Websoft University

www.radiomakalu.com || 021-522512


'राप्रपा विलयको बाटोमा '

http://annapurnapost.com/uploads/news/lokendra-bahadur-chand-5a4597c6593666.16365704.jpg

काठमाडौं पुस १४ गते । राप्रपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पार्टी विलयको बाटोमा गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। राप्रपाका संस्थापक नेतासमेत रहेका चन्दले नेताहरूमा सत्ता र स्वार्थ हाबी भएकाले पार्टीको भविष्य चुनौतीपूर्ण रहेको बताए। उनले भने, ‘विभाजित स्थितिमा राप्रपाको भविष्य म देख्दिन। अहिले तीन चिरामा विभाजित पार्टीबीच एकता नभए राप्रपा विलयको बाटोमा जाने निश्चित छ।'

अन्नपूर्णसँगको विशेष कुराकानीमा बिहीबार उनले भने, ‘राप्रपा सैद्धान्तिकभन्दा केही नेताको सत्ता लोलुपताले विभाजित भयो। नेताहरूमा पछिल्लो समय सत्तामा कसरी पुग्ने प्रतिस्पर्धा र पार्टी नेतृत्वमा निरन्तरता दिइरहने प्रवृत्ति मात्र रह्यो। फलस्वरूप जानि नजानी पार्टी एकता र अनेकताको शृंखला चल्यो।'

राप्रपा वैकल्पिक राष्ट्रवादी शक्तिका रूपमा स्थापित भइरहेका बेला चुनावको संघारमा पार्टी विभाजन हुनु बिडम्बना भएको चन्दको भनाइ थियो। ‘देशको चौथो दलका रुपमा स्थापित भइसकेको राप्रपा आज अस्तित्वबिहिन अवस्थामा पुग्यो उनले भने, ‘तर चुनावको मुखमा पार्टी विभाजित हुँदा स्वभाविक रुपमा कमजोर हुने नै भयो।' उनले कांग्रेससँग चुनावी गठबन्धन गर्दासमेत कमजोरी भएको बताए।

उनले देशभर दुवै राप्रपाले प्रतिनिधिसिभामा ४÷४ सिटमा मात्र उम्मेदवारी दिएकाले उम्मेदवार नभएपछि समानुपातिकमा थोरै मत आएको बताए। विभाजनपछि आफू कुनै पनि पार्टीमा आबद्ध नरहेको उनले बताए। उनले फेरि पार्टी एकता गर्नसमेत सुझाव दिए।

‘राप्रपा एजेन्डामा पनि कमजोर देखियो। अब पार्टी एकतासँगै हिन्दु राज्यको एजेन्डा उठाउन सके मात्र राप्रपाले फेरि जनमत पाउन सक्छ', उनले भने, ‘राप्रपाले हिन्दु राज्यको माग छाडेको हो कि भन्ने भ्रम जनतामा परेको छ।' उनले राष्ट्रपतिलाई विवादमा ल्याउन नहुनेमा जोड दिए।

उनले सहमतिमै अध्यादेश विवाद टुंग्याउनु उचित हुने भन्दै यथाशक्य राजनीतिक गतिरोध टुंग्याउन दलहरूसँग आग्रह गरे। वाम गठबन्धनका पक्षमा स्पष्ट बहुमत आइसकेपछि प्रधानमन्त्रीले राजीनामा नदिएर कुर्सीमोह देखाएको आरोप पनि चन्दको थियो।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget