Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post

यी हुन् क्रोएसियाली सफलताको प्रेरणास्रोत

मस्को , युरोपेली राष्ट्र क्रोएसिया रुसमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ। पहिलो पटक फाइनलमा पुगेको पूर्वी युरोपेली मुलुकले आइतबार राति उपाधिका लागि पूर्वविजेता फ्रान्सको सामना गर्दैछ। पूर्वविजेता इङ्ल्यान्डलाई २–१ गोलले स्तब्ध बनाउँदै फाइनलमा पुगेको क्रोएसियाको सफलतामा खेलाडीको मेहनत र प्रशिक्षक ज्लाट्को डालिचको रणनीति मात्रै कारक छैन। क्रोएसियाको सफलतामा अर्का एक व्यक्तिको पनि अहम् भूमिका रहेको छ। ती हुन्, राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिच।

विश्वकप फुटबल हेर्न र आफ्नो टोलीको हौसला बढाउन राष्ट्रपति कितारोभिच अहिले रुसमा छिन्। विभिन्न देशका उच्च पदस्थ अधिकारी तामझामका साथ रुस पुगिरहेका बेला क्रोएसियाली राष्ट्रपति कितारोभिच भने सामान्य रूपमा रुस पुगेकी थिइन्। अति विशिष्ट अधिकारीले बिजनेस क्लासमा यात्रा गर्ने प्रचलन रहे पनि कितारोभिच इकोनोमी क्लासमा समर्थकसँगै रमाइलो यात्रा गरेर रुस पुगेकी हुन्। उनले प्लेनमै आफ्नो टोलीको समर्थनमा हुटिङसमेत गरेकी थिइन्।

क्वार्टरफाइनलमा आयोजक रुसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसियाले सेमिफाइनलमा स्थान बनाउँदा राष्ट्रपति कितारोभिचले रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेभसँगै बसेर खेल हेरेकी थिइन्। आफ्नो टोलीले सफलता हात पारेसँगै उनले भीभीआईपी क्याबिनमा बसेरै खुसीयाली मनाइन्। टोलीको सफलतामा खुसी मनाउने र उत्तेजित हुने उनको शैलीले पनि अहिले संसारका धेरै फुटबलप्रेमी क्रोएसियाको प्रशंसक बनेका छन्।

खेल सकिएपछि राष्ट्रपति कितारोभिच खेलाडीको हौसला बढाउन ड्रेसिङ रुममै पुगेकी थिइन्। उनले त्यहाँ हरेक खेलाडीलाई अंकमाल गर्दै आगामी खेलमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामनासमेत दिइन्। ५० वर्षीया कितारोभिच क्रोएसियाकी चौथो राष्ट्रपति हुन्। उनी सन् २०१५ मा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी क्रोएसिया र पूर्वी युरोपकी पहिलो महिला राष्ट्रपति हुन्।

राष्ट्रपतिमा निर्वाचित हुनुअघि कितारोभिचले विभिन्न मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेकी थिइन्। उनले नाटोमा सहायक महासचिवको जिम्मेवारी पनि सम्हालेकी थिइन्। यसका अतिरिक्त कितारोभिच धेरै भाषामा दक्खल राख्छिन्। उनी क्रोएसियनका अलवा इङ्लिस, स्पेनिस, पोर्चुगिज, फ्रेन्च, जर्मन र इटालियन भाषामा पनि पोख्त छिन्।


prachandको लागि तस्बिर परिणाम
काठमाडौँ, असार २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गर्नुभएको छ ।

शिष्टाचार भेटका लागि आज उहाँकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गर्नुभएको हो ।

बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग गर्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताउनुभयो ।

उहाँले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीसँग तीन वटा (स्थानीय, प्रादेशिक र संघीय) सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् ।”

उहाँले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत् परियोजना र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताउनुभयो ।

सो अवसरमा देशीय निर्देशक जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउनुहुँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने बताउनुभयो ।

जर्वोसले भन्नुभयो, “हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौँ र सरकारको मातहत बसेर काम गर्छौं । तपाईहरुको प्रगति नै हाम्रो प्रगति हो ।” नेपालको विकास उच्च प्राथमिकतामा रहेको भन्दै उहाँले कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  - रासस


गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियालीको लागि तस्बिर परिणाम

बैंकक, असार २७ गते । थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ ।

थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख आकर्षणका रुपमा रहेको यस घटनाको बुधबारका विश्वका अखबारमा पनि प्रमुख समाचार बनेको छ ।

तीन दिन लगाएर १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकलाई उक्त गुफाबाट सकुशल बाहिर निकाल्न सफल भएपछि थाइल्याण्डका नौसैनिकहरुले पनि आफ्ना फेसबुक पेजहरुमा निकै ठूलो खुशी साटेका छन् ।

फुटबलको तालिमका लागि गएका १६ वर्ष मुनिका १२ जना बालक र उनीहरूका एकजना २५ वर्षीय प्रशिक्षक व्यापक वर्षापछि आएको बाढीका कारण अठार दिनदेखि गुफामा फसेका थिए ।

थाई नौसैनिकले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ । सो गुफामा थुनिएका बाँकी पाँच जनालाई लिएर मङ्गलबार अपरान्ह एम्बुलेन्स चियाङ राइस्थित अस्पताल पुग्दा त्यहाँ रहेका आफन्त र सरकारी अधिकारीहरुले खुशियाली साटासाट गरेका थिए ।

उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु भएको थियो । आइतबार गोताखोरहरुले चार जनाको मात्र उद्धार गरी बाहिर निकाल्न सकेका थिए ।

त्यस्तै सोमबार चार र मङ्गलबार पाँचजनाको उद्धार गरिएको हो । मङ्गलबार निकै ठूलो वर्षा भएको थियो । वर्षाका कारण उक्त गुफामा पसेको बाढीको बहाव झनै बढेको थियो ।

जसका कारण गुफामा बाँकी रहेका पाँच जनालाई बाहिर निकाल्न नसकिने त होइन भन्ने त्रास पनि बढेको थियो । तर पनि अपरान्ह्सम्ममा उद्धारको काम सम्भव भएपछि भने देशैभरि हर्ष छाएको थियो ।

ती सबैजना अर्थात् १२ जना बालक र उनीहरुका एकजना प्रशिक्षकलाई अस्पतालमा राखिएको छ । लामो समयदेखि गुफामा रहदा उनीहरुको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको चिकित्सकले जनाएका छन् ।

उनीहरुलाई हेर्न आफन्तहरु अस्पताल पुगेका थिए । त्यस्तै थाइल्याण्डका प्रधानमन्त्रीले पनि अस्पतालमै पुगेर सबै १३ जनालाई भेट्नुभएको बताइएको छ ।

यसैबीच बुधबार प्राप्त समाचारमा उनीहरुको उद्धारका कारण देशैभरि खुशियाली छाएको छ । ती बालकहरुको विद्यालयमा बुधबार शिक्षक र विद्यार्थीहरुले एक कार्यक्रम गरेर खुशी मनाएका बताइएको छ ।

त्यसैगरी उनीहरुका गाउँमा आफन्तहरुले पनि खुशियाली मनाएका बताइएको छ । सामाजिक सञ्जालहरुमा देशैभरिका नागरिकले उद्धारमा खट्ने थाइ सैनिक तथा विदेशी विज्ञ र गोताखोरहरुलाई विशेष धन्यवाद दिएका छन् ।

थाइल्याण्ड सरकारले पनि उद्धारको कार्यलाई सफलतापूर्वक सम्पन्न गर्ने सबैजना सदस्यलाई विशेष धन्यवाद ज्ञापन गरेको बताइएको छ । (रासस/एएफपी)



बग्दाद, असार २७ गते । टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक नगरमा कम्तीमा १७ जना लडाकू मारिएको समाचारमा जनाइएको छ ।

टर्कीसँगको सिरियाको सीमा क्षेत्रमा पर्ने नागुर भन्ने नगरमा सोमबार राति भएको कारबाहीमा परी उनीहरू मारिएको टर्कीस मानवअधिकार अनुगमनकर्ताहरूले जनाएका छन् ।

“ती लडाकूहरू रहेको ठाउँलाई लक्षितगरी आक्रमण भएको थियो, आक्रमणमा परी कम्तीमा १७ जना मारिएका छन् भने अरू १२ जना घाइते भएका छन्,” एकजना इराकी अधिकारीले बताएका छन् ।

सिरियामा गएको केही समयदेखि आतङ्ककारीविरुद्धको कारबाहीलाई निकै कडा बनाइएपछि उनीहरु छिमेकी देशहरुतर्फ लाग्ने गरेका छन् ।

यही मौका छोपेर इराक, इरान र टर्कीतर्फबाट उनीहरुमाथि कारबाही गर्ने गरिएको अधिकारवादीहरुले जानकारी दिएको बताइएको छ ।

सिरियामा गएको छ वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा परी ४ लाखभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । (रासस/एएफपी)


nepal oil corporationको लागि तस्बिर परिणाम


विराटनगर, असार २८ गते । नेपाल आयल निगमको विराटनगर क्षेत्रीय कार्यालय अन्तर्गत सञ्चालन भइरहेको इन्धन ढुवानी ट्याङ्करमा असार २८ गतेदेखि आधुनिक ताल्चा जडान हुने भएको छ । जेठभित्रै नयाँ ताल्चा प्रणालीमा जानुपर्ने भए पनि करिब एक महिना ढिलो गरी ताल्चा प्रणाली कार्यान्वयन गर्न लागिएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धन आयात गर्दा र नेपालको आन्तरिक वितरणका क्रममा बाटैमा इन्धन चुहावटको समस्या बढेपछि निगमले आईओसीसँगकै सहकार्यमा आधुनिक ताल्चा प्रणाली लागू गरेको हो । विराटनगरमा शनिबार औपचारिक कार्यक्रम आयोजना गरेर ताल्चा प्रणालीको आरम्भ गर्ने तयारी छ ।
विराटनगरमा सञ्चालित करिब ३२० इन्धन ढुवानी ट्याङ्करमा आधुनिक ताल्चा लाग्नेछ । करिब ९५ प्रतिशत ट्याङ्कर ताल्चा लगाउन तयारी भइसकेको क्षेत्रीय कार्यालय विराटनगरका प्रवन्धक तथा इन्जिनियर भरत रेग्मीले जानकारी दिनुभयो । ‘अब ५ प्रतिशत ट्याङ्करले लकिङ स्ट्रक्टर बनाउन बाँकी छ । अन्यथा त्यस्ता गाडीहरूलाई निगमले इन्धन ढुवानीका लागि पीडीओ उपलब्ध गराउने छैन’ उहाँले भन्नुभयो ।
आधुनिक ताल्चा प्रणालीमा गइसकेपछि साउन १ गतेदेखि त्यसलाई कडाइ पूर्वक कार्यान्वयनमा ल्याउने रेग्मीले बताउनुभयो । १ गतेपछि ताल्चा प्रणालीमा नजाने ट्याङ्करको ढुवानी रोकिने छ । स्टेनलेस स्टिलबाट निर्मित रडको संयोजनबाट इन्धन निकाल्न सकिने सबै मुखहरू एउटै तालाबाट बन्द गर्ने प्रणाली भरपर्दो मानिएको छ । आईओसीले पनि सोही प्रणाली अवलम्बन गरेको छ ।
पूर्वमा यसअघि चैत्र महिनामा ९० ओटा ट्याङ्करमा सो लकिङ सिस्टम प्रचलनमा ल्याइएको थियो । ती ट्याङ्करहरूले अहिले भारतको सिलिगुढीबाट इन्धन ढुवानी गर्दै आएका छन् ।
- शशिधर पराजुली, गोरखापत्र दैनिकबाट 



भक्तपुर, असार २८ गते । गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिनुभयो । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् ।

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताउनुभयो । रासस

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget