Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत



काठमाडौँ, कात्तिक १६ गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुहुने भएको छ ।

पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन गर्ने तालिका तोकेको छ ।

पार्टीका उम्मेदवार तय गर्न बुधबार रातिसम्म पार्टीको संसदीय समितिको बैठकमा व्यस्त हुनु परेकाले प्रधानमन्त्री देउवा उम्मेदवारी दर्ता गर्न आफू जान नसक्नु भएको हो ।  रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget