Websoft University

www.radiomakalu.com || 021-522512


प्रमको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य यथावत्

index_6

काठमाडौँ, कात्तिक १६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार राति गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता लिएको छ । प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिनुभएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार बुधबार रातिदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५, पेट्रोलमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । सरकारको निर्देशनपछि वृद्धि भएको मूल्य फिर्ता गरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget