Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post

उत्तर कोरियाले आणविक परीक्षण गर्दा २०० जनाको मृत्यु भएको खुलासा

टोकियो : उत्तर कोरियाको आणविक परीक्षणस्थलमा अकस्मात विष्फोट भएपछि सुरुङमा पुरिएर करिब २०० जनाको मृत्यु भएको आशङ्का गरिएको जापानी सञ्चारमाध्यमले मंगलबार जनाएको छ ।
पुङ्गे-रीमा गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले गरेको छैटौँ तथा सबैभन्दा ठूलो भूमिगत आणविक हतियार परीक्षणका क्रममा सुरुङमा काम गरिरहेका १०० जनाभन्दा बढी मानिसको मृत्यु भएको जापानी टेलिभिजन असाहीले उत्तर कोरियाली गोप्य स्रोतको हवाला दिँदै उल्लेख गरेको छ ।
 एएफ्पीलाई प्राप्त समाचारमा भनिएको छ, 'शुरुको विष्पोटमा १०० जनाको मृत्यु भएको र उद्धारका लागि पुगेको अर्को समूहका १०० जना उद्धारका क्रममा सुरुङ पुनः भत्किएपछि थियो ।”
दुर्घटना सेप्टेम्बर ३ मा गरिएको शक्तिशाली हतियार परीक्षणका क्रममा भएको असाहीले जनाएको छ। विज्ञ समूहले भनेको छ, 'भूमिगत परीक्षणले पहाड भत्किने र यसको विकिरण जमिनबाट चुहिएर चीनको सीमा नजिकैको वातावरणमा पर्नसक्ने बताएका छन् ।'
अमेरिकी भौगर्भिक विभागले परीक्षणका क्रममा विष्पोटको आवाजले पहिले ६.३ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस भएको र केही बेरमा ४.१ म्याग्निच्युडको भूकम्पको महसुस भएको बताएको थियो । रासस/एएफपी



Bikram bahadur Thapa
काठमाडौँ, कात्तिक १५ गते । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले पछिल्लो पटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नं ८ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरताका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धन निर्माण समयको माग भएको बताउँदै प्रजातान्त्रिक अभ्यासलाई संरक्षण गर्न अहिले चुनौती रहेको बताउनुभयो । देशमा पछिल्लोपटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताउँदै उहाँले आगामी निर्वाचनमा जनताले लोकतान्त्रवादी र राष्ट्रवादी शक्तिलाई अग्रस्थानमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले संयुक्त चुनावी सभा तथा मतदातालाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष दिनेश अधिकारी, राप्रपा महानगर अध्यक्ष कृष्ण वज्राचार्यलगायतले झापा–३ मा गठबन्धनभित्र देखिएको अविश्वास र आशंकाले लोकतान्त्रिक गठबन्धनमा समेत समस्या आउन सक्ने भएको हुँदा नेतृत्वले चाँडो समाधान खोज्नुपर्ने सुझाव दिनुभयो ।





कैलाली, कात्तिक १५ गते । नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवाले नेपालको राजनीति धुब्रीकरणतर्फ गइरहेको बेला लोकतन्त्रलाई बलियो बनाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेत्री डा देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गराउन नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

यसपालिको निर्वाचनमा व्यक्ति, पार्टीभन्दा पनि विचारलाई चयन नगरी मतदान गरिए आउँदो २० वर्षसम्म पनि नेपालमा चुनाव हुन नसक्ने उहाँको भनाइ छ ।

उहाँले लोकतान्त्रिक रुपमा चुनियर आएका नेता कस्तो किसिमका छन्, उनीहरुको इतिहास के छ, त्यो कुरालाई विचार गरेर मात्र भोट हाल्न आग्रह गर्नुभयो ।

सामाजिक विकासअन्तर्गत मुक्त कमैया, दलित आयोग, महिला आयोगलगायत जति पनि ठूल्ठूला निर्णय नेपाली काँग्रेसले गरेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार बन्नुभएकी नेत्री देउवाले भन्नुभयो– “अहिले पनि जिल्लामा कतिपय स्थानमा बिजुली बत्ती, बाटोघाटो, पुल, खानेपानीलगायत विकासका आधारभूत पूर्वाधारसमेत रहेका छैनन् । त्यस्ता ठाउँमा विकासको उज्यालो पु¥याउने मेरो प्राथमिकता रहनेछ ।” (रासस)



फलेवास, पर्वत, कात्तिक १५ गते ।  पर्वतको सदरमुकाम कुस्माबजारमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भई कुस्माको जिरो किमी बस्दै आएका ३३ वर्षीय धनवीर पुनमगरको मृत्यु भएको हो ।

नारायणगढबाट बागलुङ जाँदै गरेको ग १ ख ५७८० नम्बरको बस र मालढुंगाबाट कुस्मा आउँदै गरेको एक स्कुटर एकापसमा ठोक्किएका थिए । स्कुटर चालक पुनमगरको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बसका यात्रु भने सकुशल छन् ।  (रासस)


uml-maobadi


काठमाडौँ, कात्तिक १५ गते ।  नेकपा (एमाले) र माओवादी केन्द्रको वाम गठबन्धन बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम, झापा र मोरङका केही क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।  एमाले उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा मङ्गलबार साँझ अबेरसम्म दुवै दलका शीर्ष नेताको उपस्थितिमा बसेको बैठकले सो क्षेत्रको उम्मेदवार टुङ्गो लगाई अनुमोदन गरेको हो ।
एमाले स्थायी कमिटीका सदस्य तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङकाअनुसार इलामको क्षेत्र नं. १ मा झलनाथ खनाल र २ मा सुवासचन्द्र नेम्वाङको नामलाई बैठकले अनुमोदन गरेको छ ।  त्यस्तै, झापा १ मा माओवादीलाई दिने सहमति भएको छ तर नाम टुङ्गो लागिसकेको छैन ।  झापा २ को टुङ्गो लगाउन बाँकी छ ।
त्यस्तै, स्रोतकाअनुसार झापा क्षेत्र नं. ३ मा राप्रपाका राजकुमार लिङ्देनको उम्मेदवारीलाई समर्थन गर्ने करिब सहमति भएको छ ।  सोहीअनुसार क्षेत्र नंं ४ मा एमालेका एल.पी. साँवा, क्षेत्र नं. ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको नामलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको छ ।
नेता नेम्वाङकाअनुसार मोरङ क्षेत्र नं. ३ का लागि एमालेका नेता भानुभक्त ढकालको नाम बैठकले अनुमोदन गरेको छ ।  त्यस्तै, कैलाली क्षेत्र नं. १ मा गरिमा शाह, क्षेत्र नं. ५ मा नारदमुनि रानाथारुको नामलाई पनि बैठकले अनुमोदन गरेको छ ।
एमाले र माओवादी केन्द्रका संयुक्त बैठकले चुनावी घोषणापत्रको विषयमा समेत छलफल गरेको  छ ।  एमाले उपाध्यक्ष गौतमको संयोजकत्वमा गठित मस्यौदा कार्यदलले घोषणापत्रको मस्यौदा यसअघि नै तयार गरी शीर्ष तहमा छलफलका लागि सिफारिस गरेको थियो ।  नेताहरूबीच थप छलफल गरी त्यसलाई अन्तिमरूप दिने तयारी भएको नेता नेम्वाङले बताउनुभयो ।
प्रत्यक्षतर्फको उम्मेदवारको टुङ्गो लाग्न बाँकी क्षेत्रमा बुधबार पुनः बैठक बसी अन्तिम रूप दिने तयारी भएको उहाँले बताउनुभयो ।  अन्य ठाउँमा करिब सहमति भइसकेको भए पनि चित्तवनको क्षेत्र नं २ र सल्यानमा टुङ्गो लाग्न बाँकी छ ।
यसैगरी राससका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी छनोटलाई अन्तिम रूप दिन प्रमुख तीन राजनीतिक दल छुट्टाछुट्टै बैठकमा केन्द्रित भएका छन् ।  प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र मधेस केन्द्रित दलका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा सहभागी हुनुहुन्छ ।  विशेषगरी तराई मधेसका जिल्लामा काँग्रेस र मधेस केन्द्रित दलका तर्फबाट हुने चुनावी तालमेलका विषयमा सहमति जुटाउन बैठक बसिरहेको जनाएको हो ।
सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटको प्रक्रिया लगभग सकिएपछि उनीहरू काँग्रेससँगको छलफलमा केन्द्रित भएका हुन् ।  राजपा नेता मनिष सुमनले छलफल जारी रहेको जानकारी दिनुभयो ।


bikram Pandey
चितवन, कात्तिक १५ गते । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले वन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला वन कार्यालय चितवन भरतपुरमा नव निर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो –“मानवबस्तीमा जगंली जनावर जान नसक्ने गरी ड््याम बनाउने तयारी भइरहेको छ ।”

मन्त्री पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रबाट मानवबस्तीमा निस्कने वन्यजन्तुले जनधनको ठूलो क्षति बनाएको भन्दै यसको निराकरणका लागि प्रभावकारी उपाय अवलम्बन नभएसम्म मानव र वन्यजन्तु बीचको द्वन्द्व नहट्ने बताउनुभयो ।

वन्यजन्तुलाई गाउँ पस्न रोक्नका लागि प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धीत निकायलाई निर्देशन दिदैं उहाँले भन्नुभयो, “वन र वन्यजन्तुसँग सम्बन्धित अपराधको कडा कानूनी सजायका विषयमा व्यापक जनचेतना जगाउनुपर्दछ ।”

मन्त्री पाण्डे पैतालिस प्रतिशत वन भएको देशमा विदेशबाट काठ ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै काठको दिगो उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले वन र वन्यजन्तुको संरक्षणमा राज्यले विशेष जोड दिनुपर्ने बताउनुभयो ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेलले दुई तले सो भवन रु एक करोड २३ लाखको लागतमा जिएस आर आकास जेभिले एक वर्षमा निर्माण सम्पन्न गरेको बताउनुभयो ।

मध्यमाञ्चल क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget