Websoft University

www.radiomakalu.com || 021-522512


महिला विश्वकप छनोट : कठिन बन्दै नेपालको यात्रा



महिला  विश्वकप छनोट : कठिन बन्दै नेपालको यात्रा
 लगातार दोस्रो खेल पनि वर्षाका कारण प्रभावित भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटमा नेपालका लागि अगाडिको यात्रा कठिन बन्दै गएको छ। थाइल्यान्डमा जारी छनोट प्रतियोगिताअन्तर्गत नेपाल र हङ्कङबीच सोमबार हुने भनिएको खेल वर्षाका कारण सुरु नै हुन सकेन। वर्षाका कारण खेल हुन नसकेपछि नेपाल र हङ्कङ दुवैले एक÷एक अंक बाँडेका छन्।
यसअघि वर्षाकै कारण नेपालले सोमबार आफ्नो पहिलो खेलमा आयोजक थाइल्यान्डसँग पनि अंक बाँड्नु परेको थियो। बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा सोमबार टस हारी पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रनमात्र बनाउन सकेको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले राम्रो सुरुआत गर्दै ३.४ ओभरमा कुनै पनि विकेट नगुमाई १० रन बनाउँदा वर्षा सुरु भएको थियो।
अघिल्ला दुई खेलमै वर्षा बाधक बनेपछि दुई अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ। समान दुई खेल खेलेको हङ्कङ भने एक जित र एक बराबरीबाट तीन अंक बटुल्दै तालिकाको पहिलो स्थानमा छ। हङ्कङले सोमबार भएको आफ्नो पहिलो खेलमा मलेसियालाई ३५ रनले हराएको थियो। दुई खेलबाट एक जित र एक बराबरीको नतिजा निकालेको थाइल्यान्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
दुई खेल खेल्दै एक जित र एक हारको नतिजा निकालेको मलेसिया भने दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ। मलेसियाले मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा चीनलाई सात विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको चीनले १२.४ ओभरमै अलआउट हुनुअघि ३३ रनमात्र बनाउन सक्यो। मलेसियाले भने १०.२ ओभरमा तीन विकेट गुमाएर विजयलक्ष्य पूरा गर्‍यो।
मंगलबार नै खेलिएको अर्को खेलमा आयोजक थाइल्यान्डले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १० विकेटको फराकिलो अन्तरले हरायो। पहिले ब्याटिङ गरेको यूएईले वर्षाका कारण नौ ओभरमा झारिएको खेलमा पाँच विकेट गुमाएर ३४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको थाइल्यान्डले ५.१ ओभरमै कुनै पनि विकेट नगुमाई विजयलक्ष्य पूरा गर्‍यो।
दुई खेलबाट दुई अंक बटुल्दै यूएई तालिकाको पाँचौं स्थानमा छ। यूएईले सोमबार खेलिएको आफ्नो पहिलो खेलमा चीनलाई १६ रनले हराएको थियो। दुवै खेलमा पराजित भएको चीन भने तालिकाको छैटौं स्थानमा छ।
नेपालले अब मलेसिया, यूएई र चीनसँग खेल्न बाँकी छ। अर्को वर्ष वेस्ट इन्डिजमा आयोजना हुने विश्वकप खेल्ने सम्भावना जीवितै राख्न नेपालले जारी एसियाली छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहनुपर्नेछ। एसियाली छनोट तालिकाको शीर्ष स्थानमा आउने टोली अर्को वर्षको प्रारम्भमा नेदरल्यान्ड्समा आयोजना हुने ग्लोबल छनोट प्रतियोगिताका लागि चयन हुनेछ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget