Websoft University

www.radiomakalu.com || 021-522512


वाम गठबन्धनद्वारा उम्मेदवार चयन


uml-maobadi


काठमाडौँ, कात्तिक १५ गते ।  नेकपा (एमाले) र माओवादी केन्द्रको वाम गठबन्धन बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम, झापा र मोरङका केही क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।  एमाले उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा मङ्गलबार साँझ अबेरसम्म दुवै दलका शीर्ष नेताको उपस्थितिमा बसेको बैठकले सो क्षेत्रको उम्मेदवार टुङ्गो लगाई अनुमोदन गरेको हो ।
एमाले स्थायी कमिटीका सदस्य तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङकाअनुसार इलामको क्षेत्र नं. १ मा झलनाथ खनाल र २ मा सुवासचन्द्र नेम्वाङको नामलाई बैठकले अनुमोदन गरेको छ ।  त्यस्तै, झापा १ मा माओवादीलाई दिने सहमति भएको छ तर नाम टुङ्गो लागिसकेको छैन ।  झापा २ को टुङ्गो लगाउन बाँकी छ ।
त्यस्तै, स्रोतकाअनुसार झापा क्षेत्र नं. ३ मा राप्रपाका राजकुमार लिङ्देनको उम्मेदवारीलाई समर्थन गर्ने करिब सहमति भएको छ ।  सोहीअनुसार क्षेत्र नंं ४ मा एमालेका एल.पी. साँवा, क्षेत्र नं. ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको नामलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको छ ।
नेता नेम्वाङकाअनुसार मोरङ क्षेत्र नं. ३ का लागि एमालेका नेता भानुभक्त ढकालको नाम बैठकले अनुमोदन गरेको छ ।  त्यस्तै, कैलाली क्षेत्र नं. १ मा गरिमा शाह, क्षेत्र नं. ५ मा नारदमुनि रानाथारुको नामलाई पनि बैठकले अनुमोदन गरेको छ ।
एमाले र माओवादी केन्द्रका संयुक्त बैठकले चुनावी घोषणापत्रको विषयमा समेत छलफल गरेको  छ ।  एमाले उपाध्यक्ष गौतमको संयोजकत्वमा गठित मस्यौदा कार्यदलले घोषणापत्रको मस्यौदा यसअघि नै तयार गरी शीर्ष तहमा छलफलका लागि सिफारिस गरेको थियो ।  नेताहरूबीच थप छलफल गरी त्यसलाई अन्तिमरूप दिने तयारी भएको नेता नेम्वाङले बताउनुभयो ।
प्रत्यक्षतर्फको उम्मेदवारको टुङ्गो लाग्न बाँकी क्षेत्रमा बुधबार पुनः बैठक बसी अन्तिम रूप दिने तयारी भएको उहाँले बताउनुभयो ।  अन्य ठाउँमा करिब सहमति भइसकेको भए पनि चित्तवनको क्षेत्र नं २ र सल्यानमा टुङ्गो लाग्न बाँकी छ ।
यसैगरी राससका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी छनोटलाई अन्तिम रूप दिन प्रमुख तीन राजनीतिक दल छुट्टाछुट्टै बैठकमा केन्द्रित भएका छन् ।  प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र मधेस केन्द्रित दलका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा सहभागी हुनुहुन्छ ।  विशेषगरी तराई मधेसका जिल्लामा काँग्रेस र मधेस केन्द्रित दलका तर्फबाट हुने चुनावी तालमेलका विषयमा सहमति जुटाउन बैठक बसिरहेको जनाएको हो ।
सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटको प्रक्रिया लगभग सकिएपछि उनीहरू काँग्रेससँगको छलफलमा केन्द्रित भएका हुन् ।  राजपा नेता मनिष सुमनले छलफल जारी रहेको जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget