Websoft University

www.radiomakalu.com || 021-522512


भारतीय राष्ट्रपति पोखरा आगमनको पूर्वअभ्यास गरियो



पोखरा, कात्तिक १८ गते । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार हुने पोखरा भ्रमणको पूर्वतयारी स्वरुप आज पूर्वअभ्यास गरिएको छ ।


पूर्वाभ्यासमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, नेपाली सेनाका पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलगायतको उपस्थिति थियो ।

राष्ट्रपति मुखर्जी सर्वप्रथम आउने पोखरा विमानस्थलदेखि उहाँले केही समय आराम गर्ने होटल पोखरा ग्रान्ड र पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म पूर्वअभ्यास गरिएको हो ।


राष्ट्रपति भ्रमणका लागि आवश्यक सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा पुगेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget