Websoft University

www.radiomakalu.com || 021-522512


भोजमा होस् गरौं, स्वादले स्वास्थ्य विगार्छ



मंसिरको महिना । विवाहको सिजन । मंसिरमा विबाह, व्रतवन्धको साइत धेरै हुने भएकोले भोजभतेर पनि धेरै हुने गर्छ ।

भोजभतेरमा विभिन्न परिकार राखिएको हुन्छ । त्यस्ता परिकार देख्नासाथ हाम्रो जिब्रोमा पानी आउँछ । र, चाहिने पनि खान्छौं, नचाहिने पनि खान्छौं । यसरी गरिने अनियन्त्रित भोजनले हाम्रो स्वास्थ्यलाई हानी पुर्‍याउँछ । खासगरी पाचन यन्त्रलाई । तौल बढ्ने समस्या त छँदैछ ।


भोजमा खानैपर्छ त ?

भोजमा गएपछि अरुको मन राख्न पनि खानुपर्छ भन्ने हाम्रो बुझाई छ । तर, अरुको मन राखिदिदा आफ्नै स्वास्थ्य खराब हुन्छ । अब अरुको मन राख्ने कि स्वास्थ्यको ख्याल गर्ने ?

निश्चय नै दीर्घकालिन हिसाबले दोस्रो विकल्प उत्तम हो ।

भोजभत्तेर, पाटीमा राखिएका सबै खानेकुरा खानै पर्छ भन्ने जरुरी हुदैन । त्यहाँ राखिएका खानेकुरामध्य आफूलाई मन पर्ने खानेकुरा खाएर पनि पेट भर्न सकिन्छ । तर, यो कुरालाई बेवास्ता गरी भोजभत्तेरमा अधिक खानेकुरा खाइने गरिन्छ ।

एक अनुसन्धान अनुसार भोजभत्तेरमा समावेश भएमात्र पनि शरीरमा पाँच सय कैलोरी अतिरिक्त जम्मा हुने गर्छ । शरीरमा कैलोरी बढ्नासाथ वजन पनि बढ्ने गर्छ । तौललाई कायम राख्न पार्टीमा जानु पूर्व निश्चित कुरामा ध्यान दिन आवश्यक छ ।

खानुअघि घुमफिर

एक शोधका अनुसार खानु अगाडी पाँच मिनेटको व्रिस्क वाकले अधिक खानेकुराको सेवनबाट बच्न सकिन्छ ।

भेज खाने

हुन त पार्टीमा हुने भनेकै नन भेजका आइटम हो । यद्यपी, पार्टीमा जादाँ सकेसम्म हाई कैलोरीयुक्त यस्ता नन भेजबाट बच्नुु पर्छ । त्यसको लागि सुप, जुस, सलाद लगायतका भेजिटबल आइटमको सेवन गर्न सकिन्छ ।

आफै सर्भ गर्ने

पार्टीहरुमा जादाँ खानेकुरा आफै सर्भ गर्ने बानी बसालौ । यसले गर्दा आफ्नो ध्यान खानमा भन्दा सर्भ गर्नमा बढी केन्दि्रत हुन्छ । यसरी पनि तपाई कैलोरीयुक्त खानेकुरा सेवन गर्नबाट बच्न सक्नुहुन्छ ।

थोरै थोरै खाने

कुनै पनि खाना खाँदा सकेसम्मसमय लगाएर चपाएर खानु पर्छ । यसले खाएको खानालाई राम्रोसित पच्न मद्दत गर्छ । यसरी खानाले तपाईले खाएको खानामा कैलोरीको मात्रा १५ प्रतिशतसम्म कम हुने गर्छ ।

पार्टीमा जानु पूर्व प्रोटिनको सेवन गर्ने

कुनै पनि पार्टीमा जानु पूर्व दही , मेवा, दूध लगायतका प्रोटिनयुक्त खानेकुराको सेवन गरौं । जसका कारण चाडै भोक लाग्दैन र कैलोरी पनि धेरै हुँदैन ।

थोरै परिकार लिने

पार्टीहरुमा विभिन्न परिकारहरु राखिएका हुन्छन् । ती सबै परिकार खान जरुरी पनि छैन । आफूलाई मन परेको परिकार थोरै थोरै मात्रामा लिए मात्र पनि त्यो पर्याप्त हुन्छ ।

त्यसैले पार्टीमा जाँदा आफ्नो खानेकुरालाई सिमित गर्ने बानी बसालौ । त्यस्तै, प्लेटलाई सकेसम्म सलादले भर्ने गरौं । कम खाना तथा धेरै सलाद लिनाले शरीरमा कैलोरीको मात्रा धेरै हुन पाउँदैन । र, खाना पनि उचित परिणाममा मात्र खाइन्छ ।

एक्लै खाने

पार्टीमा जादा सकेसम्म एक्लै खाने बानी बसालौ । समूहमा बसेर खादाँ आफूले खाएको खाना खासै याद हुँदैन। बफे वा स्न्याक्स लिने ठाउँभन्दा केही पर एक्लै बसेर खाँदा अन्य परिकारमा खासै मन जादैन र आफूले कति खाना लिदैछु भन्ने पनि याद हुन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget