Websoft University

www.radiomakalu.com || 021-522512


सञ्चारमन्त्री बस्नेतलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण



सिन्धुपाल्चोक, कात्तिक १५ गते  । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले निर्वाचन आचरसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन कार्यालयले स्पष्टीकरण सोधेको छ ।


निर्वाचन आचारसंहिता विपरित सञ्चारमन्त्री बस्नेतले गएको शुक्रबार सुनकोशी गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको उद्घान गरेका थिए । उद्घाटन पछि क्षेत्र नम्बर-१ का उमेदवार समेत रहेका बस्नेत सहित प्रदेश सभाका उमेदवारहरु समेत सहभागी भएर चुनावी सभा गरिएको थियो ।

‘हामीले उद्घाटन कार्यक्रम छ भन्ने थाहा पाएपछि त्यसलाई रोक्न भनेका थियौं तर पछि उहाँहरुले गुर्नभएछ’, बुधबार जिल्लाका सञ्चारकर्मीहरुसँग कुरा गर्दे मुख्य निर्वाचन अधिकृत दीपक खनालले भने । ‘कार्यक्रम रोक्नुहोस भनेर अनुरोध गरेका थियौ तर उहाँहरुले जर्बरजस्ती गर्नुभयो ।’

निर्वाचन आचरसंहिता विपरीत कार्य गरेको भन्दै अन्य राजनीतिक दलका उमेदवारहरुले निर्वाचन कार्यालय र मन्त्री बस्नेतको चर्काे आलोचना गरेका थिए ।

बुधबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधि एवम उमेदवारहरुसँग गरेको छलफलमा अन्य उमेदवारहरुले मन्त्री बस्नेतको आलोचना गरेका थिए ।

सञ्चारमन्त्री बस्नेतलाई निर्वाचन कार्यालयले स्पष्टीकरण सोधे पनि मन्त्री बस्नेत भने दैनिक रुपमा विकासे योजनाहरुको उद्घाटन गर्नमा नै व्यस्त छन् ।

उम्मेदवार बस्नेतले मंगलबार मात्रै लिसंखुपाखर गाउँपालिका-७ ठुलोपाखरमा रहेको मानेडाँडा-पाखरखोला सडकको उद्घाटन गरेका थिए । आफूले बजेट हालेको भन्दै मन्त्री बस्नेतले सडक उद्घाटन गरेको वडा अध्यक्ष बयानबहादुर घिसिङले जानकारी दिए ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget