Websoft University

www.radiomakalu.com || 021-522512


Latest Post

sher-bahadur-deuba-in-tia

पर्सा,मंसिर १२ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले नेकपा (एमाले)ले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गरे।

एक प्रश्नको जवाफमा अध्यक्ष देउवाले २ नं प्रदेशलाई आफूहरुले बढी प्राथमिकतामा राखेको बताए ।

उनले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आज संसदमा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गरे ।

उनले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली कांग्रेस धारणा रहेको प्रष्ट पारे ।

सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली कांग्रेस सकारात्मक रहेको बताए ।

रासस

ronaldo

क्रिष्टियानो रोनाल्डोको दुई गोल गरे तर, रियल मड्रिड भाग्यवश मात्र स्पोटिङ गिजोनलाई हराउन सफल भएको छ । यो जितसँगै रियल मड्रिड स्पेनिस ला लिगामा ६ अंकको अग्रता लिएको छ ।

शनिबार राति भएको खेलमा युरोपियन च्याम्पियन रियल मड्रिडले स्पोटिङ गिजोनलाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा रियलले १८ औं मिनेटमा नै दुई गोलको अग्रता लिएको थियो । पाँचौं मिनेटमा नै रोनाल्डोले पेनाल्टी गोल गरे । उनले नै १८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

तर, स्पेटिङ गिजोनले हार मानेन । ३५ औं मिनेटमा कार्लोस कार्मेनोले गोल गरे । र, पहिलो हाफ २–१ मा सकियो । खेल सकिन १३ मिनेट बाँकी छँदा भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो । तर, गोल गर्न सकेन ।

जितपछि रियल मड्रिड १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानको सेभिल्लाको २७ अंक छ ।-अनलाइनखबर

Sajha_ New_Bus

साझा यातायातले अाजदेखि ३० नयाँ अपाङ्गमैत्री बसमार्फत सेवा थालको छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एक कार्यक्रमका बीच साझाका नयाँ बसको सेवा औपचारिकरूपमा सुरुवात गरेका छन् ।

अाइतबार बिहान १० बजेदेखि काठमाडौं उपत्यकाभित्र तय भएको नयाँ रुटमा साझा बस सञ्चालन गरेको । गत मंसिर १ नै यातायात व्यवस्था विभागबाट साझाले नयाँ रुट अनुमति पाएको थियो ।

साझाले नयाँ रुटसहित पुरानोमा विस्तार गरेर ४ वटा रुटका लागि इजाजत पाएको छ । नयाँ रुटअनुसार अाजदेखिअन्तर्राष्ट्रिय बिमानस्थलमा झरेका यात्रुले आफ्नो लगेज साझा बसमै राखेर नयाँबसपार्कसम्म पुग्न सक्नेछन् ।

यसले विशेष गरेर विदेशबाट फर्किनेहरु बढी लाभान्वित हुनेछन् । साझाले आन्तरिक टर्मिनलबाट अन्तर्राष्ट्रिय टर्मिनल हुँदै नयाँबसपार्कसम्म सेवा थाल्दैछ ।

साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वमा ३० वटा नयाँ बस किनेर ल्याएको हो ।

साझा चल्ने नयाँ रूट कुन-कुन ?


रुट नम्बर १ः लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी-नयाँबसपार्कसम्म बस चलेका छन्। यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यो रुटमा १० वटा बस सञ्चालनमा अाएका छन् ।

रुट नम्बर २ः एयरपोर्टभित्रबाट तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार- पुरानो बसपार्क- सहीदगेट- एनएसी-न्युरोडगेट-जमल-लैनचौर- ठमेल- सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास-नयाँबसपार्कसम्म बस चल्न थालेको छ । यो रुटबाट गएका बस पनिसोही रुटबाट फर्किनेछन् । यो रुटमा साझाका १० वटा बस सञ्चालनमा अाएका छन् ।



रुट नम्बर ३ः यो पूर्ण रुपमा नयाँ रुट हो । कोटेश्वरबाट तीनकुने-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला- स्वयम्भुसम्म साझाले बस चलाएको छ । यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यसमा पनि १० वटै बस सञ्चालनमा अाएका छन् ।

रुट नम्बर ४ः यो रुटको बस ग्वार्कोबाट छुट्नेछ । बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्पुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म साझा बस सञ्चालन भएका छन्। यो रुटबाट गएका बस पनि सोही रुटबाट फर्किनेछन् । यो रुटमा ८ वटा बस सञ्चालनमा अाएका छन् ।

साझाले अाजदेखि काठमाडौंमा ३८ वटा बस चलाएको छ । साझाका ८ वटा बसले काठमाडाैंबाट गोरखा, बाग्लुङ, भैरहवा र वीरगञ्जका यात्रुलार्इ पनि सेवा दिइरहेका छन् ।-अनलाइनखबर

nepal-vs-kenya

विश्व क्रिकेट लिग च्यम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल फागुन अन्तिम साता हुने भएको छ ।

अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल आईसीसीले फागुन २८ र ३० अर्थात मार्च ११ र १३ मा खेलाउने प्रस्ताव गरेको हो । यसको विकल्पमा चैत ५ र ७ गते अर्थात मार्च १८ र २० पनि प्रस्ताव दुबै देशलाई गरिएको छ ।

क्रिकइन्फोले पनि आफ्नो खेल तालिकामा नेपाल र केन्याबीचको खेल मार्च ११ र १३ मा हुने उल्लेख गरेको छ ।

तर, आईसीसीले औपचारिक घोषणा गर्न बाँकी छ । नेपाल क्रिकेट संघ स्रोतका अनुसार खेल फागुन २८ र ३० मा हुने सम्भावना छ । तर, स्थान भने तय भइसकेको छैन । यो नेपाल होम गोम हुनु पर्ने हो । तर, नेपाल क्रिकेट संघ आईसीसीको निलम्बनमा छ ।

यदि नेपालमा खेल गर्ने हो भने नामिबियासँगको खेलमा जस्तै आईसीसी आफैंले व्यवस्थापन गर्नु पर्ने हुन्छ । र, खेल नेपालमा नै आयोजना गराउन पहल भइरहेको बताइएको छ ।

चौथो चरणको खेल सकिँदासम्म नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । र, शीर्ष चारमा परेर विश्वकप छनौट खेल्ने सम्भावना जिवितै राख्न अबका खेलहरु जित्नै पर्ने दबाव छ ।-अनलाइनखबर

sher-bahadur-deuba

वीरगन्ज, मङ्सिर १२ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज संसद्मा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै सभापति देउवाले नेकपा (एमाले)ले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष देउवाले २ नं प्रदेशलाई आफूहरुले बढी प्राथमिकतामा राखेको बतउनु भयो । उहाँले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आज संसद्मा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली काँग्रेसको धारणा रहेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली काँग्रेस सकारात्मक रहेको बताउनुभयो । रासस

Image result for rpp nepal

काठमाडौँ, मङ्सिर १२ गते । पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको पहिलो बैठक आज बस्दै छ । बैठकले संसदीय दलको नेता र पदाधिकारीको चयन गर्नेछ ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने उक्त बैठकले संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने पार्टीका केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ जना सांसदले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ । पार्टी एकीकरणपछि राप्रपा संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ । रासस

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget