Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post

pashupati nathको लागि तस्बिर परिणाम

काठमाडौँ, कात्तिक २५ गते । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकासका लागि नयाँ गुरुयोजना तयार हुने भएको छ । नेपाल सरकारले नयाँ गुरुयोजना तयारीका लागि पशुपति क्षेत्र विकास कोषलाई नौ करोड रुपियाँ अनुदानसमेत स्वीकृत गरेको छ ।
पुरानो गुरुयोजनाबाट भएका कामको समीक्षा गर्दै नयाँ गुरुयोजना निर्माण हुने बताइएको छ । ‘पुरानो गुरुयोजना अवधारणागत योजना थियो अवको गुरुयोजनाले भू–उपयोगसहित मूर्त तथा अमूर्त कला, सम्पदा पशुपति क्षेत्रको जनजीवन र विश्व सम्पदा क्षेत्रको विश्वव्यापी मान्यता अनुरूप निर्माण कार्य गर्छ’, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी गराउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय मान्यता प्राप्त काइवाइ नामक विज्ञको नेतृत्वको टोलीले यसबारे अध्ययन गरिरहेको छ ।
पशुपति क्षेत्रमा अब निर्माण हुने भौतिक संरचनालाई पुरातात्विक तथा विश्व सम्पदाको मर्म तथा भावनाअनुरूप कसरी लैजान सकिन्छ र यसका लागि यस क्षेत्रको भू–उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञले अध्ययन गरिरहेका छन् । यो अध्ययनपछि कोषले अन्तर्राष्ट्रिय स्तरमा पशुपति क्षेत्रको समग्र सुधारका लागि विज्ञलाई सहभागी हुन आह्वान गर्नेछ । कार्यकारी निर्देशक उप्रेतीका अनुसार पशुपति क्षेत्रलाई हिन्दुको गन्तव्यस्थलका रूपमा अबको गुरुयोजनाले समेट्नेछ ।
पशुपति क्षेत्रका देव स्थल, मानव बसोबास, सांस्कृतिक झाँकी, जनजीवन, भक्तजनप्रतिको सद्भावना लगायतका अमूर्त सम्पदाको जगेर्नाका लागि भू–उपयोग गर्दै अगाडि बढाइनेछ ।
पशुपति क्षेत्र गैरहिन्दुका लागि पनि आकर्षणको केन्द्र बनाउने यो दोस्रो गुरुयोजनाको लक्ष्यमा छ । सुरु गुरुयोजनाले लक्षित गरेको ७० प्रतिशत कार्यमा कोषले सफलता हासिल गरिसकेको बताइएको छ । चाबहिल चोक, रातोपुल, सेतोपुल, तिलगङ्गाको घेराभित्रको क्षेत्र पशुपति क्षेत्र घोषणा गरिएको छ । अबको योजनाले यी क्षेत्रलाई समेत भविष्यमा समेट्ने सम्भावना छ । पहिलो गुरुयोजनाले विश्व सम्पदामा सूचीकृत पशुपति मन्दिर आसपासका सीमित क्षेत्रमा मात्र विकास निर्माण कार्य गर्दै आएको थियो । निर्देशक उप्रेतीका अनुसार अबको कार्ययोजनामा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पुरातत्वविद् सहभागी हुनुहुनेछ । - सरोज आचार्य , गोरखापत्रबाट 

mugu districtको लागि तस्बिर परिणाम



मुगु, कात्तिक २५ गते । मुगु जिल्लालाई स्थानीय तह पुनःसंरचना गर्दा प्रमुख दलले आफ्नो क्षेत्रको कठिनाइलाई ख्याल नगरी हचुवाका भरमा जिल्लामा चार गाउँपालिकामा सहमति गरी आयोगमा सिफारिस गरेको भन्दै चरणबद्घ आन्दोलन गर्दै आएका यहाँका एक इलाकाका जनताले बुधबार आफ्नो क्षेत्रमा राजनीतिक दललाई प्रवेश निषेध सम्मको घोषणा गरेका छन् ।

आयोगले गत कात्तिक २० गतेभित्र सबै जिल्लालाई स्थानीय तह पुनःसंरचना निर्देशिकाले तोकेको मापदण्डमा आधारित रही जिल्लामा मापदण्ड पुगेका गाउँपालिका र नगरपालिका सिफारिस गर्न भनेपनि जिल्लामा दलीय सहमति नहँुदा विलम्ब भएको थियो । गत आइतबार दलीय सहमतिमा जिल्लामा रहेका चार भेगलाई नै चार गाउँपालिका बनाउने सहमतिसँगै जिल्ला प्राविधिक समितिले आयोगमा सिफारिस गरेपछि जिल्लाको उत्तरी सोरु भेगमा रहेको ६ नं इलाकामा रहेका तीन गाविस धैनकोट, कालै र रारा गाविसका जनता छुट्टै रारा गाउँपालिकाको माग गर्दै आन्दोलित भएका थिए ।

आइतबारदेखि आन्दोलन गर्दै आएका त्यस क्षेत्रका जनताले आइतबार जिविस घेराउ, सोमबार जिल्ला प्राविधिक समितिमा ज्ञापनपत्र पेस, मङ्गलबार जिल्ला प्रशासन कार्यालयमार्फत राज्य पुनःसंरचना आयोगमा ज्ञापनपत्र पेस गरेका थिए र बुधबार उक्त क्षेत्रमा रहेका प्रमुख राजनीतिक दलका सबै गाउँस्तरीय पदाधिकारी र सामान्य सदस्यबाट राजीनामा र दललाई आफ्नो क्षेत्रमा प्रवेश निषेधको घोषणा गरेका हुन् ।

नेकपा ९एमाले०का जिल्ला कार्य समितिका सदस्य एवम् कालै गाविस–२ खनाया गाउँका स्थानीय तीर्थबहादुर शाही सहितको एमाले कार्यकर्ताको टोली एमाले जिल्ला कार्यालयमा पुगी सामूहिक राजीनामा दिएका थिए । राजीनामा पेस गर्दै शाहीले पार्टीले आह्वान गरेका विभिन्न आन्दोलन तथा पार्टीका विभिन्न काममा सक्रियपूर्वक सहभागी भएर पार्टीलाई भोट हालेको र ६ नं इलाकामा रहेका तीन गाविसको एक रारा गाउँपालिका सिफारिस गर्न ज्ञापनपत्र दिए पनि आफ्नो लगानी र मागलाई बेवास्ता गर्दै चार गाउँपालिकामा पार्टी सहमत भएकाले बुधबारको मितिबाट पार्टीको जिल्ला कार्य समिति सदस्य र सम्पूर्ण गाउँस्तरीय समितिका पदाधिकारी तथा सामान्य सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

नेपाली काँगे्रसका जिल्ला कार्य समितिका कोषाध्यक्ष दानबहादुर शाहीको नेतृत्वमा काँगे्रस पार्टी कार्यालय पुगेको इलाका नं ६ का कार्यकर्ताले पार्टी सभापति खड्कबहादुर शाहीलाई राजीनामा पेस गरेका थिए भने नेकपा ९माओवादी केन्द्र० पोलिटब्यूरो सदस्य मङ्गलबहादुर शाहीको घरमा पुगेको माओवादी गाउँस्तरीय कार्यकर्ताको टोलीले पनि सामान्य सदस्य पनि नरहने गरी सामूहिक राजीनामा दिएका थिए ।

सामूहिक राजीनामा पेस गर्दैै जिल्ला समिति सदस्य गुरु प्याकुरेलले आफ्ना क्षेत्रका जनता तथा कार्यकर्ताका मागलाई पार्टीले सामान्य ढङ्गले लिई रारा गाउँपालिकाको मागलाई बेवास्ता गरेकाले सामान्य कार्यकर्ताको माग सुनुवाइ नगर्ने पार्टीको कार्यकर्ता भइरहन नैतिकताले नदिएकाले सबै कार्यकर्ताले राजीनामा दिएको बताउनुभएको थियो ।

जिल्लाको सोरु भेगमा बीच भाग भएर बग्ने मुगु कर्णाली आफ्ना लागि बाधक भएको र प्राविधिक समितिले सिफारिस गरेका हालका पूरै सोरुभेगका सात गाविसको एक गाउँपालिकामा कर्णाली वारिका तीन गाविसका जनतालाई भौगालिक विकटता र नदीका कारण असहज हुने र वडा पनि टाढा हुने भएकाले हाल गाविसबाट पाइरहेका सेवासुविधाभन्दा झन् कठिन र असहज हुने भएकाले पहिल्यैदेखि आफूहरुले तीन गाविसको एक गाउँपालिका सिफारिस गर्न माग गरेको सो क्षेत्रका युवा अगुवा धर्मबहादुर शाहीले बताउनुभयो ।

आयोगले जनगणना—२०६८ लाई आधार मानेकाले पाँच वर्षयता आफ्नो क्षेत्रका जनसङ्ख्या वृद्घि भएकाले गाविस प्रोफाइललाई आधार मानी जनसङ्ख्या र बीचमा मुगु कर्णाली रहेका आधारमा छुट्टै गाउँपालिका हुनुपर्ने आफूहरुको जिकिर रहेको पनि शाहीले बताउनुभयो । पछिल्लो पटक आयोगले मुगुलाई न्यूनतम तीन र अधिकतम पाँच गाउँपालिका सिफारिस गर्न सीमा तोकेको थियो । रासस





बर्दिवास, कात्तिक १८ गते । महोत्तरीसहितका मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आज सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न बिधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु हुन लागेको हो । छठ पर्व सुरु भएसँगै गाउँनगर बस्तीमा छठी गीत गुञ्जिरहेका छन् ।




सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन आज ९कात्तिक शुक्ल चौथीका दिन० व्रतालुले व्रत सङ्कल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन् । पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ । पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् ।




यसैगरी, पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझ अस्ताउँदा सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अघ्र्य दिने गरिन्छ । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।




झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघिल्लो दिन अस्ताउँदा सूर्यलाई अघ्र्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ । उदाउँदो सूर्यलाई दिइने यो अघ्र्यलाई ‘भोरका अरख’ भनिने गरिएको छ ।




छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ चोखोनितोको ख्याल गरिनुपर्ने आम मान्यता रहेको मिथिला लोक संस्कृतिका जानकार बताउँछन् ।




यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा ९कसार० र अन्य मिष्टान्न परिकार, नयाँ छ्याँची ९माटोको भाँडा०मा जमाइएको दही, उखुका लाँक्रा र मौसमअनुसारका फलपूmल सूर्यलाई अघ्र्य दिँदा देखाइने चलन छ । ‘भोरका अरख’ सम्पन्न भएसँगैं इष्टजनसँगै प्रसाद खाएर यो पर्व सम्पन्न गरिन्छ ।




मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्डसहितका जलाशय मनमोहक ढङ्गले सिङ्गारिएका देखिँदा छन् । जलाशय सजाउनुसँगै घरघरमा पर्वविशेषको तयारी र चर्चाले अहिले मिथिला क्षेत्र छठमय बनेको छ । रासस

accidentको लागि तस्बिर परिणाम


उर्लाबारी (मोरङ), कात्तिक १८ गते । मोरङको इटहरामा मारुती भ्यानको ठक्करबाट गएराति मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

उर्लाबारी–बरडङ्गा सडकखण्डमा साँझ इटहरा–४ स्थित इटहराबजारमा विराटनगरतिर जाँदै गरेको को १ च ५५६९ नंको भ्यानले आमबारीबाट उर्लाबारीतिर आउँदै गरेको को ७ प ५७०८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार चालक इटहरा–२ का १८ वर्षीय किलिन्द विष्ट र पछाडि सवार सोही ठाउँका २६ वर्षीय राजु थापाको मृत्यु भएको हो ।

मोटरसाइकलमा तीनजना सवार थिए । पछाडि सवार इटहरा–२ कै २१ वर्षीय प्रकाश राईको गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि विराटनगर लगिएकोमा दुईजनाको भने उपचारका क्रममा गएराति मृत्यु भएको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिनुभयो । रासस



पोखरा, कात्तिक १८ गते । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार हुने पोखरा भ्रमणको पूर्वतयारी स्वरुप आज पूर्वअभ्यास गरिएको छ ।


पूर्वाभ्यासमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, नेपाली सेनाका पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलगायतको उपस्थिति थियो ।

राष्ट्रपति मुखर्जी सर्वप्रथम आउने पोखरा विमानस्थलदेखि उहाँले केही समय आराम गर्ने होटल पोखरा ग्रान्ड र पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म पूर्वअभ्यास गरिएको हो ।


राष्ट्रपति भ्रमणका लागि आवश्यक सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा पुगेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिनुभयो । रासस




काठमाडौँ, कात्तिक १८ गते । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज विशेष पूजाअर्चना गर्नुभयो ।


राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गर्नुभयो ।


उहाँले गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुपको पूजाअर्चना गर्नुभयो । उहाँले शास्त्रोक्त विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गर्नुभयो ।


त्यसअघि उहाँले सङ्कटमोचन हनुमान र नवग्रहको दर्शन गर्नुभएको थियो । साथै उहाँले सवालाख बत्ती बालेर देवाधिदेव महादेवको विशेष आराधना गर्नुभयो ।


राष्ट्रपति मुखर्जीलाई पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, सोही मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डन तथा कोषका अन्य पदाधिकारीले स्वागत गर्नुभएको थियो ।


राष्ट्रपति मुखर्जी मन्दिरको मूलद्वारबाट प्रवेश गरेपछि गार्गी कन्या गुरुकुलका छात्रा र वेदविद्याश्रमका बटुकले स्वस्ति बाचन गरेका थिए भने हाकुपटासीको पहिरनमा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए । साथै मन्दिर परिसरमा एकत्रित भएका नरनारीले राष्ट्रपति मुखर्जीको स्वागत गरेका थिए ।


राष्ट्रपतिद्वारा विशेष पूजा सम्पन्न भएपछि मूलभट्टले फूलप्रसाद प्रदान गर्नुभयो भने कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री शाहीले कोषका तर्फबाट राष्टपति मुखर्जीलाई स्नेहोपहार प्रदान गर्नुभयो ।


त्यसअघि राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । रासस

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget