Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post

http://annapurnapost.com/uploads/news/kamal_thapa_dilanath_giri-5a46186879b816.52383577.jpg

काठमाडौं , पुस १४ गते । सहरी विकासमन्त्री दिलनाथ गिरीले पार्टी अध्यक्ष कमल थापाको निरंकुश सोचका कारण आफू बर्खास्तीमा परेको बताएका छन्। बिहीबारको मन्त्रीपरिषद् बैठकमा जुहारी चलेको २४ घन्टा बित्न नपाउँदै बर्खास्त भएका गिरीले अन्नपूर्ण अनलाइनसँग भने, ‘बर्खास्त गरेको कुरा मिडियाबाट थाहा पाएको छु, मलाई पार्टीले आधिकारीक जानकारी गराएको छैन। यो सब पार्टी अध्यक्ष कमल थापाको निरंकुशता र सामन्त सोचको उपज हो।’

पार्टीगत निर्णय नगरी अध्यक्ष थापाले आफूलाई बर्खास्त गरेको आरोप गिरीको छ। ‘प्रजातन्त्रमा सबैले आआफ्नो विचार र गुनासा राख्न पाउने अधिकार छ। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा चरम निरंकुश बनिसक्नु भएको छ। यो सब त्यसकै परिणाम हो।’

बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव पेश गरेपछि उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले आपत्ति जनाएका थिए। थापाले पार्टी निर्णय विपरित मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव राखेको भन्दै तत्काल मन्त्रिपरिषद् बैठकमै राजीनामा दिन निर्देशन दिएका थिए। मन्त्री गिरीले राजीनामा दिन आफूलाई आपत्ति नभएको तर, राजीनामा प्रधानमन्त्रीलाई दिने जवाफ फर्काएका थिए।

मन्त्री गिरीले आफ्नो प्रस्तावप्रति आपत्ति जनाएपछि पार्टी अध्यक्ष कमल थापालाई झोक्किएर भनेका थिए, ‘मलाई राजीनामा दिन आपत्ति छैन। तर, राजीनामा तपाईंलाई होइन प्रधानमन्त्रीलाई बुझाउने हो। के तपाईंलाई चाहिँ मन्त्री बनिराख्नका निम्ति चुनावमा जनताले जनादेश दिएका छन् ?’

यही विवादमा रुष्ट बनेका थापाले मन्त्री गिरीलाई शुक्रबार नै बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका हुन्। देउवा मन्त्रिपरिषदमा  अध्यक्ष थापा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारीमा छन्।

पार्टी अध्यक्षले बर्खास्त गर्न पत्र पठाएको खबर मिडियाबाट थाहा पाएका गिरी शुक्रबार मन्त्रालय नगई घरमै बसेका छन्। आज कता हुनुहुन्छ भन्ने अन्नपूर्णको जिज्ञासामा बर्खास्तीमा परेका मन्त्री गिरीले भने, ‘घरमै बसेको छु।’ आज मन्त्रालय जानु भएन ? ‘म गइनँ’, गिरीले छोटो जवाफ दिए।

गिरीले पार्टीको कामकारबाहीबारे असन्तुष्टि जनाउँदै नाम प्रजातान्त्रिक भएपनि पार्टीभित्र प्रजातन्त्रको अभ्यास हुन नसकेको आरोप लगाए। ‘पार्टीभित्र कुनै आधिकारीक निर्णय हुँदै हुँदैन। प्रजातान्त्रिक पार्टीमा बहस हुन्छ
। तर, राप्रपामा छलफल पनि हुँदैन’, गिरीले भने, ‘राप्रपा भनेको कमल थापाको निरंकुशताको पराकाष्ट हो।’
- अन्नपूर्ण पोस्टबाट

http://annapurnapost.com/uploads/news/lokendra-bahadur-chand-5a4597c6593666.16365704.jpg

काठमाडौं पुस १४ गते । राप्रपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पार्टी विलयको बाटोमा गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। राप्रपाका संस्थापक नेतासमेत रहेका चन्दले नेताहरूमा सत्ता र स्वार्थ हाबी भएकाले पार्टीको भविष्य चुनौतीपूर्ण रहेको बताए। उनले भने, ‘विभाजित स्थितिमा राप्रपाको भविष्य म देख्दिन। अहिले तीन चिरामा विभाजित पार्टीबीच एकता नभए राप्रपा विलयको बाटोमा जाने निश्चित छ।'

अन्नपूर्णसँगको विशेष कुराकानीमा बिहीबार उनले भने, ‘राप्रपा सैद्धान्तिकभन्दा केही नेताको सत्ता लोलुपताले विभाजित भयो। नेताहरूमा पछिल्लो समय सत्तामा कसरी पुग्ने प्रतिस्पर्धा र पार्टी नेतृत्वमा निरन्तरता दिइरहने प्रवृत्ति मात्र रह्यो। फलस्वरूप जानि नजानी पार्टी एकता र अनेकताको शृंखला चल्यो।'

राप्रपा वैकल्पिक राष्ट्रवादी शक्तिका रूपमा स्थापित भइरहेका बेला चुनावको संघारमा पार्टी विभाजन हुनु बिडम्बना भएको चन्दको भनाइ थियो। ‘देशको चौथो दलका रुपमा स्थापित भइसकेको राप्रपा आज अस्तित्वबिहिन अवस्थामा पुग्यो उनले भने, ‘तर चुनावको मुखमा पार्टी विभाजित हुँदा स्वभाविक रुपमा कमजोर हुने नै भयो।' उनले कांग्रेससँग चुनावी गठबन्धन गर्दासमेत कमजोरी भएको बताए।

उनले देशभर दुवै राप्रपाले प्रतिनिधिसिभामा ४÷४ सिटमा मात्र उम्मेदवारी दिएकाले उम्मेदवार नभएपछि समानुपातिकमा थोरै मत आएको बताए। विभाजनपछि आफू कुनै पनि पार्टीमा आबद्ध नरहेको उनले बताए। उनले फेरि पार्टी एकता गर्नसमेत सुझाव दिए।

‘राप्रपा एजेन्डामा पनि कमजोर देखियो। अब पार्टी एकतासँगै हिन्दु राज्यको एजेन्डा उठाउन सके मात्र राप्रपाले फेरि जनमत पाउन सक्छ', उनले भने, ‘राप्रपाले हिन्दु राज्यको माग छाडेको हो कि भन्ने भ्रम जनतामा परेको छ।' उनले राष्ट्रपतिलाई विवादमा ल्याउन नहुनेमा जोड दिए।

उनले सहमतिमै अध्यादेश विवाद टुंग्याउनु उचित हुने भन्दै यथाशक्य राजनीतिक गतिरोध टुंग्याउन दलहरूसँग आग्रह गरे। वाम गठबन्धनका पक्षमा स्पष्ट बहुमत आइसकेपछि प्रधानमन्त्रीले राजीनामा नदिएर कुर्सीमोह देखाएको आरोप पनि चन्दको थियो।

https://www.onlinekhabar.com/wp-content/uploads/2017/12/eat-healthy.jpg

अनेक किसिमको रोगले आक्रमण गर्न सक्छ । यस्ता आक्रमणबाट बच्नका लागि शरीर रोग प्रतिरोधात्मक हुनुपर्छ । अर्थात शरीरमा रोगसँग लड्ने क्षमता हुनुपर्छ । यस्तो क्षमता भएको अवस्थामा हामीलाई सानोतिनो रोगले गाँज्दैन । वाहिरी चिसो बढ्दैमा वा ह्वात्तै गर्मी चर्कदैमा शरीरमा समस्या आउँदैन ।

त्यसो त दिनहुँ हामी थरीथरीका खानेकुरा खाइरहेका हुन्छौ । धेरै ठाउँमा पुगिरहेका हुन्छौ । कतै वायु प्रदूषण झेलिरहेका हुन्छौ, कतै रोगीको सम्पर्कमा पुगिरहेका हुन्छौ । यस्तो अवस्थामा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने हामीलाई त्यसले तुरुन्तै असर गर्न सक्छ । तर, रोगसँग लड्ने क्षमता भएको अवस्थामा भने यस्ता संक्रमणलाई शरीरले सजिलै पचाइदिन्छ । हामी निरोगी हुन्छौ । स्वस्थ्य हुन्छौ ।

तर, रोगसँग लड्ने क्षमता सबैको एकनास हुँदैन । यसका लागि हामीले शरीरलाई त्यही अनुसार तयार पनि राख्नुपर्छ । कसरी त ?

पानी

यो प्राकृतिक औषधि हो । प्रचुर मात्रामा शुद्ध पानीको सेवनले शरीरमा जम्मा भएका कति प्रकारका विषालु तत्वहरुलाई बाहिर निकाल्छ र प्रतिरोधक क्षमता बढ्छ । पानी तातो, मनतातो वा चिसो खान सकिन्छ । तर, फ्रिजको पानीबाट भने जोगिनुपर्छ ।

मौसमी फल

मौसम अनुसार जुन फल उपलब्ध हुन्छ, त्यो सेवन गर्नुपर्छ । साथै रसिलो फलफूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । सुन्तला, मौसम आदि रसिला फलहरुमा भरपूर मात्रामा खनिज, लवण तथा भिटामिन सी हुन्छन् । यिनीहरुले प्रतिरोधक क्षमता बढाउन महत्वपूर्ण भूमिका निभाउँछन् । चाहे सिंगो फल खानुस वा यसको रस निचोरेर । रसमा चिनी वा नून पनि मिलाउन सकिन्छ ।

ड्राइ फ्रुट्स


चिसो मौसममा ड्राइ फ्रुट्सको सेवन फाइदाजनक हुन्छ । यिनीहरुलाई रातभरी भिजाएर राखेर बिहान चिया वा दूधको साथमा खान सकिन्छ । खाना खानुभन्दा आधा घन्टा अगाडि ड्राइ फ्रुट्स खानु स्वास्थ्यका लागि हितकर हुन्छ ।

अंकुरित अन्न


अंकुरित अन्न (जस्तै मुङ, चना, केराउ आदि) तथा भिजाइएको दाल भरपूर मात्रामा सेवन गरौं । अन्नलाई अंकुरित गर्दा त्यसमा रहेका पोषक तत्वहरुको क्षमता बढ्छ । यो पचाउन सजिलो हुनुका साथै पौष्टिक र स्वादिष्ट पनि हुन्छ ।

सलाद

भोजनसँग सलादको उपभोग बढिभन्दा बढि गर्नुस । भोजनलाई पूर्णरुपमा पचाउनका लागि सलादको सेवन जरुरी हुन्छ । टमाटर, मुला, गाजर, प्याज, चुकन्दर आदिलाई सलादमा समावेश गर्नुस । यिनीहरुमा प्राकृतिक रुपमा रहेको नून हाम्रो लागि पर्याप्त हुन्छ । माथिबाट नून हाल्नु आवश्यक छैन ।

चोकरसहित अन्न

गहुँ, कोदो, मकै जस्ता अन्नहरुको सेवन चोकरसहित गर्नु राम्रो हुन्छ । यसबाट कब्जियत हुँदैन र प्रतिरोधि क्षमता चुस्त दुरुस्त रहन्छ ।

तुलसी

तुलसीको धार्मिक महत्व आफ्नो ठाउँमा छ तर यसका साथै यो एउटा एन्टिबायोटिक, दुखाई कम गर्न तथा रोग प्रतिरोधक क्षमता बढाउन पनि फाइदाजनक छ । दैनिक विहान तुलसीको ४-५ वटा पत्ता सेवन गर्ने गरौं ।

योग


योग वा प्राणायामले शरीरलाई स्वस्थ तथा रोगमुक्त राख्नमा महत्वपूर्ण भूमिका निभाउँछ । कुनै गुरुबाट योग सिकेर हरेक दिन घरमा अभ्यास गरौं ।

हाँसो


हाँस्नाले रक्तसञ्चार सुचारु हुन्छ र हाम्रो शरीरले अधिक मात्रामा अक्सिजन ग्रहण गर्छ । तनावमुक्त भएर हाँस्दा शरीरको रोग प्रतिरोधक क्षमता बढाउन पनि मद्दत मिल्छ ।

https://www.onlinekhabar.com/wp-content/uploads/2017/12/brabadhi.jpg

सन् २०१७ मा विश्वका सबैभन्दा धनी अर्वपतिहरुले कुल १० खर्ब डलर सम्पत्ति थप गरेका छन् । यस वर्ष आफ्नो सम्पत्ति सबैभन्दा धेरै बढाउनेमा अमेजनका मालिक जेफ बेजोस पहिलो नम्बरमा छन् ।

ब्लुम्बर्गले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार विश्वका सबैभन्दा धनी ५ सय अर्बपतिहरुको गत वर्षको कुल सम्पत्ति ४० खर्ब ४० अर्ब रहेकोमा यो वर्ष ५० खर्ब ३० अर्ब डलर पुगेको छ । उनीहरुको कुल सम्पत्तिमा सन् २०१६ मा भएको वृद्धिभन्दा सन् २०१७ मा भएको वृद्धि ४ गुणा बढि हो ।

अमेजन कम्पनीको शेयर मूल्यमा भएको व्यापक वृद्धिसँगै यसका मालिक जेफ बेजोसको कुल सम्पत्ति ३४ अर्ब २० करोडले बढ्नेमात्र होइन, उनी बिल गेट्सलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न पुगे । त्यस्तै उनी १ खर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो र एकमात्र व्यक्ति बन्न पनि सफल भए । हालचाहीँ उनको सम्पत्ति केही घटेर ९९ अर्ब ६० करोड रहेको छ ।

त्यस्तै सन् २०१३ देखि लगातार पहिलो नम्बरमा रहेर यो वर्ष दोश्रो नम्बरमा धकेलिएका माइक्रोसफ्ट संस्थापक बिल गेट्सले पनि यो वर्ष आफ्नो कुल सम्पत्तिमा ८ अर्ब ८९ करोड डलर वृद्धि गर्न सफल भए । आफ्नो सम्पत्तिको ठूलो हिस्सा च्यारिटीमा दान गर्दा पनि उनको अहिलेको सम्पत्ति ९१ अर्ब ३० करोड डलर रहेको छ ।

तर यो वर्ष सबैभन्दा धेरै कमाउनेमा अमेजनका बेजोस पछाडि चिनिया प्रोपर्टी डेभलपर हुई का यान छन् । उनले गत वर्षभन्दा आफ्नो सम्पत्तिमा ३ सय ५० प्रतिशतले वृद्धि गरे । यो वर्ष उनले आफ्नो सम्पत्ति २५ अर्ब ९० करोड डलरले थप गरे ।

त्यस्तै फ्रेन्च व्यापारी बर्नार्ड आर्नोल्टले आफ्नो सम्पत्ति २३ अर्ब ६० करोड डलरले वृद्धि गर्न सफल भए ।

फेसबुक संस्थापक मार्क जुकरबर्गले सन् २०१७ मा आफ्नो कुल सम्पत्तिमा २२ अर्ब ६० करोड डलर थप गर्दै धेरै सम्पत्ति जोड्नेमा चौथो स्थानमा रहेका छन् । उनले आफ्नो कुल सम्पत्ति ७२ अर्ब ६० करोड डलर पूराएका छन् ।

ब्लुम्बर्गको रिपोर्ट अनुसार यो वर्ष सबैभन्दा धेरै सम्पत्ति जोड्नेमा अमेरिकी अर्बपतिहरु अगाडि छन् । अमेरिकाका १५९ जना अर्वपतिले कुल ३ खर्ब १५ अर्ब डलर सम्पत्ति थप गरेका छन् ।

त्यस्तै ३८ जना चिनिया अर्बपतिहरुले सन् २०१७ मा कुल १ खर्ब ७७ अर्ब डलर सम्पत्ति थप गरे भने २७ जना रुसी अर्बपतिले २९ अर्ब डलर सम्पत्ति थपेका छन् ।
रिपोर्ट अनुसार प्रविधि जगतका ५७ जना अर्बपतिहरुले गरी आफ्नो सम्पत्तिमा कुल २ खर्ब ६२ अर्ब डलर थप गरेका छन् । जुन गत वर्षभन्दा ३५ प्रतिशत बढि हो ।

समग्रमा विश्वका सबैभन्दा धनी ५ सय व्यक्तिमध्ये ४ सय अर्वपतिले यो वर्ष सम्पत्ति थप गर्न सफल भएका छन् । एजेन्सी

https://www.onlinekhabar.com/wp-content/uploads/2017/11/Kp-oli-1.jpg

काठमाडौं , पुस १४ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश जारी गर्नु असंवैधानिक नभएको बताएका छन् । तर, अध्यादेश भने असंवैधानिक भएको उनको तर्क छ ।

शुक्रबार नेपाल पर्वतारोहण संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘अध्यादेश जारी भयो भन्नेमैले सुनेको छु । अध्यादेश जारी गर्नु असंवैधानिक काम होइन राष्ट्रपतिज्यूको, संवैधानिक काम हो ।
‘मेरो भनाइ छ, उहाँले असाधारण दबाबका कारणले गरेको हुनुपर्छ’ अघि भने, अध्यादेश आएको छ, हाम्रो असहमति छ । यो अनुचित ढंगको चौतफी दबाबबाट जारी भएको हुनुपर्छ ।’

एकल संक्रमणीय मत प्रणाली अहिले पूर्ण रुपमा लागू हुन नसक्ने भन्दै उनले अध्यादेशमा प्रस्तावित व्यवस्थाको विरोध गरे ।

ओलीले आफूले कांग्रेस नेताहरुलाई केही सिट चाहिएको भए कुरा गरौैं भनेको उनले सुनाए ।

एमाले अध्यक्ष ओलीले अहिले पनि सरकार बन्न नदिने खेल भइरहेको बताए । सरकार प्रतिनिधिसभा स्वतन्त्र विजनेश भएको भन्दै उनले भने, यत्रो बहुमत ल्याइसकेपछि यो खोजेर त्यो खोजेर सरकार बन्न नदिने दुनियाँमा कहिँ हुन्छ ?’



काभ्रे , पुस १४ गते । ‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् ।

कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र ! उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट बलात्कृत हुँदै आएकी उनी अहिले न्यायका लागि प्रहरी कहाँ आएकी हुन् ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केनिफाका वुबालाई पक्राउ परेको छ । (कान्छी) आमाको सहयोगमा मंसिर २९ मा किटानी जाहेरी दिएपछि प्रहरीले उनका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा जवर्जस्ती करणी भएको देखिएको छ । पीडकविरुद्ध जिल्ला अदालत काभ्रेमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको इप्रका बनेपाका प्रमुख सुनिलजंग शाहले बताए ।

प्रहरीका अनुसार अभियुक्त पिता पेशाले ड्राइभर हुन् । उनका जेठी श्रीमतीबाट एउटी छोरी र एक छोरा छन् ।

जेठी श्रीमती अर्कैसँग गएपछि कान्छी ल्याए । कान्छीबाट ७ वर्षकी छोरी छन् । तर, पछिल्लो समय कान्छी श्रीमती बैदेशिक रोजगारीमा गएकी थिइन् । कान्छी आमा विदेश गएपछि बाबुले आफूलाई बलात्कार गर्न थालेको पीडित युवती बताउँछिन् ।

बलात्कारी वुबा त पक्राउ परे तर, घटना लुकाउन भन्दै आफन्तले पटक पटक दबाब दिएको केनिफाले सुनाइन् । ज्यान मार्नेसम्मको धम्की आएको उनले बताएकी छन् ।

बनेपास्थित प्रहरी चौकीमा भेटिएकी केनिफाले आफ्नो पीडा अनलाइनखबरलाई यसरी सुनाइन्ः

मामाघरमा पहिलोपटक बलात्कार भयो !

हाल म १७ वर्षकी भएँ । म र वुबा २ वर्ष जति अगाडि सानुममीको माइती गएका थियौँ । मामाघरमा हामीलाई एउटै कोठाको अलग-अलग खाटमा सुत्न प्रवन्ध गरेको रहेछ ।

एउटी छोरी बाबुसँग बाहेक कोसँग सुरक्षित हुन्छे र ! तर, त्यही दिन म बाबुबाट बलात्कृत भएँ । राति करिब ११ बजेतिर बाबु म सुतेको घाटमा आउनु भयो र सुमसुमाउँदै अँगालो मारेर मेरो कपडा खोली दिनुभयो । म अभागी ! आमा पोइल गइन्, बाउकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म ! बुबाले त्यो दिन मलाई रगत आउने गरी प्यास मेट्नुभयो र मज्जाले निदाउनुभयो । मैले भने आशु पिउँदै रात बिताएँ ।

दोस्रो पटक त गर्भ बसेछ !

मावलबाट हामी घर फर्कियौं । प्रायः कामबाट घर फर्किँदा वुबा रक्सी खाएर आउनुहुन्थ्यो । दोस्रोपटक उहाँ म सुतेको कोठामा आउनुभयो र जबर्जस्ती गर्न थाल्नुभयो । मैले प्रतिकार गर्न खोजेँ तर, धेरै कुटाइ खाएँ । त्यो दिन पनि मलाई छोड्नुभएन । मेरो अस्मितामाथि खेल्नुभयो । सायद गर्भ बसेछ, मलाई धेरैपटक वाकवाक लाग्यो । बुबाले साउनतिर गर्भ तुहाउने औषधि पटकपटक खुवाउनुभयो ।

भर्खरै एसईईको रिर्जल्ट आएको थियो । मलाइ कलेज पढ्न जाने रहर थियो । तर, सबै सपना नै भए । बाबुबाटै बलात्कृत भएपछि म दिनदिनै पागल जस्तै हुन थालेँ ।

सानुममीलाई गुहारेँ !

अन्तिमपटक बलात्कृत भएको त्यो दिन बुवा राति अलि ढिला घर आउनु भएको थियो । त्यो दिन पनि मैले प्रतिकार गरेँ । तर, उहाँको गिद्दे आँखा…। अति भयो भन्दै मैले वैदेशिक रोजगारीमा गएकी सानिमालाई मंसिर १९ गते फोन गरेर सबै जानकारी गराएँ । उहाँ केहीदिनमै नेपाल आउनुभयो र २९ मंसिरमा हामी इलाका प्रहरी कार्यालय बनेपामा गयौं । - रामसुन्दर आचार्य , अनलाइन खबरबाट

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget