Websoft University

www.radiomakalu.com || 021-522512


युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान



 अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले पहिलो पटक एशिया कपको उपाधि जितेको हो ।


सेमिफाइनलमा नेपाललाई हराउँदै अफगानिस्तान पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले विकेट किपर ब्याट्सम्यान इक्रम अली खिलको शतकीय योगदानपछि निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४८ रन बनाएको थियो ।

अलीले ११३ बलको सामना गरी १० चौका र २ छक्काको सहयोगमा १०७ रन बनाए । उनका अलावा ओपनरहरु रमानुल्लाह गुर्वाजले ४० र इब्राहिम जर्दानले ३६ रनको पारी खेले ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद मुसाले ३ तथा सहीन साह अफि्रदीले २ विकेट लिए ।

२४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान २२.१ ओभरमा ६३ रनमै समेटिएपछि अफगानिस्तानको ऐतिहासिक जित पक्का भयो । अफगानिस्तानका मुजिव उर रहमानले ५ विकेट लिएपछि पाकिस्तानको ब्याटिङ अर्डर ध्वस्त बनेको थियो । मुजिवले नेपालबिरुद्धको सेमिफाइनलमा ६ विकेट लिएका थिए ।

पाकिस्तानका मोहम्मद ताहाले बनाएको १९ रन कुनैपनि पाकिस्तानी ब्याट्सम्यानले बनाएको सर्बाधिक रन हो । उनका अलावा कप्तान मोहम्मद हसन खानले १० रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

समूह चरणको खेलमा पनि पाकिस्तान अफगानिस्तानबिरुद्ध मात्र ५७ रनमा अलआउट भएको थियो ।

मुजिवका अलावा अफगानिस्तानका क्वाइस अहमद कमावालले पनि ३ विकेट लिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget