Websoft University

www.radiomakalu.com || 021-522512


पुनःसंरचना विवादले पार्टी निषेधित क्षेत्र घोषणा

mugu districtको लागि तस्बिर परिणाम



मुगु, कात्तिक २५ गते । मुगु जिल्लालाई स्थानीय तह पुनःसंरचना गर्दा प्रमुख दलले आफ्नो क्षेत्रको कठिनाइलाई ख्याल नगरी हचुवाका भरमा जिल्लामा चार गाउँपालिकामा सहमति गरी आयोगमा सिफारिस गरेको भन्दै चरणबद्घ आन्दोलन गर्दै आएका यहाँका एक इलाकाका जनताले बुधबार आफ्नो क्षेत्रमा राजनीतिक दललाई प्रवेश निषेध सम्मको घोषणा गरेका छन् ।

आयोगले गत कात्तिक २० गतेभित्र सबै जिल्लालाई स्थानीय तह पुनःसंरचना निर्देशिकाले तोकेको मापदण्डमा आधारित रही जिल्लामा मापदण्ड पुगेका गाउँपालिका र नगरपालिका सिफारिस गर्न भनेपनि जिल्लामा दलीय सहमति नहँुदा विलम्ब भएको थियो । गत आइतबार दलीय सहमतिमा जिल्लामा रहेका चार भेगलाई नै चार गाउँपालिका बनाउने सहमतिसँगै जिल्ला प्राविधिक समितिले आयोगमा सिफारिस गरेपछि जिल्लाको उत्तरी सोरु भेगमा रहेको ६ नं इलाकामा रहेका तीन गाविस धैनकोट, कालै र रारा गाविसका जनता छुट्टै रारा गाउँपालिकाको माग गर्दै आन्दोलित भएका थिए ।

आइतबारदेखि आन्दोलन गर्दै आएका त्यस क्षेत्रका जनताले आइतबार जिविस घेराउ, सोमबार जिल्ला प्राविधिक समितिमा ज्ञापनपत्र पेस, मङ्गलबार जिल्ला प्रशासन कार्यालयमार्फत राज्य पुनःसंरचना आयोगमा ज्ञापनपत्र पेस गरेका थिए र बुधबार उक्त क्षेत्रमा रहेका प्रमुख राजनीतिक दलका सबै गाउँस्तरीय पदाधिकारी र सामान्य सदस्यबाट राजीनामा र दललाई आफ्नो क्षेत्रमा प्रवेश निषेधको घोषणा गरेका हुन् ।

नेकपा ९एमाले०का जिल्ला कार्य समितिका सदस्य एवम् कालै गाविस–२ खनाया गाउँका स्थानीय तीर्थबहादुर शाही सहितको एमाले कार्यकर्ताको टोली एमाले जिल्ला कार्यालयमा पुगी सामूहिक राजीनामा दिएका थिए । राजीनामा पेस गर्दै शाहीले पार्टीले आह्वान गरेका विभिन्न आन्दोलन तथा पार्टीका विभिन्न काममा सक्रियपूर्वक सहभागी भएर पार्टीलाई भोट हालेको र ६ नं इलाकामा रहेका तीन गाविसको एक रारा गाउँपालिका सिफारिस गर्न ज्ञापनपत्र दिए पनि आफ्नो लगानी र मागलाई बेवास्ता गर्दै चार गाउँपालिकामा पार्टी सहमत भएकाले बुधबारको मितिबाट पार्टीको जिल्ला कार्य समिति सदस्य र सम्पूर्ण गाउँस्तरीय समितिका पदाधिकारी तथा सामान्य सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

नेपाली काँगे्रसका जिल्ला कार्य समितिका कोषाध्यक्ष दानबहादुर शाहीको नेतृत्वमा काँगे्रस पार्टी कार्यालय पुगेको इलाका नं ६ का कार्यकर्ताले पार्टी सभापति खड्कबहादुर शाहीलाई राजीनामा पेस गरेका थिए भने नेकपा ९माओवादी केन्द्र० पोलिटब्यूरो सदस्य मङ्गलबहादुर शाहीको घरमा पुगेको माओवादी गाउँस्तरीय कार्यकर्ताको टोलीले पनि सामान्य सदस्य पनि नरहने गरी सामूहिक राजीनामा दिएका थिए ।

सामूहिक राजीनामा पेस गर्दैै जिल्ला समिति सदस्य गुरु प्याकुरेलले आफ्ना क्षेत्रका जनता तथा कार्यकर्ताका मागलाई पार्टीले सामान्य ढङ्गले लिई रारा गाउँपालिकाको मागलाई बेवास्ता गरेकाले सामान्य कार्यकर्ताको माग सुनुवाइ नगर्ने पार्टीको कार्यकर्ता भइरहन नैतिकताले नदिएकाले सबै कार्यकर्ताले राजीनामा दिएको बताउनुभएको थियो ।

जिल्लाको सोरु भेगमा बीच भाग भएर बग्ने मुगु कर्णाली आफ्ना लागि बाधक भएको र प्राविधिक समितिले सिफारिस गरेका हालका पूरै सोरुभेगका सात गाविसको एक गाउँपालिकामा कर्णाली वारिका तीन गाविसका जनतालाई भौगालिक विकटता र नदीका कारण असहज हुने र वडा पनि टाढा हुने भएकाले हाल गाविसबाट पाइरहेका सेवासुविधाभन्दा झन् कठिन र असहज हुने भएकाले पहिल्यैदेखि आफूहरुले तीन गाविसको एक गाउँपालिका सिफारिस गर्न माग गरेको सो क्षेत्रका युवा अगुवा धर्मबहादुर शाहीले बताउनुभयो ।

आयोगले जनगणना—२०६८ लाई आधार मानेकाले पाँच वर्षयता आफ्नो क्षेत्रका जनसङ्ख्या वृद्घि भएकाले गाविस प्रोफाइललाई आधार मानी जनसङ्ख्या र बीचमा मुगु कर्णाली रहेका आधारमा छुट्टै गाउँपालिका हुनुपर्ने आफूहरुको जिकिर रहेको पनि शाहीले बताउनुभयो । पछिल्लो पटक आयोगले मुगुलाई न्यूनतम तीन र अधिकतम पाँच गाउँपालिका सिफारिस गर्न सीमा तोकेको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget