Websoft University

www.radiomakalu.com || 021-522512


रसुवाको लहरेपौवामा उम्मेदवारको घर नजिकै बम भेटियो

 सम्बन्धित छवि

रसुवा, मंसिर ४ गते । रसुवामा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनका तर्फका उम्मेदवार मोहन आचार्यको घर नजिकै बम भेटिएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवाको चौतारामा सुतली बम भेटिएको हो ।
बम राखिएको जानकारी पाए लगत्तै जिल्लाको कालिकास्थानबाट नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ खटिएको छ ।
चुनावलाई लक्षित गरी सोमबार बिहान ७ बजेतिर बम राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चुनावलाई लक्षित गरी नचिनेका मानिसको समूहले बम राखेको हो । यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget