Websoft University

www.radiomakalu.com || 021-522512


विकास र समृद्धिको नेतृत्व गर्छु - डा राणा




धनगढी, मंसिर ७ गते । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुभएकी काँग्रेस नेत्री डा आरजु राणा देउवाले आफूले विकास समृद्धिका लागि नेतृत्व गर्ने बताउनुभएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रत्यासी हुनुभएकी डा राणाले आज यहाँ गरिएको पत्रकार सम्मेलनमा यो क्षेत्रमा नदी र खोलामा तटबन्ध, ऐलानी पर्ती जग्गाको बसोबास, गरिबी, उचित बाटोघाटो, गुणस्तरीय स्वास्थ्य सेवालगायतका क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने उल्लेख गर्नुभयो ।

डा राणाले कम्युनिस्ट व्यवस्थामा प्रेस र नागरिक स्वतन्त्रता नहुने, खुला बजारको प्रतिस्पर्धा हुन नपाउने र सम्पत्तिको उपभोगसमेत गर्न नपाउने बताउँदै चुनावमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।  रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget