीन दक्षिण एशिया मेला’ उद्घाटन गर्दै उहाँले नेपालको उद्योग र व्यापारलाई प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

“नेपालको व्यापार घाटा बढिरहेका बेला यस्ता मेलाले नेपालको आर्थिक विकासका लागि ठूलो सहयोग पुग्दछ,” मन्त्री बस्नेतले भन्नुभयो ।

संविधान निर्माण पछि स्थानीय तहको निर्वाचन भइसकेको र अब संघ तथा प्रदेशको निर्वाचन गरेर मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले सुझाव दिनुभयोे, “राजनीतिक अस्थिरताका कारण नेपालमा लगानी गर्ने वातावरण थिएन अब निर्वाचनसँगै राजनीतिक अस्थिरता समाप्त भएको छ, ढुक्क भएर लगानी गर्नुहोस्।”

नेपाल चीन कार्यकारिणी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले नेपालका लगानीकर्ता र व्यापारीका लागि यो मेला सहयोगी हुने र आगामी दिन देशका विभिन्न भागमा यस्तो मेला गरिने बताउनुभयो ।

चीन दक्षिण एशिया मेलाका कार्यकारी समितिका प्रमुख गाओ सुजुनले मेलाले दुई देशको व्यापार, सांस्कृतिक, आर्थिक तथा सामाजिक सम्बन्धलाई बलियो बनाउँछ भन्नुभयो ।

नेपालमा पहिलोपटक हुन लागेको उक्त मेला आजदेखि आगामी कात्तिक १९ गतेसम्म चल्नेछ । नेपाल तथा चीनमा उत्पादित वस्तुका १५० कक्षमा ऊर्जा, लगानी, प्राकृतिक स्रोतको विकास, विद्युतीय तथा सूचना प्रविधि, चिया उत्पादन, पर्यटन प्रवद्र्धन, हस्तकलाका सामग्री, परम्परागत पोशाक, खानेकुरा प्रशोधन उपकरण लगायतका सामग्री राखिएका छन् । (रासस)



सिन्धुपाल्चोक, कात्तिक १५ गते  । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले निर्वाचन आचरसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन कार्यालयले स्पष्टीकरण सोधेको छ ।


निर्वाचन आचारसंहिता विपरित सञ्चारमन्त्री बस्नेतले गएको शुक्रबार सुनकोशी गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको उद्घान गरेका थिए । उद्घाटन पछि क्षेत्र नम्बर-१ का उमेदवार समेत रहेका बस्नेत सहित प्रदेश सभाका उमेदवारहरु समेत सहभागी भएर चुनावी सभा गरिएको थियो ।

‘हामीले उद्घाटन कार्यक्रम छ भन्ने थाहा पाएपछि त्यसलाई रोक्न भनेका थियौं तर पछि उहाँहरुले गुर्नभएछ’, बुधबार जिल्लाका सञ्चारकर्मीहरुसँग कुरा गर्दे मुख्य निर्वाचन अधिकृत दीपक खनालले भने । ‘कार्यक्रम रोक्नुहोस भनेर अनुरोध गरेका थियौ तर उहाँहरुले जर्बरजस्ती गर्नुभयो ।’

निर्वाचन आचरसंहिता विपरीत कार्य गरेको भन्दै अन्य राजनीतिक दलका उमेदवारहरुले निर्वाचन कार्यालय र मन्त्री बस्नेतको चर्काे आलोचना गरेका थिए ।

बुधबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधि एवम उमेदवारहरुसँग गरेको छलफलमा अन्य उमेदवारहरुले मन्त्री बस्नेतको आलोचना गरेका थिए ।

सञ्चारमन्त्री बस्नेतलाई निर्वाचन कार्यालयले स्पष्टीकरण सोधे पनि मन्त्री बस्नेत भने दैनिक रुपमा विकासे योजनाहरुको उद्घाटन गर्नमा नै व्यस्त छन् ।

उम्मेदवार बस्नेतले मंगलबार मात्रै लिसंखुपाखर गाउँपालिका-७ ठुलोपाखरमा रहेको मानेडाँडा-पाखरखोला सडकको उद्घाटन गरेका थिए । आफूले बजेट हालेको भन्दै मन्त्री बस्नेतले सडक उद्घाटन गरेको वडा अध्यक्ष बयानबहादुर घिसिङले जानकारी दिए ।- अनलाइनखबर

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget