Websoft University

www.radiomakalu.com || 021-522512


प्रविधि जगतका अर्वपतिले यस वर्ष कति कमाए ?

https://www.onlinekhabar.com/wp-content/uploads/2017/12/brabadhi.jpg

सन् २०१७ मा विश्वका सबैभन्दा धनी अर्वपतिहरुले कुल १० खर्ब डलर सम्पत्ति थप गरेका छन् । यस वर्ष आफ्नो सम्पत्ति सबैभन्दा धेरै बढाउनेमा अमेजनका मालिक जेफ बेजोस पहिलो नम्बरमा छन् ।

ब्लुम्बर्गले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार विश्वका सबैभन्दा धनी ५ सय अर्बपतिहरुको गत वर्षको कुल सम्पत्ति ४० खर्ब ४० अर्ब रहेकोमा यो वर्ष ५० खर्ब ३० अर्ब डलर पुगेको छ । उनीहरुको कुल सम्पत्तिमा सन् २०१६ मा भएको वृद्धिभन्दा सन् २०१७ मा भएको वृद्धि ४ गुणा बढि हो ।

अमेजन कम्पनीको शेयर मूल्यमा भएको व्यापक वृद्धिसँगै यसका मालिक जेफ बेजोसको कुल सम्पत्ति ३४ अर्ब २० करोडले बढ्नेमात्र होइन, उनी बिल गेट्सलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न पुगे । त्यस्तै उनी १ खर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो र एकमात्र व्यक्ति बन्न पनि सफल भए । हालचाहीँ उनको सम्पत्ति केही घटेर ९९ अर्ब ६० करोड रहेको छ ।

त्यस्तै सन् २०१३ देखि लगातार पहिलो नम्बरमा रहेर यो वर्ष दोश्रो नम्बरमा धकेलिएका माइक्रोसफ्ट संस्थापक बिल गेट्सले पनि यो वर्ष आफ्नो कुल सम्पत्तिमा ८ अर्ब ८९ करोड डलर वृद्धि गर्न सफल भए । आफ्नो सम्पत्तिको ठूलो हिस्सा च्यारिटीमा दान गर्दा पनि उनको अहिलेको सम्पत्ति ९१ अर्ब ३० करोड डलर रहेको छ ।

तर यो वर्ष सबैभन्दा धेरै कमाउनेमा अमेजनका बेजोस पछाडि चिनिया प्रोपर्टी डेभलपर हुई का यान छन् । उनले गत वर्षभन्दा आफ्नो सम्पत्तिमा ३ सय ५० प्रतिशतले वृद्धि गरे । यो वर्ष उनले आफ्नो सम्पत्ति २५ अर्ब ९० करोड डलरले थप गरे ।

त्यस्तै फ्रेन्च व्यापारी बर्नार्ड आर्नोल्टले आफ्नो सम्पत्ति २३ अर्ब ६० करोड डलरले वृद्धि गर्न सफल भए ।

फेसबुक संस्थापक मार्क जुकरबर्गले सन् २०१७ मा आफ्नो कुल सम्पत्तिमा २२ अर्ब ६० करोड डलर थप गर्दै धेरै सम्पत्ति जोड्नेमा चौथो स्थानमा रहेका छन् । उनले आफ्नो कुल सम्पत्ति ७२ अर्ब ६० करोड डलर पूराएका छन् ।

ब्लुम्बर्गको रिपोर्ट अनुसार यो वर्ष सबैभन्दा धेरै सम्पत्ति जोड्नेमा अमेरिकी अर्बपतिहरु अगाडि छन् । अमेरिकाका १५९ जना अर्वपतिले कुल ३ खर्ब १५ अर्ब डलर सम्पत्ति थप गरेका छन् ।

त्यस्तै ३८ जना चिनिया अर्बपतिहरुले सन् २०१७ मा कुल १ खर्ब ७७ अर्ब डलर सम्पत्ति थप गरे भने २७ जना रुसी अर्बपतिले २९ अर्ब डलर सम्पत्ति थपेका छन् ।
रिपोर्ट अनुसार प्रविधि जगतका ५७ जना अर्बपतिहरुले गरी आफ्नो सम्पत्तिमा कुल २ खर्ब ६२ अर्ब डलर थप गरेका छन् । जुन गत वर्षभन्दा ३५ प्रतिशत बढि हो ।

समग्रमा विश्वका सबैभन्दा धनी ५ सय व्यक्तिमध्ये ४ सय अर्वपतिले यो वर्ष सम्पत्ति थप गर्न सफल भएका छन् । एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget